Tuesday, March 29, 2016

प्रारम्भिक काल

प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरुको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरुलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो । त्यसैले होला धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए । केही समयपछि यो स्कूल थापाथलीबाट चारबुर्जा (हाल होटल रोयल, राजपरिषद्को कार्यालय रहेको भवन) दरबारमा सारियो । त्यहाँबाट पनि यो स्कूलसँगै रहेको धीरशमशेरको निवासस्थान जमल, नारायणहिटी दरवारक्यम्पभित्र सानु चोक बैठकमा सर्‍यो र त्यहीँ कक्षा दशसम्मको पढाइ पनि चालू गरियो । सं. १९३३ सालमा रणोद्दीपसिंह श्री ३ महाराज भएपछि शासक राणाहरुकहाँ पहुँच पुगेका, उनीहरुको सेवामा रहेका जागीरदारहरुका छोराहरुले पनि यस स्कूलमा पढ्न पाए । यसरी यो स्कूल दरबारभित्र अवस्थित भएपनि केही हदसम्म र्सार्वजनिक भयो । सं १९४० सालताका यस स्कूलले फेरी थापाथलीदरबारको दाखचोकमा र्सर्नुपर्‍यो । सं. १९४२ सालमा जेठा बाबु रणोद्दीपसिंहको हत्या गरी श्री ३ महाराज बनेका वीरशमशेरले यस स्कूललाई जमल स्थित दरबारको ढोकानिरका टहरामा सारे । उनले यस स्कूलको लागि एउटा सुहाउँदो भवन बनाउन लगाए । रानीपोखरीको पश्चिमपट्टिको सडकछेउमा एउटा ठूलो, लामो भवन बन्यो । सं. १९४८ सालमा यस भवनको निर्माणकार्य सम्पन्न भएपछि यो स्कूलले बल्ल आफ्नै भवनमा बस्न पायो । त्यस बेलादेखि यो स्कूल आजसम्म यसै भवनमा अवस्थित रहिआएको छ ।

राजपरिषद्को कार्यालय


यो भवन राजधानीको असनबजार देखि बाहिर टुँडिखेल, रानीपोखरीको छेउ खुला, शोभायमान र महत्वपूर्ण थलोमा अवस्थित छ । प्रारम्भदेखि यस स्कूल सरकारी नै थियो । श्री ३ महाराज वीरशमशेरले यस स्कूलको सम्पपूर्ण खर्च गुठीको आयस्रोतबाट व्यहोर्ने व्यवस्था गरेका थिए । श्री ३ देवशमशेरले सं. १९५७ सालताका यस स्कूलमा र्सवसाधारण जनताले पनि पढ्न पाउने व्यवस्था गरिदिए ।श्री ३ जुद्धशमशेरले यसको खर्च गुठीले व्यहोर्ने व्यवस्था खारेज गरी पूर्णतः सरकारले व्यहोर्ने गराए । यहाँनिर यो कुरा सम्झनु आवश्यक हुन्छ कि यस स्कूलले पूर्णतः निःशुल्क शिक्षा प्रदान गर्दथ्यो । यस स्कूलको प्रारम्भ दरबारभित्र भएको, ३८ वर्षम्म दरबारै दरबार भित्र चालू रहेको एवं दरबारभित्रकै तत्सम्बन्धी विद्यार्थीहरुमात्र पढ्ने भइआएको कारणले यसको नामाकरण पनि "दरबार स्कूल"भएको हो । यसै "दरबार हाई स्कूल" भन्ने नाउँबाट नै यसको सक्बन्धर् इ. १८८० (सं. १९३६) सालताका कलकत्ता विश्वविद्यालयसित कायम गरियो । २०२४ सालबाट यसको नाम परिवर्तन गरी भानु मा. वि. राखियो ।

More Info About Online Job In Nepal

No comments:

Post a Comment