Friday, April 1, 2016

मानदेव

शासन सञ्चालनमा कुशल मानदेव प्रथमको शासन कालमा आएर नेपालराज्य अझ व्यवस्थित, विकसित र बलियो बन्यो । शास्त्र जान्ने, जनतालाई आफ्नै परिवार ठान्नेजस्ता राजगुणहरूले युक्त यी राजाले राज्यमा आर्थिक उन्नति र शान्ति व्यवस्थाद्वारा ४१ वर्ष (वि.सं. ५२१–५६२ (ई.सं. ४६४–५०५)) सम्म आफ्नो शासनमा स्थिरता कायम गरे । आफ्नो राज्यमा मुद्राको व्यवस्थाको अतिरिक्त कला र विद्या क्षेत्रको समेत विकास गरे । प्रथम राजदरबार मानगृहजस्तो भव्य भवन ‘श्री नामांक’ र ‘श्री भोगिनी’ अङ्कित नेपालको प्रथम मुद्रा यिनकै कालमा तयार भएको थियो । यिनकै समयदेखि प्राचीन नेपालको इतिहास पनि बढी स्पष्ट र भरपर्दो भएकाले प्रथम प्रमाणित महाराजा यिनैलाई मानिन्छ । यिनको राज्य पूर्वमा कोशी, पश्चिममा गण्डकी (कालीगण्डकीपारीमल्लपुरी) र उत्तरमा हिमालयसम्म फैलिएको थियो । अभिलेख र स्वतन्त्र टक आदि प्रामाणिक कुराहरू मानदेवको पालादेखि पाइएका छन् । चाँगुनारायणको मानदेव नृपको अभिलेख वि.सं. ५२१ (ई.सं.४६४) भन्दा मालीगाउँमा प्राप्त जयबर्माको ई.सं. १६३ (संवत् १०७) लाई प्राप्त सर्वप्राचीन प्रामाणिक अभिलेख मानिन्छ । यसरी विक्रमको छैटौँ शताब्दीदेखि नेपालको प्रामाणित इतिहास प्रारम्भ भएको पाइन्छ ।

श्री भोगिनी



मानदेवपछि महीदेव, वसन्तदेव आदि राजा भए । वसन्तदेव बालक भएकाले मन्त्रीहरू रविगुप्त र क्रमलील शक्तिशाली भए । संयुक्त शासन र फेरबदल छिटो भएकाले ई.सं. ५३६ देखि ५४५ सम्म राजनीतिक अस्थिरता व्याप्त भएको पाइन्छ । यसपछि भौमगुप्त, गणदेव, गंगादेव र शिवदेवजस्ता भारदारहरूबीच शक्ति संघर्षजस्तै भयो । शिवदेवले आफ्नो भानिज अंशुवर्माको मद्दतबाट गुप्त प्रभाव बचाए पनि अंशुवर्माको प्रभुत्व बढेर शिवदेव निस्तेज बन्न पुगे । फलस्वरूप अंशुवर्मा राजा भए । 

द्वैध चरित्रका शासक

त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्‍यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि। आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए। पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अ‍ोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।


 शासक


यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन। यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन। नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ। पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्‍याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन। इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।

हजार अमूल्य ग्रन्थ ध्वस्त

गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू” भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए।इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ? पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। 

ग्रन्थ


जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्। राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ? मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।

