Tuesday, March 29, 2016

दरबार हाईस्कूल

दरवार हाई स्कूल एकातिर राणशासन अर्न्तर्गत पनि शान्त र स्थिररुपले एवं केयौं दशकसम्म एक्लै भएर पनि जनतामा आधुनिक शिक्षाको आलोक र्छर्दै रहने देशको पहिलो शिक्षणसंस्था हो । तर्सथ यस अग्रगण्य स्कूलको परिचय भन्ने वित्तिकै त्यसमा देशका शैक्षिक इतिहासका साथसाथै तत्कालीन परिस्थितिका रमाइला र नरमाइला झझल्काहरु स्वतः समाविष्ट हुन्छन् । तिनैलाई संक्षिप्त रुपले मूर्त्तित गर्ने प्रयास तलका हरफहरुमा जसोतसो गरिएको छ । हाम्रो देशको इतिहासका विभिन्न युगमा विक्रमशीला विद्यापीठका अध्यापक भएका रत्नकिर्ति, वैरोचन, कनकश्री, द्वारपाल पण्डितसम्म भएका वागीश्वरकिर्ति, देशविदेशबाट आएका विद्धान्हरुलाई सन्तुष्ट पार्ने धर्ममति, दुस्खोर्पा, धान चुपा, यहाँको स्तरीय बौद्धिक वातावरणबाट प्रभावित भई त्यहीँ बसोबास गर्ने सुनमश्री मिश्र आदि दिग्गज विद्धान्हरु यहाँ भएका थिए भनेर हामीहरुले अतीतका गौरवगाथा जति गाएपनि राणायुग प्रारम्भ भएको बेलासम्म अर्थात् सं. १९१० सालसम्म पनि देशमा नियमित अंग्रेजी शिक्षाको आलोक प्रदान गर्ने कुनै विद्यालय थिएन । सं. १८७१-७२ को नेपाल-अंग्रेज युद्धको लगत्तैपछिदेखि यूरोपेलीहरुसितको सर्म्पर्क दिनानुदिन बढ्दै थियो । यसको मतलब के थियो भने शासनसत्तामा रहेका पदाधिकारीहरुको निमित्त खुँडा, खुकुरी चलाउनमात्र सिपालु भएर नपुग्ने भैसकेको थियो । भूगोल, इतिहास आदि विषयको साथै अंग्रजी भाषाको ज्ञान, कूटनीतिका रहस्य, राजनीतिका चालबाजी पनि सिक्न अनिवार्य हुँदै थियो । त्यस बेला शासकहरुकै अंग्रेजी शिक्षा शून्य प्रायः थियो । "रैती, दुनियाँदार" कहलिने जनसाधारणको त कुरै के हुन्थ्यो र । केटाकेटीहरुलाई नियमितरुपले अंग्रेजी पढाउने कुनै पाठशाला थिएन, उनीहरुलाई पढाउनुपर्दछ भन्नेसम्म चेतना अभिभावकहरुमा थिएन ।

