Friday, April 1, 2016

मुख्य हिमाली क्षेत्र

हिमालयअन्तर्गतका उच्चतम चुलीहरू केन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला चुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिण रहेका बृहत्तर हिमाली शृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १३११ चुलीहरू रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो– ओयु, धवलागिरी, मनासलु, अन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन रहेका छन् । कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ् गणेश, गोर्खा, अन्नपूर्ण, धौलागिरी, काञ्जीरोवा, अपी, शैपाल हिमश्रृङ्खलाअन्र्तगत विश्वका १० सर्वोच्च शिखरहरूमध्ये ८ वटा हिमशिखरहरू पर्दछन् ।

हिमाली क्षेत्र 


 यस क्षेत्रमा कञ्चनजंघा, जनक, उम्बक, महालंगुर, रोलवालिङ्, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दामोदर, निलगिरी, अन्नपूर्ण, धवलागिरी, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकंकर, गुँरास गरी क्रमशः पूर्वदेखि पश्चिमसम्म फैलिएका २८ हिमश्रृङ्खलाहरू अवस्थित छन् । मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पुराङ्ग, हुम्ला, मुगु, लाङगु, बूढी खोटाङ, केरूङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्टित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खोँच र बेँसी रहेका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङमा वृष्टिछाँयामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ । यस भेकमा शुष्क जलवायु पाइन्छ । यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुनेहुँदा डालेघाँस प्रायः पाइन्न । यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खच्चर, घोडा, चउँरी आदि जनावरबाट गर्ने गर्दछन् । जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म हुन्छ । हिउँदमा ठन्डा हुनेहुँदा मानिसहरूको बसोबास यो क्षेत्रमा निक्कै पातलो छ । यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानी हुम्लाको ढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पूराना मानिन्छन् । मनाङ, मुस्ताङमा बस्ती छन् र भोट निस्कने भन्ज्याङहरू निकै पर्छन् । वृष्टिछाँयामा पर्ने भएकालेयो क्षेत्र मूलतः हिमाली मरूभूमिका रूपमा रहेको छ । उत्तरमा हिमाल र दक्षिणमा तराईबीच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म उचाँहोचा पहाडहरू, फराकिला–साँगुरा उपत्यका, दून, बेँसी तथा टार र गरायुक्तपाखाहरूले घनीभूत छ । दक्षिणमा करिब ३०० मिटरदेखि उत्तरमा ३,०००मिटरसम्मका उचा भूभागहरू देशको ६८ प्रतिशत धरातल ओगटेर ७६किलोमिटरदेखि १२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन् । सबैभन्दाबढी भूभाग यस प्रदेशले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ ।यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा,सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौँ भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, मकवानपुर,तनहुँ, लमजुङ, कास्की, गोरखा, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी,बाग्लुङ, प्यूठान, रोल्पा, रूकुम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी,डडेलधुरा र बैतडी गरी ३९ वटा जिल्ला पर्दछन् ।

No comments:

Post a Comment