Tuesday, March 29, 2016

दरबार हाईस्कूल

दरवार हाई स्कूल एकातिर राणशासन अर्न्तर्गत पनि शान्त र स्थिररुपले एवं केयौं दशकसम्म एक्लै भएर पनि जनतामा आधुनिक शिक्षाको आलोक र्छर्दै रहने देशको पहिलो शिक्षणसंस्था हो । तर्सथ यस अग्रगण्य स्कूलको परिचय भन्ने वित्तिकै त्यसमा देशका शैक्षिक इतिहासका साथसाथै तत्कालीन परिस्थितिका रमाइला र नरमाइला झझल्काहरु स्वतः समाविष्ट हुन्छन् । तिनैलाई संक्षिप्त रुपले मूर्त्तित गर्ने प्रयास तलका हरफहरुमा जसोतसो गरिएको छ । हाम्रो देशको इतिहासका विभिन्न युगमा विक्रमशीला विद्यापीठका अध्यापक भएका रत्नकिर्ति, वैरोचन, कनकश्री, द्वारपाल पण्डितसम्म भएका वागीश्वरकिर्ति, देशविदेशबाट आएका विद्धान्हरुलाई सन्तुष्ट पार्ने धर्ममति, दुस्खोर्पा, धान चुपा, यहाँको स्तरीय बौद्धिक वातावरणबाट प्रभावित भई त्यहीँ बसोबास गर्ने सुनमश्री मिश्र आदि दिग्गज विद्धान्हरु यहाँ भएका थिए भनेर हामीहरुले अतीतका गौरवगाथा जति गाएपनि राणायुग प्रारम्भ भएको बेलासम्म अर्थात् सं. १९१० सालसम्म पनि देशमा नियमित अंग्रेजी शिक्षाको आलोक प्रदान गर्ने कुनै विद्यालय थिएन । सं. १८७१-७२ को नेपाल-अंग्रेज युद्धको लगत्तैपछिदेखि यूरोपेलीहरुसितको सर्म्पर्क दिनानुदिन बढ्दै थियो । यसको मतलब के थियो भने शासनसत्तामा रहेका पदाधिकारीहरुको निमित्त खुँडा, खुकुरी चलाउनमात्र सिपालु भएर नपुग्ने भैसकेको थियो । भूगोल, इतिहास आदि विषयको साथै अंग्रजी भाषाको ज्ञान, कूटनीतिका रहस्य, राजनीतिका चालबाजी पनि सिक्न अनिवार्य हुँदै थियो । त्यस बेला शासकहरुकै अंग्रेजी शिक्षा शून्य प्रायः थियो । "रैती, दुनियाँदार" कहलिने जनसाधारणको त कुरै के हुन्थ्यो र । केटाकेटीहरुलाई नियमितरुपले अंग्रेजी पढाउने कुनै पाठशाला थिएन, उनीहरुलाई पढाउनुपर्दछ भन्नेसम्म चेतना अभिभावकहरुमा थिएन ।

स्कूल


गरिब, निम्नवर्गीय, तल्लो जातका केटाकेटीहरु त कमारा - कमारीको रुपमा बेचिन्थे, लोग्ने मरे स्वास्नीहरु सती जानुपर्दथ्यो । दुनियाँदारको लागि पढ्नु भनेको त कल्पनातीत विलासिता सम्झिन्थ्यो ।विदेशीहरुको सर्म्पर्कमा आइरहेको निरन्तर वृद्धिको कारणले आधुनिक शिक्षाको महत्व र आवश्यकता महसुस गरिँदै थियो, धेरैजसो शासकवर्गमा । मुख्तियार जङ्गबहादुर बेलायत भ्रमण सं. १९०६ मा गई १९०७ मा फर्केदेखि उनको विचारधारा केही परिवर्तित भएको देखिन्थ्यो । त्यहाँबाट र्फकने वित्तिकै उनले "मिनिष्टर" पदवी लिए । सम्भवतः बेलायतका बासिन्दाहरुको चेतना र चिन्तन, विज्ञान र विकास, स्तर र शिक्षाको गहिरो छाप उनमा परेको थियो । त्यहाँको प्रगती सवै शिक्षाको फल हो भन्ने उनमा लाग्यो । उपर्युक्त तथ्यहरुकै कारणले होला मिनिष्टर जङ्गबहादुरले आफ्नै परिवारका छोरा भतिजाहरुलाई प्रारम्भिक शिक्षा प्रदान गर्न सं. १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा एउटा स्कूल खोली बैध रुपमा प्रारम्भिक तहको आधुनिक अंग्रजी शिक्षा पढाउने काम शुरुवात गराए । स्कूल सञ्चालन भनेकै त्यस बेला नेपालको लागि एउटा नौलो कुरो थियो जुन जंगबहादुरले पहिलोपल्ट बेलायतमा देखेका हुन् । त्यसैले आफूकहाँ खोलिएको यस स्कूलको संचालन गर्न र अंग्रजीभाषा सिकाउन उनले एकजना अंग्रजी शिक्षक बेलायतदेखि मगाएर राखे । केन्निङ नाउँ भएका यी अंग्रेज शिक्षक नै यस स्कूलको प्रथम प्रधान-अध्यापक भए । यस स्कूलको सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा श्री रोज (Mr. Ross) लाई दिएको थियो । वि. सं. १९१५ मा शिक्षा निर्देशकको कार्यालय, शिक्षा विभाग खडा गरि जंगबहादुरले आफ्ना माईला भाई जनरल बवर जंगलाई र्डाईरेक्टर नियुक्त गरेका थिए । बवरजंगको पालामा दरबार स्कूल प्रारम्भिक तहबाट मिडिल (निम्न माध्यमिक) स्कूल भयो ।

No comments:

Post a Comment