स्कूल


गरिब, निम्नवर्गीय, तल्लो जातका केटाकेटीहरु त कमारा - कमारीको रुपमा बेचिन्थे, लोग्ने मरे स्वास्नीहरु सती जानुपर्दथ्यो । दुनियाँदारको लागि पढ्नु भनेको त कल्पनातीत विलासिता सम्झिन्थ्यो ।विदेशीहरुको सर्म्पर्कमा आइरहेको निरन्तर वृद्धिको कारणले आधुनिक शिक्षाको महत्व र आवश्यकता महसुस गरिँदै थियो, धेरैजसो शासकवर्गमा । मुख्तियार जङ्गबहादुर बेलायत भ्रमण सं. १९०६ मा गई १९०७ मा फर्केदेखि उनको विचारधारा केही परिवर्तित भएको देखिन्थ्यो । त्यहाँबाट र्फकने वित्तिकै उनले "मिनिष्टर" पदवी लिए । सम्भवतः बेलायतका बासिन्दाहरुको चेतना र चिन्तन, विज्ञान र विकास, स्तर र शिक्षाको गहिरो छाप उनमा परेको थियो । त्यहाँको प्रगती सवै शिक्षाको फल हो भन्ने उनमा लाग्यो । उपर्युक्त तथ्यहरुकै कारणले होला मिनिष्टर जङ्गबहादुरले आफ्नै परिवारका छोरा भतिजाहरुलाई प्रारम्भिक शिक्षा प्रदान गर्न सं. १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा एउटा स्कूल खोली बैध रुपमा प्रारम्भिक तहको आधुनिक अंग्रजी शिक्षा पढाउने काम शुरुवात गराए । स्कूल सञ्चालन भनेकै त्यस बेला नेपालको लागि एउटा नौलो कुरो थियो जुन जंगबहादुरले पहिलोपल्ट बेलायतमा देखेका हुन् । त्यसैले आफूकहाँ खोलिएको यस स्कूलको संचालन गर्न र अंग्रजीभाषा सिकाउन उनले एकजना अंग्रजी शिक्षक बेलायतदेखि मगाएर राखे । केन्निङ नाउँ भएका यी अंग्रेज शिक्षक नै यस स्कूलको प्रथम प्रधान-अध्यापक भए । यस स्कूलको सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा श्री रोज (Mr. Ross) लाई दिएको थियो । वि. सं. १९१५ मा शिक्षा निर्देशकको कार्यालय, शिक्षा विभाग खडा गरि जंगबहादुरले आफ्ना माईला भाई जनरल बवर जंगलाई र्डाईरेक्टर नियुक्त गरेका थिए । बवरजंगको पालामा दरबार स्कूल प्रारम्भिक तहबाट मिडिल (निम्न माध्यमिक) स्कूल भयो ।

