लिच्छवि काल प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० बर्ष) रहेको इतिहास पाइन्छ। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुयान साङ को यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरू अनुसार मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, मानदेव भन्दा १६ पुस्ता अगाडी विक्रम संवतको दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। जयदेव प्रथम पश्चातका लिच्छवि राजाहरू हरीदत्त, वृषदेव, शंकरदेव र धर्मदेव हुन् । मानदेव पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन अंशुवर्मा र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छविहरूले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरूलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरूको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरूका साथै लिच्छविहरू पनि शरणार्थीका रुपमा प्रवेश गरी किरातीहरूलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरू र आगन्तुक लिच्छवि, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छविहरूको नेतृत्वमा किरातीहरूसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरू मारिएको घटनाले पुष्टि गर्छ। लिच्छविहरू अयोध्याका सूर्यवंशी राजा दशरथका वंशका ८ औ पुस्तापछि सुपुष्प राजा भएको कुरा जयदेव द्वितीयको वि.स. ७९० को पशुपतिको अभिलेखमा लेखिएको छ। सुपुष्प जयदेव प्रथम भन्दा २३ औ पुस्ता अगाडीका राजा भएकाले इसापुर्व तेस्रो शताब्दीमा नेपालमा लिच्छवि शासन सुरु भ्तेको मान्नेहरूले सुपुष्पलाई नेपालको प्रथम लिच्छवि राजा मानेका छन्।गोपालराजवंशावलीमा उल्लेख भए अनुसार सुपुष्पले वर्णव्यवस्था, न्याय व्यवस्थाको संरचना गरेको र पशुपतिको मन्दिर बनाएका थिए। इश्वी सन आरम्भतिर मात्र नेपालमा लिच्छवि शासनको आरम्भ भएको मान्नेहरूले जयदेव प्रथमलाई नेपालको पहिलो लिच्छवि शासक मानेका छन्। जयदेव प्रथमपछि हरिदत्त, वृषदेव, शङ्करदेव, धर्मदेव आदि १६ पुस्ताले नेपालमा शासन गरेपछि धर्मदेवका छोरा मानदेव राजा भएपछि नेपालको इतिहास तथ्यमा आधारित हुन् पुग्यो। अंशुवर्मा, शिवदेव, जयदेव द्वितीय आदि प्रतापी राजाहरले नेपालको उन्नति र सम्बृद्धिमा योगदान दिए। अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छविहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बंगालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक सुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।
No comments:
Post a Comment