पंचायती काल

राणा शासनः वि.सं. १९०३ देखि २००७ सालसम्मको समयमा राणाहरुले नेपालमा पारिवारीक शासन गरेको नेपालको इतिहास छ । त्यस समयमा राणा भाईभाईहरुमा प्रधानमन्त्रीको पद सार्दै जाने प्रचलन थियो । देशका मुख्य शक्तिशाली पदमा राणा खानदानको हैकमी शासन थियो । त्यसबेला देश राणाको इसारामा चल्थ्यो राणाले जे भन्यो त्यही हुन्थ्यो । आर्थिक, सामाजिक, शैक्षिक लगाउतका सम्पूर्ण क्षेत्रमा अरुलाई कडा बन्देज थियो । यस समयमा जंगबहादुरको नाम निकै चर्चामा थियो । त्यसपछि २००७ मा राणा शासनको अन्त्य हुँदै प्रजातन्त्रको स्थापना भयो । राणाले गर्दै आएको हुकुमी शासन अन्त्य भयो । जनताले राहतको महसुस गरे । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगाएतका क्षेत्रमा सहजता आयो । तर, प्रजातन्त्र लामो समय टिकेन २०१७ पुस १ गते पञ्चायती व्यवस्थाको स्थापना भयो । वि.सं. २०१५ सालमा भएको संसदीय चुनावबाट निर्वाचित सरकारलाई २०१७ पुस १ गते दिनदहाडै राजा महेन्द्रबाट अपदस्त गरिएको थियो । पञ्चायती शासन स्थापना गरेपछि राजनीतिक दल प्रतिबन्ध गरिए भने जननिर्वाचित प्रधानमन्त्री बी।पी। कोइराला, उनको मन्त्रीमण्डलका सदस्य, सांसद, राजनीतिक दलका नेता र कार्यकर्तालाई रातारात पक्राउ गरियो र जेल हालियो । राजनीतिक दलका नेताहरू राजकाज, राज्यद्रोह लगायतका मुद्दामा लामो समय जेल बसे । पञ्चायतले पक्राउ गर्न नसकेका राजनीतिक दलका नेता कार्यकर्ता ठूलो सङ्ख्यामा भारत निर्वासित भए । पञ्चायतको स्थापना भएको २–३ वर्षमै देशभरी पञ्चायतको जगजगी फैलियो । पञ्चायतलाई बलियो बनाउने गरी राजालाई सर्वाधिकार सम्पन्न व्यवस्थासहित २०१९ सालमा पञ्चायती संविधान जारी गरियो । 

पञ्चायती व्यवस्था


पञ्चायती शासन व्यवस्थाका मान्छेहरूले भन्ने गर्दथे कि सबै नेपाली पञ्च, सबै पञ्च नेपाली । उनीहरूले पञ्चायती व्यवस्था र नेपाललाई एक–अर्काका पूरकको रूपमा प्रचार गर्ने गर्दथे । पञ्चायत नरहे देशै रहँदैन भनेर प्रचार गरिएको थियो । कांग्रेस र कम्युनिस्ट पार्टीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको थियो ।वि.सं. २०४६ मा भएको नेपालको प्रथम जनआन्दोलनमा नेपालका विभिन्न दलहरु एकै उद्धेश्य लिएर आन्दोलनमा होमिएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न कम्युनिष्टको समूह संयुक्त बाम मोर्चा बनाएर आन्दोलनमा होमिएको थियो । ५० दिने सो आन्दोलनमा पंचायती शासकहरुले निकै दमन गरेका थिए । त्यसपछि राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्रीलार्इ पदच्युत गर्दै सांसदसमेत भंग गरी निर्दलीय पंचायती व्यवस्था लागु गरियो ।तर १८ सालको क्रान्ति, ३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण २०३६मा तत्कालीन राजा बीरेन्द्रले नेपालमा जनमत संग्रह गराए। बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत सँग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइयो। त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरू गर्यो। अन्तत यो कदम २०४६ मा जनआन्दोलनमा परिणत भयो।

