बेलकोटदेखि शिवपुरी, सांखु, चांगु, नालदुम, फटकसिला, सिन्धु, सिपा, चौतराको युद्धहरुमा चरम सफलता पाएको एकिकरण युद्धको नेतृत्व सेनापति शिवरामसिंह बस्न्यातले गरेका थिए । हाल सिन्धुपाल्चोक जिल्लाको सांगाचोकमा भएको युद्धमा गोर्खाली सेनाले विजय प्राप्त गर्यो । तर यसै राती वि.सं. १८०३ फागुन १२ गतेको मध्यरातमा कान्तिपुरे फौजले प्रत्याक्रमण गर्दा सेनापति शिवरामसिंह लगायत १३ जना सेनाले वीरगती प्राप्त गरेका थिए । गुर्गीन खां विरुद्ध मकवानपुरको लडाई मकवानपुरबाट हारेर भागेका पराजित सेन राजाको अनुरोधमा लागेर बंगालका नवाव मीरकासीमका सेनापति गुर्गीन खांको नेतृत्वमा ३००० भन्दा बढी फौज पुरार्ई वि.सं. १८१९ मा मकवानपुर गढीमा हमला गर्न लाग्दा ४०० जना गोरखाली सेनाले Spoiling attackगरी १७०० जना भन्दा बढी मुसलमान फौज मारि दिए । यस लर्डाईंमा दुष्मनसंग खोसेको ४०० भन्दा बढी बन्दुक र २ नाल तोपलाई प्रयोगमा ल्याउन शाही नेपाली सेनामा पहिलो पल्ट १८१९ साल असोज ५ गते श्रीनाथ, कालीबक्स, बर्दबहादुर (बर्दवाणी), पुरानो गोरख, सवुज गरी ५ कम्पनी खडा गरियो भने विदेशी दुष्मनसंग लडिएको पनि यो पहिलो लडाई थियो । क्याप्टेन किनलक विरुद्ध पौवा गढीको लडाई गोर्खाली सेनाको विरुद्ध कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिनर् इष्ट इण्डिया कम्पनीसंग सैनिक सहयोग मागेपछि अंग्रेज तर्फाट क्याप्टेन किनलकको नेतृत्वमा असरदार हतियार सहित २४०० फौज पटना-जनकपुर-सिन्धुलीगढी हुदैं कान्तिपुर तर्फबढेको थियो । सोही क्रममा सिन्धुलीगढी नआईपुग्दै पौवा गढी (आडा) मा लुकेको गोर्खाली फौजले अगाडी र पछाडी दुइ तिरबाट Spoiling assault गरी करीब १६०० दुष्मनहरु मारे । थुप्रै हतियार हात लागेको, वि.सं. १८२४ मा भएको यो युद्ध अंग्रेजसंगको पहिलो लडाई थियो कीर्तिपुरको युद्ध ललितपुर राज्य अर्न्तर्गत कीर्तिपुर एउटा बलियो किल्ला (Castle) को रुपमा पर्खाल र खाईले घेरिएको शहर थियो । यस शहरलाई लिनको लागि गोर्खाली सेनाले वि.सं. १८१४ मा काजी कालु पाडेको नेतृत्वमा र वि.सं. १८१८ सालमा राजकुमार सुरप्रताप शाहको नेतृत्वमा हमला गरेता पनि अन्तमा नाकाबन्दी लगाई युद्ध नै नलडी प्रमुखले कीर्तिपुरको पश्चिमी ढोका खोलेर आत्मर्समर्पण गरेपछि १२ मार्च १७६६ मा कीर्तिपुर गोर्खालीको हात पर्यो । कान्तिपुरको युद्ध कान्तिपुर पर्खालले घेरिएको बलियो किल्ला (Castle) थियो । वि.सं. १८२५ कोर् इन्द्रजात्राको दिन मध्यरातमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा टुंडिखेल, भिमसेनस्थान र नरदेवी तीन दिशाबाट एकै पटक हमला गरी सफलता मिलेको थियो । मुख्य हमला टोली नरदेवीबाट बढेको थियो । जसको नेतृत्व पृथ्वीनारायण शाहले गरिबक्सेको थियो भने सोही रातमा कान्तिपुरको राजगद्दीमा बसी नेपालको राजा होईबक्सीयो । भक्तपुरको युद्ध वरीपरी पर्खालले घेरिएको अति नै बलियो किल्ला (Castle) को रुपमा भक्तपुर शहर रहेको थियो । उपत्यकाको लडाईमा सबैभन्दा कडा प्रतिकार भएका यस युद्ध २ दिन सम्म चल्यो । बाक्लो घर बस्ती भएकोले नेपाली सेनालाई घर र दरबारको छानाहरुबाट गोली चलाउनु परेको थियो । वि.सं. १८२६ मार्ग १ गते (१० नोभेम्वर १७६९) को दिन भक्तपुर माथि विजय भयो । जुम्लाको युद्ध बाईसी राज्य अन्तरगतको जुम्ला तत्कालिन बाईसी र चौवीसी राज्यहरु मध्यको सबै भन्दा बलियो र बाईस हजार सेना भएकेा राज्य थियो । यहांको राजा शोभान शाहीले नेपालको विरुद्ध तिब्बतको दलाई लामालाई सहयोग पुर्याउदैं आएका थिए । यस राज्य विरुद्ध नेपाली फौजले आक्रमण गर्नु ठुलो जोखिम मोल्नु सरह थियो । यद्यपी काजी (कप्तान) शिवनारायण खत्री, र्सदार प्रवल राना मगर र र्सदार कालु पाण्डे (ब्राम्हण) ले नेतृत्व गरेको करिव २००० फौजले तीन दिशाबाट (Multi Directional Attack) हमला गरी १९ अक्टोबर १७८९ को दिनसम्म पुरै जुम्ला नेपाली सेनाले कब्जा गरे पछि राजा शोभान शाही भागेर तिब्बत गए । यस लडाईमा नेपाल विजय भएको प्रभावले गर्दा कुमाउं क्षेत्र सम्मको एकिकरण युद्धमा अरु राज्यहरुले नेपालीसंग डटेर युद्ध लड्ने आंट गर्न सकेनन । कांगडाको युद्ध नेपाल एकिकरण युद्धमा सफलता हासिल गर्दै पश्चिम हानीएका नेपाली फौजले अति नै बलियोसंग बनेको र पहाडको टुप्पोमा रहेेको कांगडा किल्लालाई ३ बर्षम्म घेराबन्दी गरी बस्यो । यो किल्ला राजा संसार चन्दको थियो । सेनापति बडाकाजी अमरसिंह थापा नेपाली तर्फो कमाण्डर थिए । काजी नयनसिंह थापा सहित ३०० जति नेपाली सेनाले यसै किल्लामा वीरगती प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यस भन्दा अगाडी नेपाली सेना बढ्न नसकेपछि वि.सं. १८६६ (२४ अगस्�
No comments:
Post a Comment