नेपालको शिक्षा

मानव विकासमा शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ। शिक्षाले मानिसलाई मर्यादित, अनुशासित र लगनशीलका साथै दूरदृष्टि युक्त पनि बनाउँछ। मानिसको सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक रूपान्तरण शिक्षाले नै गर्छ। वर्गविहीन समाज र राज्यविहीन राज्यको कल्पना कि त ईश्वरले गर्छ कि मानिस शिक्षाका माध्यमबाट त्यस चिन्तनमा पुग्छ। विगतमा धार्मिक पद्धतिमा कठोर जीवन बिताइरहेका मानिसलाई विज्ञानको विकासले नयाँ आयाम थपिदिएको छ। घरघरमा कम्प्युटर र हातहातमा मोबाइल हुने विकसित देशका जनता अहिले 'हातमा आई फोन र साथमा आई प्याड' लिएर हिँड्छन्। अर्कातिर, नेपालजस्ता देश पनि छन् जहाँ जनताले टुकी बाल्न मट्टीतेल पाउन सकेका हुँदैनन्। तिनका छोराछोरीका हातमा कापी र सिसाकलम हुँदैन। सरकारी शैक्षिक संस्था रोजगारीका थलो बनेका छन्। सरकारी क्याम्पसबाट प्रमाणपत्र तहको पढाइ त्यहाँका शिक्षकलाई कहाँ प्रयोग गर्ने वैकल्पिक सोचबिनै हटाइयो। सरकारी क्याम्पस र स्कुल लगानीको अनुपातमा धेरै कमजोर बन्दै गएका छन्। सरकारी शिक्षण संस्थाका शिक्षक तथा प्राध्यापकले आफूले पढाउने विद्यालयमा आफ्ना छोरा छोरी पढाउँदैनन्। अर्कोतिर भारतमा ८०, श्रीलंकामा ९८, बेलायत र अमेरिकामा ९३ प्रतिशत र क्यानाडालगायत केही देशमा शत प्रतिशत विद्यार्थी सरकारी स्कुल र कलेजमा पढ्ने गर्छन्। नेपालमा एक सय साठी वर्ष पहिले देव शमशेरले भाषा पाठशाला खोली नेपालीमा औपचारिक शिक्षाको प्रारम्भ गरेका थिए। तर अझै पनि ३० प्रतिशत नेपालीले राम्रोसँग नेपाली लेख्नपढ्न जानेका छैनन्। नेपाल सरकारसँग कुन क्षेत्रमा कति विद्यार्थी उत्पादन गर्ने र कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने योजना छैन। समयसापेक्ष पाठ्यक्रमको अभावमा पढेलेखेका युवाले बेरोजगारको संख्या मात्रै थपेका छन्। पढेका छोराछोरी बेरोजगार र निराश देख्दा अभिभावक थप चिन्तित हुन्छन्। अर्थात्, शिक्षा नीतिले नेपालीलाई दुःख थपिरहेको छ। नेपालमा शिक्षाको अवस्था कमजोर र साखविहीन भएकै समयमा केही शिक्षा प्रेमीले निजी क्षेत्रबाट शिक्षामा लगानी गरी ठुलो मात्रामा युवा शक्ति र रकमको राशिलाई