Tuesday, March 29, 2016

मध्यकाल

धिरशमशेरको पालामा रानीपोखरीको उत्तरपटी आफ्नै दरबारभित्र सानो चोकमा दरबार स्कूल सञ्चालन गराएका थिए । त्यसपछि कक्षा २ थपगरी कक्षा १० सम्मको पर्ढाई पनि सञ्चालन हुन थालेपछि २ दशक विताएर मात्र दरबार हाई स्कूल भयो । वि. स. १९४५ तिर दरबार स्कूल सेतो दरबारमा चल्दा विद्यार्थीहरुलाई लिन पुर्याउन घरघरमै पाले जान्थे र दिउँसो खाजा सरकारको तर्फाट मनग्य खुवाउने व्यवस्था थियो । प्रधानमन्त्री वीरशमशेरले आफ्नो शाशनकालमा २,३ वर्षलगाई १९४८ सालमा रानीपोखरीको पश्चिमपटि दरबार स्कूलको सुन्दर भवन वनाईदिए । सम्वत् १९९० सालको महाभूकम्पमा दरबार स्कूल भत्केपछि दुइ वर्षसम्म सो स्कूल त्रिचन्द्र कलेजमै सञ्चालन भएको थियो । भूकम्पले टायल विगारीदिएपछि मर्मत हुँदा स्कूलको टायलको छानाको वदला जस्तापाता (टिन)को छाना राखियो । यो स्कूल आफ्नै निजी भवनमा अवस्थित भएदेखि यसका विभिन्न पक्षहरुमा प्रगति हुँदै आएको छ । सं. १९५८ सालदेखि यसमा जनसाधारणका छोराहरुलाई पनि प्रवेश दिइएको चर्चा माथि नै भइसकेको छ । स्कूल आउन गार्‍हो मान्ने विद्यार्थीहरुका घरघरमा गएर पालेहरुले उनीहरुलाई मिर्ठाई आदि दिई फकाएर ल्याउँथे । कहिलेकाहीँ विद्यार्थीहरुले किताब, कापी, कलमहरु पनि पाउँथे । सरस्वती पूजाको लागि पनि तोकिएको खर्च सरकारबाट दिइन्थ्यो ।

