भारतमा पहिलो मानव बसोबास ९००० वर्ष पहिले भएको विश्वास गरिएको छ । यो नै पछि गएर सिन्धु घाँटीको सभ्यतामा विकसित भयो, जुन २६०० ई.पू. र १९०० ई.पू.को बीचमा विकसित अवस्थामा थियो । लगभग १६०० ईसापूर्वमा आर्य भारत आए र उत्तर भारतीय क्षेत्रमा वैदिक सभ्यताको सूत्रपात गरे । यस सभ्यताको स्रोत वेद र पुराण हुन् । यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ । यही समय दक्षिण भारतमा द्रविड सभ्यताको विकास भएको हो । दुबै जातिले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारतमा एक मिश्रित संस्कृतिको निर्माण गरे ।५औं शताब्दी ईशापूर्व पछि कैयौं स्वतन्त्र राज्य बने। उत्तरमा मौर्य राजवंश, जिसमा बौद्ध महाराजा अशोक सम्मिलित थिए,ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे। १८० ईसवीको सुरूदेखि, मध्य एसियाबाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीपमा यूनानी, शक, पार्थी तथा अन्त्यमा कुषाण राज्य स्थापित भए । तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा गुप्त वंशको शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ । तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाईएको मध्य प्रदेशमा अवस्थित साँचीको स्तूप तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाईएको मध्य प्रदेशमा अवस्थित साँचीको स्तूप दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश चालुक्य, चेर, चोल, पल्लव तथा पांड्य स्थापित भए । विज्ञान, कला, साहित्य, गणित, खगोल शास्त्र, प्राचीन प्राविधिक, धर्म, तथा दर्शन यीनै राजाहरूको शासनकालमा विकशित भए । १२औं शताब्दीको प्रारंभमा, भारतमा इस्लामी आक्रमण पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग दिल्ली सल्तनतको शासनाधीन भयो र पछि, अधिकांश उपमहाद्वीप मुगल वंशको अधीनमा गयो । दक्षिण भारतमा विजयनगर साम्राज्य शक्तिशाली भएर उदायो । तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए । १७औं शताब्दीको मध्यकालमा पोर्चुगल,नेदरल्याण्ड्स|नेदरल्याण्ड]], फ्रान्स, बेलायत सहित अनेकौं युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए । बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर १८४० सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो । १८५७मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन भारतीय स्वतन्त्रताको प्रथम संग्राम बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै अङ्ग्रेजी शासनको प्रशासनिक नियन्त्रणमा आयो ।
कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो। कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो। बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी संघर्ष चल्यो, जसको नेतृत्व चन्द्रशेखर आजाद, सरदार भगत सिंह, सुख देव, राज्गुरु, नेताजी सुवासचन्द्र बोस आदिले, जो आधिकारिक रूपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्,ले गरे । यो संघर्ष १५ अगस्ट, १९४७मा सफल भयो जब भारतले अङ्ग्रेजी शासनबाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्यो। त्यस पछि २६ जनवरी, १९५०मा भारत एक गणराज्य बन्यो । एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा साम्प्रदायिक तथा जातीय द्वेषको शिकार हुने गर्दछ। क्षेत्रीय तथा जातीय असंतोष र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन् । तर यसको धर्मनिरपेक्षता तथा प्रजातन्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकालको घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ । भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन् । यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ । सन १९६२ मा चीन संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९ मा पाकिस्तान सँग युद्धहरू भैसकेको छ । भारत असंलग्न आन्दोलन तथा संयुक्त राष्ट्र संघको संस्थापक सदस्य देशहरू मध्येमा एक हो । सन १९७४ मा भारतले आफ्नो पहिलो परमाणु परीक्षण गर्यो । त्यसपछि सन १९९८ मा ५ अरू परीक्षणहरू गर्यो । सन १९९० को दशकमा गरेको आर्थिक उदारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ ।भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ । बाँकी उत्तरी, मध्य र पूर्वी भारत गङ्गाको उर्वर मैदानों बाट बनेको छ । भारतको पश्चिममा थार मरुभूमी छ जुन पाकिस्तानसम्म फैलिएको छ ।
No comments:
Post a Comment