बाहिरिनबाट जोगाएका थिए। विडम्बना, आज ती उत्साही लगानीकर्ताले जस पाउनु त कता हो कता विद्यार्थी भर्नाको समयमा विभिन्न पार्टीका भातृ संस्थाको आक्रमणको निसाना बनेका छन्। शिक्षा क्षेत्रमा संकट परेको समयमा निजी क्षेत्रबाट खोलिएका ती विद्यालय पठनपाठनका दृष्टिबाट अपेक्षाकृत सफल देखिएका छन्। सरकारी विद्यालयलाई निजी विद्यालयसँग कसरी प्रतिस्पर्धी बनाउने भन्ने विषयमा बहसै नगरी थालिएको आगजनी र तोडफोडले नेपालको युवाशक्ति र देशको सम्पत्ति के होला? यस प्रकारका उद्दण्ड क्रियाकलापका कारण खस्कने नेपालको शैक्षिक क्रियाकलापको जिम्मेवारी कसले लिने? अर्बाँै खर्च गरी सञ्चालन गरिएका शिक्षा मन्त्रालय, सरकारी विश्वविद्यालय, क्याम्पस र स्कुलका सम्बन्धित पक्ष यसमा संवेदनशील हुनु पर्दैन? थाइलैंड, सिंगापुर, मलेसियाजस्ता देशले राष्ट्रिय बजेटको ६० प्रतिशत शिक्षामा लगानी गरेर अंग्रेजी भाषा, गणित र विज्ञानलाई विद्यालयको तल्लो तहमा पुर्या्एका थिए। फलस्वरूप, अहिले उनीहरूले संसारमा प्रतिस्पधा गर्न सकेका छन्। अझ पनि सरकारी स्तरबाट निर्माण भएका शैक्षिक संरचनाको सदुपयोग, प्राध्यापक तथा शिक्षकलाई समयअनुसारको सुविधा र प्राविधिक सहयोग जुटाई अधिकार सम्पन्न बनाउने हो भने सरकारी क्षेत्रका विद्यालयलाई सुधार्न सकिन्छ। विकसित देशहरूले आफ्नो शिक्षा नीतिलाई आवश्यकताका आधारमा विकास गरे भने नेपालजस्ता देशले सामान्य आधारमा हेरे। त्यही कारणले नेपालको शिक्षा समयअनुकूल बन्न सकेन। वर्तमान शिक्षा पद्धतिलाई विगतसँग दाँजेर हेर्दा पहिले पनि नेपालको शिक्षा प्रणाली र शैक्षिक नेतृत्व कमजोर तथा अक्षम देखिन्छ। अमेरिकाले अहिले पनि आफ्नो पाठ्यक्रमलाई ३० वर्ष अगाडिको जस्तो ठानेर वैज्ञानीक, आधुनिक, व्यावहारिक र प्रतिस्पर्धी शिक्षा निती बनाइरहेको छ। भारतको प्रतिष्ठित विश्वविद्यालय जेएनयुमा राजनीतिक शास्त्रको एमएको कक्षामा तीस जना विद्यार्थीको स्थानमा पन्ध्र हजारभन्दा बढीले आवेदन गर्छन्। त्यस्तै संस्कृतमा तीस जनाको स्थानमा साढे सत्र हजार विद्यार्थीले आवेदन भरेको पाइन्छ। तर नेपालमा राजनीति शास्त्र, संस्कृत, संस्कृति, इतिहास पढ्ने विद्यार्थी क्रमशः लोपै हँुदैछन्। 

