Friday, April 1, 2016

कर्णाली प्रदेशको खस मल्ल राज्य

पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत, दक्षिणमा तराई भू–खण्डसम्म खस मल्ल राज्य विस्तारित थियो । खस मल्ल राज्यको द्वार कैलाली कञ्चनपुरको मल्लवार थियो । तिब्बतका केही भागसमेत यस राज्यको प्रभावमा परेका थिए । पश्चिममा गढवाल, कुमाऊदेखि पूर्वमा गोरखाको साँधसम्म फैलिएको खस साम्राज्य तत्कालीन नेपालको ठूलो भूखण्ड थियो । खस राज्यको राजधानी सिन्जा थियो तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको मानिन्छ । यो समय १२ औं शताब्दीतिर (ई.स.११५०) भएको अनुमान छ । तिव्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख तथा गोपालराजवंशावली आदि स्रोतहरूबाट नै त्यस क्षेत्रको इतिहासबारे जानकारी प्राप्त गर्न सकिन्छ । यस राज्यका शासकहरूमा नागराज, क्राचल्ल, अशोक चल्ल, जितारि मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि रहेको पाइन्छ । यो राज्यको अस्तित्व करीब २२६ वर्ष जति रह्यो । खस राज्यको पतनपछि सुदूर पश्चिममा बझाङ, डोटी, जाजरकोटजस्ता बाइसी राज्य जन्मेका हुन् ।

कर्णाली प्रदेश


वर्तमान समयमा सबैभन्दा अविकसित तथा पिछडिएको मानिएको यो क्षेत्र मध्यकालमा निक्कै शक्तिशाली राज्यको रूपमा रहेको थियो । पश्चिमी खस राज्यको सबैभन्दा प्रमुख र महत्वपूर्ण योगदान भाषासम्बन्धी योगदान हो । वर्तमान नेपाली भाषाको उत्पत्ति खस मल्ल राज्यमै भएको थियो । त्यसैले यस भाषालाई ‘खसकुरा’ वा ‘सिंजाली भाषा’ समेत भन्ने गरिन्छ । खस मल्ल राजाहरूले यस भाषालाई राजकाजको माध्यम बनाएर राष्ट्र भाषाको स्थान दिएको हुनाले नै यो भाषा निरन्तर परिमार्जित र विकसित हुँदै गयो । खस मल्ल राज्यको विघटनपछि खडा हुन पुगेका बाइसे र चौबीसे राज्यहरूमा समेत यसै भाषालाई व्यापक प्रयोगमा ल्याइयो । बाइसे र चौबीसे राज्यहरूमा राज्य भाषाका रूपमा यसै भाषाले स्थान पायो र विशाल नेपालको एकीकरणपछि नेपालको राष्ट्र भाषा बन्न पुग्यो । लु िम्बनी अञ्चलका े कपिलवस्तु जिल्लामा तिलौराकोट नामक स्थान रहेको छ । प्राप्त तथ्यहरूको आधारमा यो तिलौराकोट नै शाक्यहरूको प्राचीन कपिलवस्तुको राजधानी थियो । प्राचीन गणराज्यहरूमध्ये शाक्यहरूको यो राज्य विशेष उल्लेखनीय थियो, किनभने क्रकुछन्द, कनकमुनि, सिद्धार्थ गौतमलगायतका बुद्धहरूको जन्म यही स्थानमा भएको थियो । उनै सिद्धार्थ गौतम नै बुद्धधर्मका प्रवर्तक महात्मा\ गौतम बुद्धको रूपमा परिचित छन् । प्राचीन कपिलवस्तु नगर पञ्चभुजाकार किल्लाको रूपमा बसाइएको नगर थियो  त्यस बखत व्यापारिक राजमार्गका रूपमा उत्तरदेखि दक्षिणपूर्व हँुदै श्रावस्तीदेखि राजगिरसम्म पुग्ने राजमार्ग धेरैजसो कपिलवस्तु राज्यभित्रै पर्दथ्यो । शाक्यहरूको राज्य गणराज्यको रूपमा भएको हुनाले कपिलवस्तु गणराज्यको शासन व्यवस्था प्राचीन उत्तर भारतीय गणराज्यहरूको शासन व्यवस्थाअनुरूप नै थियो । शासन सञ्चालनार्थ साधारण सभा र भारदारी सभा गरी दुई एकाइहरू थिए । साधारण सभाले राज्यको कार्यकारी सभाको रूपमा कार्य गर्दथ्यो र यस्तो कार्यकारी सभाका मुख्य व्यक्तिलाई नै राजा भनिन्थ्यो । बुद्धकोजन्मताका कार्यकारी सभाका मुख्य व्यक्ति सुद्धोधन थिए । राजा सुद्धोधनपछि कार्यकारी सभाको मुख्य व्यक्ति वा राजाको रूपमा महानामालाई निर्वाचित गरिएको थियो । कपिलवस्तु राज्यको छिमेकमा पर्ने कोशल राज्यका राजाविरूद्धकको आक्रमणमा परेर कपिलवस्तु राज्यको पतन हुन पुग्यो ।

1 comment:

  1. Casino - JSTOR - The Promotions - Missouri City Business
    › news › casinos › promotions 동두천 출장마사지 › news › casinos › promotions Sep 2, 2018 — 오산 출장마사지 Sep 2, 2018 The Promotions at Casino 사천 출장안마 – JSTOR - The Promotions at Casino 수원 출장샵 – JSTOR - The Promotions at Casino 시흥 출장안마 - JSTOR - The Promotions at Casino – JSTOR - The Promotions at

    ReplyDelete