रानीपोखरी


गरिब विद्यार्थीहरुलाई पाठ्यपुस्तकको खर्च दिने र दिउँसो खाजा खुवाउने ब्यवस्था सं. १९९३ सालताकादेखि शुरु भई सं. २०१७ सम्म रह्यो र सो व्यवस्था सं. २०१८ सालमा खारेज गरियो । जाँचमा पहिला दोस्रा हुने विद्यार्थीहरुले पुरस्कारको रुपमा किताब पाउने चलन त यस स्कूलमा झण्डै प्रारम्भिक कालदेखि नै आएको थियो । किताबको सट्टा पाँच दश रुपियाँको मासिक छात्रवृत्ति दिने व्यवस्था पनि बीचमा केही वर्षम्म गरिएको थियो । सं. १९८३ सालदेखि पहिला, दोस्रा, तेस्रा र चौथासम्म हुने विद्यार्थीहरुलाई किताबै पुरस्कार दिने प्रबन्ध गरियो । यसरी संं. १९४८ सालमा आयोजना गरिएको यस स्कूलको पुरस्कार वितरणोत्सवमा मोतीराम भट्टले दशौं कक्षामा प्रथम भएको पुरस्कार प्राप्त गरेका थिए । यस्तै यस स्कूलको सं. १९५८ साल असार १३ गते आयोजना गरिएको पुरस्कार वितरणोत्सव पनि यहाँ उल्लेखनीय हुन्छ । त्यस समारोहमा प्रमुख-अतिथिको हैसियतमा पुरस्कार वितरण तत्कालीन श्री ३ देवशमशेरले गरेका थिए । यहाँको समारोह सिध्याई क्याम्पाबाट बाहिर निस्कने वित्तिकै उनलाई भाइहरुले "ठूलो भाउज्यू (स्व. श्री ३ महाराज वीरशमशेरकी महारानी ) अकस्मात् बिरामी भइन्, हेर्न जानुपर्‍यो" भनी उनलाई जमल, नारायणहिटी दरबार भित्र लगे । त्यहाँ उनलाई भाइहरु (चन्द्रशमशेर, भीमशमशेर, फत्तेशमशेरले श्री ३ महाराजको ओहदाबाट खोसी डाँडो कटाउने षड्यन्त्र गरे तथा चन्द्रशमशेर श्री ३ महाराज बने । यसरी इतिहासको यो मार्मिक घटना पनि दरबार स्कूलको पुरस्कार वितरणसित गाँसिन आएको छ । सं. १९६०-६२ सालतिर शुक्रराज जोशी (शहीद) ले पनि यस स्कूलमा पढिरहेका थिए । सं. १९६२ सालमा उनी कक्षा पाँचमा पढिरहेको बेला उनलाई बाबु माधवराज जेल परेकाले जात पतित भयो भन्ने आधारमा तत्कालीन प्रधान-अध्यापक बटेकृष्ण-मित्रले स्कूलबाट निष्काशित गरे । सं. १९६८ सालताका विद्यार्थीहरुको संख्या बढ्दै गएकोले स्कूलभवनमा कोठाहरु नपुग भई रानीपोखरीको उत्तरीछेउमा रहेको तत्कालीन श्रेस्ता पाठशालाको सरकारी भवनका केही कोठाहरुमा सेक्सन खोलिए । सं. १९८८-९ सालताका श्री ३ महाराज जुद्धशमशेरबाट यस स्कूलको क्याम्पाभित्र तर छुट्टै रहेको तत्कालीन मजलिश घर दरवार स्कूललाई प्रदान गरियो । सं. १९९२-३ सालताका स्कूल भवनसित मजलिश घर जोडेर बनाईयो । सं. १९९० सालको ठूलो भूकम्पमा यस भवनको छाना केही भाग विग्रेकोले त्यसको मरम्मत पूरा नभएसम्म सं. १९९०-९१ सालको शैक्षिक सत्रभरि यस स्कूलले त्रिचन्द्र कलेज, घण्टाघरको क्याम्पाभित्र गुजारा गर्नु परेको थियो । उक्त जीर्णोद्धारको सिलसिलामा यस भवनको टायल छाना झिकी कर्कटपाताको छाना हालियो तथा बीचको ढोका बन्द गरी उत्तरी र दक्षिणी पर्खालमा एक-एकवटा ढोका र भवनमा पनि एक-एकवटा भर्‍याङ्ग थपियो ।

More About Info Online Job In Nepal Click Here

प्रारम्भिक काल

प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरुको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरुलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो । त्यसैले होला धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए । केही समयपछि यो स्कूल थापाथलीबाट चारबुर्जा (हाल होटल रोयल, राजपरिषद्को कार्यालय रहेको भवन) दरबारमा सारियो । त्यहाँबाट पनि यो स्कूलसँगै रहेको धीरशमशेरको निवासस्थान जमल, नारायणहिटी दरवारक्यम्पभित्र सानु चोक बैठकमा सर्‍यो र त्यहीँ कक्षा दशसम्मको पढाइ पनि चालू गरियो । सं. १९३३ सालमा रणोद्दीपसिंह श्री ३ महाराज भएपछि शासक राणाहरुकहाँ पहुँच पुगेका, उनीहरुको सेवामा रहेका जागीरदारहरुका छोराहरुले पनि यस स्कूलमा पढ्न पाए । यसरी यो स्कूल दरबारभित्र अवस्थित भएपनि केही हदसम्म र्सार्वजनिक भयो । सं १९४० सालताका यस स्कूलले फेरी थापाथलीदरबारको दाखचोकमा र्सर्नुपर्‍यो । सं. १९४२ सालमा जेठा बाबु रणोद्दीपसिंहको हत्या गरी श्री ३ महाराज बनेका वीरशमशेरले यस स्कूललाई जमल स्थित दरबारको ढोकानिरका टहरामा सारे । उनले यस स्कूलको लागि एउटा सुहाउँदो भवन बनाउन लगाए । रानीपोखरीको पश्चिमपट्टिको सडकछेउमा एउटा ठूलो, लामो भवन बन्यो । सं. १९४८ सालमा यस भवनको निर्माणकार्य सम्पन्न भएपछि यो स्कूलले बल्ल आफ्नै भवनमा बस्न पायो । त्यस बेलादेखि यो स्कूल आजसम्म यसै भवनमा अवस्थित रहिआएको छ ।