नेपालको राजनीतिक इतिहास

नेपालमा पहिलो सभ्यतार् इ.पू. छैटौं शताब्दी तिर मौलाएको थियो । नेपाल  भन्ने शव्दले धेरै पछि सम्म पनि देशको हालको राजधानी काठमाण्डौ उपत्यकालाई मात्र  बुझाउँथ्यो । राजकुमार सिर्द्धार्थ गौतमको जन्म इ.पू. ५६३ लुम्बिनीमा भएको थियो । नेपालमा त्यसबेला गोपाल, किरात र लिच्छवि जस्ता वंशहरूले शासन गरेका थिए । तर, एउटा  आधुनिक राष्ट्रको मोटामोटी आयाम भने नेपालले मल्ल राजाहरूको पालामा वि. स. १२५० देखि १७५० सम्ममा मात्र धारण गर्‍यो ।अठारौं शताब्दीको उत्तरार्धमा, पश्चिम नेपाल स्थित गोरखा नामक सानो राज्यका शासक पृथ्वी नारायण शाहले आपनो राज्यको सिमाना विस्तार गर्नसुरु गरेपछि नेपालले विस्तारै हालको स्वरूप लिन थाल्यो  विभिन्न २२, २४ राज्यमा विभक्त नेपाललाई पृथ्वीनारायण शाह पछि उन्का सन्ततिहरुले पनि नेपाल राज्यमा गाभ्ने प्रक्रिया जारी राखे । यद्यपि उनका उत्तराधिकारीहरू राज्यमा स्थिर राजनैतिक नियन्त्रण कायम राख्न अक्षम साबित भए । बृटिश इष्ट इण्डिया कम्पनीसँग एक वर्षभन्दा बढीको शत्रुतापूर्ण व्यवहार पछि वि.स. १८४९ एउटा व्यापारिक सम्झौता र त्यसपछि फेरि वि.स. १८७३ मा सुगौली सन्धिमा बेलायतसँग हस्ताक्षर भएको थियो । सुगौली सन्धी पछि नेपालको सिमाना विस्तारमा रोक लागेको थियो । नेपालको र्सार्वभौम स्वतन्त्रतालाई भने बेलायतले वि.स.१९८० देखि मात्र मान्यता दियो । राणा शासनले लोकतन्त्रलाई बाटो दियो वि.स. १९०३ देखि २००७ साल सम्म नेपालमा राणाहरूले शासन गरे । तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जङ्ग बहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने । वि.स. १९०३ असोज ३ मा काठमाण्डौको दरबार क्षेत्रमा भएको कुख्यात कोत पर्वमा सयौं भारदार, रइस र सैनिकको हत्या गर्ने उनको षडयन्त्र सफल भयो । त्यसपछि ऊनले आफैलाई प्रधानमन्त्री बनाएर �राणा� पद धारण गरे । राणा परिवारमा प्रधानमन्त्रीको पद वंशपरम्परागत बन्यो भने शाह राजाहरू थपना मात्र भए ।१०४ वर्षसम्म कायम रहेको शासन राजा त्रिभुवनद्वारा समर्थन गरिएको प्रख्यात जनविद्रोह पछि वि.स. २००७ मा समाप्त भयो । छोटो अवधिको भारत निर्वासन पछि राजालाई गद्दीमा पुनर्स्थापना गरियो । नयाँ गठबन्धनको मन्त्री मण्डलको नेतृत्व गर्दै वि.स.२००७ मा मोहन शम्सेर १० महिनाका लागि प्रधानमन्त्री बने । ऊनी पछि नेपाली कङ्ग्रेसका नेता मातृका प्रसाद कोइराला प्रधानमन्त्री बने ।"लोकतन्त्र" सँग यो नेपालको पहिलो चिनजान थियो । त्यसपछि अर्ध संवैधानिक शासनको एउटा अवधि आयो जुन अवधिमा राजनैतिक दल तथा तिन्का नेताले समर्थन र सहयोग गरेका राजाले देशमा शासन गरे । विधिवत रुपमा राज्य संचालन गर्नका लागि वि.स.२००० को पहिलो दशकमा नेपालमा संविधानको खाका तयार पार्ने प्रयास भएका थिए । नेपालको पहिलो संविधान भनेर वि.स. २००४ मा राणा प्रधानमन्त्री पद्म शम्सेरले बनाएको नेपाल सरकारको वैधानिक कानूनन लाई मानिए पनि राणा परिवार भित्रको विवादकै कारण त्यस्को कार्यान्वयन हुन सकेन । बहुदलीय प्रजातन्त्रको बहाली पछि देशको दोस्रो संविधान मानिने नेपाल अन्तरिम शासन बिधेयक बनाईएको थियो ।

