Tuesday, March 29, 2016

मध्यकाल

धिरशमशेरको पालामा रानीपोखरीको उत्तरपटी आफ्नै दरबारभित्र सानो चोकमा दरबार स्कूल सञ्चालन गराएका थिए । त्यसपछि कक्षा २ थपगरी कक्षा १० सम्मको पर्ढाई पनि सञ्चालन हुन थालेपछि २ दशक विताएर मात्र दरबार हाई स्कूल भयो । वि. स. १९४५ तिर दरबार स्कूल सेतो दरबारमा चल्दा विद्यार्थीहरुलाई लिन पुर्याउन घरघरमै पाले जान्थे र दिउँसो खाजा सरकारको तर्फाट मनग्य खुवाउने व्यवस्था थियो । प्रधानमन्त्री वीरशमशेरले आफ्नो शाशनकालमा २,३ वर्षलगाई १९४८ सालमा रानीपोखरीको पश्चिमपटि दरबार स्कूलको सुन्दर भवन वनाईदिए । सम्वत् १९९० सालको महाभूकम्पमा दरबार स्कूल भत्केपछि दुइ वर्षसम्म सो स्कूल त्रिचन्द्र कलेजमै सञ्चालन भएको थियो । भूकम्पले टायल विगारीदिएपछि मर्मत हुँदा स्कूलको टायलको छानाको वदला जस्तापाता (टिन)को छाना राखियो । यो स्कूल आफ्नै निजी भवनमा अवस्थित भएदेखि यसका विभिन्न पक्षहरुमा प्रगति हुँदै आएको छ । सं. १९५८ सालदेखि यसमा जनसाधारणका छोराहरुलाई पनि प्रवेश दिइएको चर्चा माथि नै भइसकेको छ । स्कूल आउन गार्‍हो मान्ने विद्यार्थीहरुका घरघरमा गएर पालेहरुले उनीहरुलाई मिर्ठाई आदि दिई फकाएर ल्याउँथे । कहिलेकाहीँ विद्यार्थीहरुले किताब, कापी, कलमहरु पनि पाउँथे । सरस्वती पूजाको लागि पनि तोकिएको खर्च सरकारबाट दिइन्थ्यो ।

रानीपोखरी


गरिब विद्यार्थीहरुलाई पाठ्यपुस्तकको खर्च दिने र दिउँसो खाजा खुवाउने ब्यवस्था सं. १९९३ सालताकादेखि शुरु भई सं. २०१७ सम्म रह्यो र सो व्यवस्था सं. २०१८ सालमा खारेज गरियो । जाँचमा पहिला दोस्रा हुने विद्यार्थीहरुले पुरस्कारको रुपमा किताब पाउने चलन त यस स्कूलमा झण्डै प्रारम्भिक कालदेखि नै आएको थियो । किताबको सट्टा पाँच दश रुपियाँको मासिक छात्रवृत्ति दिने व्यवस्था पनि बीचमा केही वर्षम्म गरिएको थियो । सं. १९८३ सालदेखि पहिला, दोस्रा, तेस्रा र चौथासम्म हुने विद्यार्थीहरुलाई किताबै पुरस्कार दिने प्रबन्ध गरियो । यसरी संं. १९४८ सालमा आयोजना गरिएको यस स्कूलको पुरस्कार वितरणोत्सवमा मोतीराम भट्टले दशौं कक्षामा प्रथम भएको पुरस्कार प्राप्त गरेका थिए । यस्तै यस स्कूलको सं. १९५८ साल असार १३ गते आयोजना गरिएको पुरस्कार वितरणोत्सव पनि यहाँ उल्लेखनीय हुन्छ । त्यस समारोहमा प्रमुख-अतिथिको हैसियतमा पुरस्कार वितरण तत्कालीन श्री ३ देवशमशेरले गरेका थिए । यहाँको समारोह सिध्याई क्याम्पाबाट बाहिर निस्कने वित्तिकै उनलाई भाइहरुले "ठूलो भाउज्यू (स्व. श्री ३ महाराज वीरशमशेरकी महारानी ) अकस्मात् बिरामी भइन्, हेर्न जानुपर्‍यो" भनी उनलाई जमल, नारायणहिटी दरबार भित्र लगे । त्यहाँ उनलाई भाइहरु (चन्द्रशमशेर, भीमशमशेर, फत्तेशमशेरले श्री ३ महाराजको ओहदाबाट खोसी डाँडो कटाउने षड्यन्त्र गरे तथा चन्द्रशमशेर श्री ३ महाराज बने । यसरी इतिहासको यो मार्मिक घटना पनि दरबार स्कूलको पुरस्कार वितरणसित गाँसिन आएको छ । सं. १९६०-६२ सालतिर शुक्रराज जोशी (शहीद) ले पनि यस स्कूलमा पढिरहेका थिए । सं. १९६२ सालमा उनी कक्षा पाँचमा पढिरहेको बेला उनलाई बाबु माधवराज जेल परेकाले जात पतित भयो भन्ने आधारमा तत्कालीन प्रधान-अध्यापक बटेकृष्ण-मित्रले स्कूलबाट निष्काशित गरे । सं. १९६८ सालताका विद्यार्थीहरुको संख्या बढ्दै गएकोले स्कूलभवनमा कोठाहरु नपुग भई रानीपोखरीको उत्तरीछेउमा रहेको तत्कालीन श्रेस्ता पाठशालाको सरकारी भवनका केही कोठाहरुमा सेक्सन खोलिए । सं. १९८८-९ सालताका श्री ३ महाराज जुद्धशमशेरबाट यस स्कूलको क्याम्पाभित्र तर छुट्टै रहेको तत्कालीन मजलिश घर दरवार स्कूललाई प्रदान गरियो । सं. १९९२-३ सालताका स्कूल भवनसित मजलिश घर जोडेर बनाईयो । सं. १९९० सालको ठूलो भूकम्पमा यस भवनको छाना केही भाग विग्रेकोले त्यसको मरम्मत पूरा नभएसम्म सं. १९९०-९१ सालको शैक्षिक सत्रभरि यस स्कूलले त्रिचन्द्र कलेज, घण्टाघरको क्याम्पाभित्र गुजारा गर्नु परेको थियो । उक्त जीर्णोद्धारको सिलसिलामा यस भवनको टायल छाना झिकी कर्कटपाताको छाना हालियो तथा बीचको ढोका बन्द गरी उत्तरी र दक्षिणी पर्खालमा एक-एकवटा ढोका र भवनमा पनि एक-एकवटा भर्‍याङ्ग थपियो ।

More About Info Online Job In Nepal Click Here

No comments:

Post a Comment