राजपरिषद्को कार्यालय


यो भवन राजधानीको असनबजार देखि बाहिर टुँडिखेल, रानीपोखरीको छेउ खुला, शोभायमान र महत्वपूर्ण थलोमा अवस्थित छ । प्रारम्भदेखि यस स्कूल सरकारी नै थियो । श्री ३ महाराज वीरशमशेरले यस स्कूलको सम्पपूर्ण खर्च गुठीको आयस्रोतबाट व्यहोर्ने व्यवस्था गरेका थिए । श्री ३ देवशमशेरले सं. १९५७ सालताका यस स्कूलमा र्सवसाधारण जनताले पनि पढ्न पाउने व्यवस्था गरिदिए ।श्री ३ जुद्धशमशेरले यसको खर्च गुठीले व्यहोर्ने व्यवस्था खारेज गरी पूर्णतः सरकारले व्यहोर्ने गराए । यहाँनिर यो कुरा सम्झनु आवश्यक हुन्छ कि यस स्कूलले पूर्णतः निःशुल्क शिक्षा प्रदान गर्दथ्यो । यस स्कूलको प्रारम्भ दरबारभित्र भएको, ३८ वर्षम्म दरबारै दरबार भित्र चालू रहेको एवं दरबारभित्रकै तत्सम्बन्धी विद्यार्थीहरुमात्र पढ्ने भइआएको कारणले यसको नामाकरण पनि "दरबार स्कूल"भएको हो । यसै "दरबार हाई स्कूल" भन्ने नाउँबाट नै यसको सक्बन्धर् इ. १८८० (सं. १९३६) सालताका कलकत्ता विश्वविद्यालयसित कायम गरियो । २०२४ सालबाट यसको नाम परिवर्तन गरी भानु मा. वि. राखियो ।

More Info About Online Job In Nepal

दरबार हाईस्कूल

दरवार हाई स्कूल एकातिर राणशासन अर्न्तर्गत पनि शान्त र स्थिररुपले एवं केयौं दशकसम्म एक्लै भएर पनि जनतामा आधुनिक शिक्षाको आलोक र्छर्दै रहने देशको पहिलो शिक्षणसंस्था हो । तर्सथ यस अग्रगण्य स्कूलको परिचय भन्ने वित्तिकै त्यसमा देशका शैक्षिक इतिहासका साथसाथै तत्कालीन परिस्थितिका रमाइला र नरमाइला झझल्काहरु स्वतः समाविष्ट हुन्छन् । तिनैलाई संक्षिप्त रुपले मूर्त्तित गर्ने प्रयास तलका हरफहरुमा जसोतसो गरिएको छ । हाम्रो देशको इतिहासका विभिन्न युगमा विक्रमशीला विद्यापीठका अध्यापक भएका रत्नकिर्ति, वैरोचन, कनकश्री, द्वारपाल पण्डितसम्म भएका वागीश्वरकिर्ति, देशविदेशबाट आएका विद्धान्हरुलाई सन्तुष्ट पार्ने धर्ममति, दुस्खोर्पा, धान चुपा, यहाँको स्तरीय बौद्धिक वातावरणबाट प्रभावित भई त्यहीँ बसोबास गर्ने सुनमश्री मिश्र आदि दिग्गज विद्धान्हरु यहाँ भएका थिए भनेर हामीहरुले अतीतका गौरवगाथा जति गाएपनि राणायुग प्रारम्भ भएको बेलासम्म अर्थात् सं. १९१० सालसम्म पनि देशमा नियमित अंग्रेजी शिक्षाको आलोक प्रदान गर्ने कुनै विद्यालय थिएन । सं. १८७१-७२ को नेपाल-अंग्रेज युद्धको लगत्तैपछिदेखि यूरोपेलीहरुसितको सर्म्पर्क दिनानुदिन बढ्दै थियो । यसको मतलब के थियो भने शासनसत्तामा रहेका पदाधिकारीहरुको निमित्त खुँडा, खुकुरी चलाउनमात्र सिपालु भएर नपुग्ने भैसकेको थियो । भूगोल, इतिहास आदि विषयको साथै अंग्रजी भाषाको ज्ञान, कूटनीतिका रहस्य, राजनीतिका चालबाजी पनि सिक्न अनिवार्य हुँदै थियो । त्यस बेला शासकहरुकै अंग्रेजी शिक्षा शून्य प्रायः थियो । "रैती, दुनियाँदार" कहलिने जनसाधारणको त कुरै के हुन्थ्यो र । केटाकेटीहरुलाई नियमितरुपले अंग्रेजी पढाउने कुनै पाठशाला थिएन, उनीहरुलाई पढाउनुपर्दछ भन्नेसम्म चेतना अभिभावकहरुमा थिएन ।