पाटन दरवार

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । यो दरबारक्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो । पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ। वि. सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए। पाटन दरबारको महत्त्वपूर्ण अंग सुन्दरीचोक पनि एक हो। यहाँनेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ।[१] [२] [३] यसको निर्माण पनि सिद्धिनरसिंह मल्लले नै गराएका थिए। सुन्दरीचोक नजीकैको तुसाहिटी धारा ज्यादै आकर्षक छ। सन् १६९३मा मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दुका रूपमा छ। कृष्णमन्दिरकै छेउमा रहेको नेपाली वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन्। यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८मा योगनरेन्द्र मल्लले गराएका थिए। यी राजालाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको छ। दरबार अगाडि रहेको आफ्नो शालिकको टाउकोमा एउटा चरा पनि छ। उनले आफू मर्ने बेलामा त्यो मानवनिर्मित चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भनेका थिए भन्ने भनाइ छ। पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन्-केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक। केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो। यसको निर्माण यसै व्यक्तिबाट भएको हो कतै किटान भएको पाइँदैन। तैपनि वि. सं. १७३१ तिर राजा श्रीनिवास मल्लको शासनकालमा यसको जीर्णोद्दार भएको पाइन्छ। पाटन दरबारमा मल्लकालमा विभिन्न ७ वटा चोकहरू (न्हुछे आगन, किसी, सहापु, न्हासल, दाफोस्वाँ र कुमारी) थिए।

चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ। चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो। चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो। मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो। नेपाल भाषामा 'चाँप'लाई "च" र 'वन'लाई "गुँ" भनिन्छ। त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो। सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ। चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१मा चाँगुनारायण मन्दिरमा गरुडको मुर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए। सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अंकित छ। राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मुर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए। यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो | यो लिच्छवीकालिन वास्तुकलाको नमुना हो | समय समयमा यसको जीर्णोद्धार हुदैँ आएको छ | मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८औं शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो | पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो | यो मन्दिर चातुष्कोण आकारको छ | यसको पेटी एक तल्लाको मात्र छ | मन्दिर दुई तल्लाको रहेको छ | मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् | दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् | दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन् | प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् | माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरु), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् | तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ | यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन् | प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने ढोकाहरु बनाइएका छन् | पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ | बेला बेलामा अन्य ढोकाहरु पनि खुला गरिन्छ | ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् | ढोकाहरुको माथि धातुवाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरु कुँदिएका छन् | यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ | धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ |

