Friday, April 1, 2016

पंचायती काल

राणा शासनः वि.सं. १९०३ देखि २००७ सालसम्मको समयमा राणाहरुले नेपालमा पारिवारीक शासन गरेको नेपालको इतिहास छ । त्यस समयमा राणा भाईभाईहरुमा प्रधानमन्त्रीको पद सार्दै जाने प्रचलन थियो । देशका मुख्य शक्तिशाली पदमा राणा खानदानको हैकमी शासन थियो । त्यसबेला देश राणाको इसारामा चल्थ्यो राणाले जे भन्यो त्यही हुन्थ्यो । आर्थिक, सामाजिक, शैक्षिक लगाउतका सम्पूर्ण क्षेत्रमा अरुलाई कडा बन्देज थियो । यस समयमा जंगबहादुरको नाम निकै चर्चामा थियो । त्यसपछि २००७ मा राणा शासनको अन्त्य हुँदै प्रजातन्त्रको स्थापना भयो । राणाले गर्दै आएको हुकुमी शासन अन्त्य भयो । जनताले राहतको महसुस गरे । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगाएतका क्षेत्रमा सहजता आयो । तर, प्रजातन्त्र लामो समय टिकेन २०१७ पुस १ गते पञ्चायती व्यवस्थाको स्थापना भयो । वि.सं. २०१५ सालमा भएको संसदीय चुनावबाट निर्वाचित सरकारलाई २०१७ पुस १ गते दिनदहाडै राजा महेन्द्रबाट अपदस्त गरिएको थियो । पञ्चायती शासन स्थापना गरेपछि राजनीतिक दल प्रतिबन्ध गरिए भने जननिर्वाचित प्रधानमन्त्री बी।पी। कोइराला, उनको मन्त्रीमण्डलका सदस्य, सांसद, राजनीतिक दलका नेता र कार्यकर्तालाई रातारात पक्राउ गरियो र जेल हालियो । राजनीतिक दलका नेताहरू राजकाज, राज्यद्रोह लगायतका मुद्दामा लामो समय जेल बसे । पञ्चायतले पक्राउ गर्न नसकेका राजनीतिक दलका नेता कार्यकर्ता ठूलो सङ्ख्यामा भारत निर्वासित भए । पञ्चायतको स्थापना भएको २–३ वर्षमै देशभरी पञ्चायतको जगजगी फैलियो । पञ्चायतलाई बलियो बनाउने गरी राजालाई सर्वाधिकार सम्पन्न व्यवस्थासहित २०१९ सालमा पञ्चायती संविधान जारी गरियो । 

पञ्चायती व्यवस्था


पञ्चायती शासन व्यवस्थाका मान्छेहरूले भन्ने गर्दथे कि सबै नेपाली पञ्च, सबै पञ्च नेपाली । उनीहरूले पञ्चायती व्यवस्था र नेपाललाई एक–अर्काका पूरकको रूपमा प्रचार गर्ने गर्दथे । पञ्चायत नरहे देशै रहँदैन भनेर प्रचार गरिएको थियो । कांग्रेस र कम्युनिस्ट पार्टीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको थियो ।वि.सं. २०४६ मा भएको नेपालको प्रथम जनआन्दोलनमा नेपालका विभिन्न दलहरु एकै उद्धेश्य लिएर आन्दोलनमा होमिएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न कम्युनिष्टको समूह संयुक्त बाम मोर्चा बनाएर आन्दोलनमा होमिएको थियो । ५० दिने सो आन्दोलनमा पंचायती शासकहरुले निकै दमन गरेका थिए । त्यसपछि राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्रीलार्इ पदच्युत गर्दै सांसदसमेत भंग गरी निर्दलीय पंचायती व्यवस्था लागु गरियो ।तर १८ सालको क्रान्ति, ३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण २०३६मा तत्कालीन राजा बीरेन्द्रले नेपालमा जनमत संग्रह गराए। बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत सँग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइयो। त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरू गर्यो। अन्तत यो कदम २०४६ मा जनआन्दोलनमा परिणत भयो।

1 comment:

  1. एकदमै उपयोगि लेख। धन्यवाद

    ReplyDelete