स्कूल


गरिब, निम्नवर्गीय, तल्लो जातका केटाकेटीहरु त कमारा - कमारीको रुपमा बेचिन्थे, लोग्ने मरे स्वास्नीहरु सती जानुपर्दथ्यो । दुनियाँदारको लागि पढ्नु भनेको त कल्पनातीत विलासिता सम्झिन्थ्यो ।विदेशीहरुको सर्म्पर्कमा आइरहेको निरन्तर वृद्धिको कारणले आधुनिक शिक्षाको महत्व र आवश्यकता महसुस गरिँदै थियो, धेरैजसो शासकवर्गमा । मुख्तियार जङ्गबहादुर बेलायत भ्रमण सं. १९०६ मा गई १९०७ मा फर्केदेखि उनको विचारधारा केही परिवर्तित भएको देखिन्थ्यो । त्यहाँबाट र्फकने वित्तिकै उनले "मिनिष्टर" पदवी लिए । सम्भवतः बेलायतका बासिन्दाहरुको चेतना र चिन्तन, विज्ञान र विकास, स्तर र शिक्षाको गहिरो छाप उनमा परेको थियो । त्यहाँको प्रगती सवै शिक्षाको फल हो भन्ने उनमा लाग्यो । उपर्युक्त तथ्यहरुकै कारणले होला मिनिष्टर जङ्गबहादुरले आफ्नै परिवारका छोरा भतिजाहरुलाई प्रारम्भिक शिक्षा प्रदान गर्न सं. १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा एउटा स्कूल खोली बैध रुपमा प्रारम्भिक तहको आधुनिक अंग्रजी शिक्षा पढाउने काम शुरुवात गराए । स्कूल सञ्चालन भनेकै त्यस बेला नेपालको लागि एउटा नौलो कुरो थियो जुन जंगबहादुरले पहिलोपल्ट बेलायतमा देखेका हुन् । त्यसैले आफूकहाँ खोलिएको यस स्कूलको संचालन गर्न र अंग्रजीभाषा सिकाउन उनले एकजना अंग्रजी शिक्षक बेलायतदेखि मगाएर राखे । केन्निङ नाउँ भएका यी अंग्रेज शिक्षक नै यस स्कूलको प्रथम प्रधान-अध्यापक भए । यस स्कूलको सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा श्री रोज (Mr. Ross) लाई दिएको थियो । वि. सं. १९१५ मा शिक्षा निर्देशकको कार्यालय, शिक्षा विभाग खडा गरि जंगबहादुरले आफ्ना माईला भाई जनरल बवर जंगलाई र्डाईरेक्टर नियुक्त गरेका थिए । बवरजंगको पालामा दरबार स्कूल प्रारम्भिक तहबाट मिडिल (निम्न माध्यमिक) स्कूल भयो ।