नारायणहिटी दरवार संग्रहालय

नारायणहिटी दरवार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय संग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरि संग्रहालयको घोषणा गरेका थिए । त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले संग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी संग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरवारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ । पृथ्वी वीर विक्रमलाई सुरक्षाको वहानामा रणोद्दिप सिँह बहादुर राणाले आफ्नो दरवारको उत्तरी मोहडामा ल्याएर राखे पछि दरवार वाट राजदरवारमा परीणत उक्त खण्डको बिभिन्न काल खण्डमा निर्माण तथा पुनर्निर्माण हुँदै आएता पनि वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो । बेन्जामिन पोल्क त्यतिखेर कलकत्ता स्थित एसियाकै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए । रणोद्दिप सिँह बहादुर राणाले नारायणहिटी हत्याउनु अघि सम्म (कोतपर्वको दिन सम्म) नारायणहिटी भवन चौतरिया फत्तेजंग शाह तत्कालिन प्रधानमन्त्रीको निवास रहेको थियो । त्यसभन्दा अघि त्यहाँ काजी धौलसिंह बस्नेतको विशाल भवन थियो भन्ने उल्लेख भेटिन्छ । त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् । त्यसअघि पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे ।
नारायणहिटी दरबारमा जम्माजम्मी ५२ वटा कक्षहरू-बैठक छन् । तीमध्ये बि.स. २०६८ सम्म १९ वटा मात्र सर्वसाधारणका लागि खुला गरिएका छन् । दरवारको मुख्य मोहडामा अवस्थित निकै अग्लो गौरीशङ्कर नाम दिईएको प्रवेशद्वारबाट भित्र प्रवेश गरेपछि कास्की बैठकमा पुगिन्छ । कास्की बैठकमा राजकीय भ्रमणमा नेपाल आएका विदेशी राष्ट्राध्यक्षहरूको स्वागत, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरूको सपथ ग्रहण समारोह, पूर्वराजामा राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउनेजस्ता महत्वपूर्ण समारोहहरू हुन्थे । त्यसको ठीक सामुन्ने गाढा रातो गलैँचा बिछ्याइएको घुमाउरो भर्‍याङ उक्लिएपछि तनहुँ बैठक पुगिन्छ । भर्‍याङको ठीक माथि काँचको विशाल झल्लर राखिएको छ । म्याग्दी कक्षमा संवैधानिक अङ्गका प्रमुख र राजदूतहरूलाई जलपान गराइन्थ्यो भने पर्वत कक्षमा विभिन्न हस्ताक्षर समारोह गर्ने गरिन्थ्यो । रुकुम कक्षलाई विदेशी राष्ट्रप्रमुखलाई भेट गर्न आउने विशिष्ठ व्यक्तिहरूले प्रतीक्षालयका रूपमा प्रयोग गर्थे भने रोल्पा कक्षमा उनीहरूले भेटघाट गर्ने गर्थे । रोल्पा कक्षदेखि बैतडी कक्षसम्मको कोरिडोरमा विगतमा दरवारमा रात बिताएका विदेशी राष्ट्रप्रमुखहरूसित तत्कालीन राजा वीरेन्द्र र रानीऐश्वर्यले खिचाएका तस्बिरहरू झुण्ड्याइएका छन् । दैलेख कक्षमा राखिएको भव्य पलङमा विदेशी राष्ट्राध्यक्षले सयन गर्थे भने उनका पत्नीका लागि बैतडीकक्ष र नजीकका नातेदारका लागि अछाम कक्षमा सुत्ने गर्थे । विदेशी प्रमुखहरूका लागि भोजन गर्न बाजुरा कक्षको व्यवस्था गरिएको थियो भने जुम्ला कक्षमा खानपानपछि उनीहरू आराम गर्थे । डोल्पा कक्ष चाहिँ गोरखा बैठकामा विशेष कार्यक्रम हुँदा अनुमति नपाएका राजपरिवारका अन्य सदस्यहरूले अवलोकन गर्न मिल्ने गोप्य कक्षका रूपमा प्रयोग हुने गर्दथ्यो । तनहुँ कक्षमा गोरखा बैठकमा विशेष समारोह हुँदा मन्त्रीगण, राजप्रासादसेवाका उच्च पदाधिकारीहरूलगायत बसेर कार्यक्रम अवलोकन गर्थे भने गोरखा बैठकमा सुशोभन समारोह, युवराज उमेर पुगेको घोषणा गरिन्थ्यो । राजा वीरेन्द्रले २०४७ सालको संविधान सोही कक्षमा रहेको सिंहासनमा बसेर घोषणा गरेका थिए । यसैगरी, मुगु कक्षमा राजा त्रिभुवनले प्रयोग गरेका सामग्रीहरूलाई सङ्कलन गरी राखिएको छ । लमजुङ कक्षमा रात्रीभोजको आयोजना गरिन्थ्यो भने गुल्मी कक्ष पूर्वराजाको निजी कार्यालयको रूपमा रहेको थियो । धादिङ कक्ष राजाको आराम गर्ने कक्ष थियो भने धनकुटा कक्ष राजाको सयनका रूपमा प्रयोग हुन्थ्यो । धनुषा कक्षमा विजयादशमीका दिन टीका लगाउने स्थानका र

राणा शासन

नेपाली कांग्रेसले मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सशस्त्र विद्रोहको उद्घोष गरसिकेको थियो । त्यस क्रान्तिमा विद्यार्थी पनि सरकि हुनुपर्छ भनेर वनारसबाट ५० जना विद्यार्थी वीरगन्जको युद्धमोर्चामा खट्ने निर्णय गर्‍यौँ । तर, त्यसका लागि पटनामा रहेको नेपाली कांग्रेसको हेडक्वार्टरमा कमान्डर मातृकाप्रसाद कोइरालासँग सम्पर्क गरेर अनुमति लिनुपर्ने प्रावधान थियो । मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेसको झन्डा नबोकी मोर्चामा सरकि हुन नपाइने उर्दी सुनाएपछि शैलेन्द्रकुमार उपाध्यायसहित ११ जना कम्युनिस्ट समर्थक विद्यार्थी रक्सौलमा रहेको छुट्टै क्याम्पमा बस्ने गरी त्यहाँबाट बाटो लाग्यौँ । पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यलगायतका कम्युनिस्ट नेताहरू रक्सौलको त्यही क्याम्पमा आन्दोलनलाई सघाउन पुगिसकेका थिए । आन्दोलनमा सरकि हुन त्यहाँ पुग्नेजति सबैलाई उनीहरूले उसिनाका चामल र भान्टाको तरकारी खुवाउने प्रबन्ध मिलाएका थिए । हामीले पनि खूब खायौँ । यत्तिकैमा थीरबम मल्लले सहादत प्राप्त गरेको खबर आयो । मलाई पनि ज्यादै उकुसमुकुस भयो । आन्दोलनको मोर्चामा सरकि भएर 'बरु शहीद हुन्छु, त्यत्तिकै बस्िदनँ' भन्ने अठोट गरेँ । मलाई काठमाडौँ गएर आन्दोलनमा सरकि हुन भनियो । तर, राहदानी मिलेन । त्यसपछि म वनारस फर्किएँ । पाल्पा सहायक मण्डल भन्ने पाल्पाली विद्यार्थीको एउटा संगठन थियो, त्यसैको भेला आयोजना गरी पाल्पा जाने र त्यहीँबाट आन्दोलन उठाउने सल्लाह भयो । पाल्पाबाट लालप्रसाद चित्रकार मलाई लिन नौतनवासम्म आउने व्यवस्था पनि उनीहरूले नै मिलाए । भारतमा कम्युनिस्ट पार्टी प्रतिबन्धित अवस्थामै थियो भने नेपालमा पनि सहज अवस्था थिएन । २००७ सालको परविर्तनपूर्व कम्युनिस्ट त के नेपाली कांग्रेसको झन्डा पनि सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने अवस्था थिएन । तसर्थ, डिल्लीरमण रेग्मीको सम्पर्कमा रहेर केही समय काम गरेको र उनीसँगको सम्बन्ध पनि सुमधुर नै रहेकाले शैलेन्द्रकुमार उपाध्यायको सल्लाहमा रेग्मीको स्वतन्त्रता, समानता र भाइचाराको प्रतीकस्वरूप तीनतारे झन्डा बोकेर पाल्पा जाने र त्यसैका मुनि पाल्पामा कम्युनिस्ट पार्टीको आन्दोलन सञ्चालन गर्ने कुरा भयो । चित्रकार मलाई लिन नौतनवा आएर बसेका थिए । उनले नै मलाई गरबि किसानको पहिरनमा छड्के पटुका बाँधिदिए र डोकोमा पुराना लुगाफाटो बोक्न लगाए । उनले मलाई यसरी सिँगारे कि फोटो देखेका र नाम मात्र सुनेकाले चिन्न सक्ने अवस्थै रहेन । त्यहाँबाट बाटो लागेपछि आममानिस र प्रहरीलाई उनी यसरी हँसाउँथे, मान्छे हेरेका हेर्‍यै हुन्थे । उनी मेरो परचिय यसरी दिन्थे, 'मेरो गाउँका दूध बेच्ने जैसी बाहुन हुन् ।' उनको कला ज्यादै उन्मुक्त किसिमको थियो । आमजनताले बुझ्ने, मन पराउने प्रहसन र व्यंग्य चित्र लेखनमा पाल्पामा कमाएको प्रसिद्धि यहाँ पनि ठाउँठाउँमा देखाउँदै हिँडिरहेका थिए । एक समय थियो, पाल्पाका मानिसहरू चित्रकारलाई पाहुना बनाएर खुवाउन पाउँदा ज्यादै गौरवको अनुभव गर्थे । यिनका बुबा बज्रकर्मी र रंगरोगन लगाउने काम गर्थे । यिनीहरूले कोरिदएका चित्र अहिले पनि तानसेनका खानदानी पुराना घरहरूमा देख्न पाइन्छन् । ००७ सालको जनक्रान्तिको सम्झना गर्दा सबैभन्दा पहिले मेरो आँखामा 'लाले जोकर'का रूपमा प्रख्यात भएका तिनै चित्रकारको अनुहार मुस्कुराउँछ र हामी हिँडेको बाटोको सम्झना गराउँछ । बेलुका अबेर गर्दा पाल्पामा कफ्र्यु लाग्ने डर थियो भने दिउँसै जाँदा मलाई त्यहाँ चिन्छन् कि भन्ने पनि त्रास थियो । त्यसैले हामी झिसमिसे अँध्यारोमा बजार प्रवेश गर्‍यौँ, त्यो पनि मूलबाटोबाट नभई चोरबाटोबाट । त्यहाँबाट हामी सरासर सुन व्यापारी त्रिरत्न शाक्यको पसलमा पुग्यौँ । पसलमा मान्छेहरूको भीड थियो । मैले 'अलिकति सुन बेच्नु थियो साहूजी !' भन्न के पाएको थिएँ, उनले बुझिहाले र मलाई भित्र लिएर गए । लालप्रसाद त्यहीँबाट बिदा भए । म लक्ष्मीप्रसाद श्रेष्ठको घरमा गएर बेलुका बास बसेँ । १८ पुस २००७ का दिन पाल्पाका ३२ जना युवा टक्सारमा भेला भयौँ र भोलिपल्टबाट आन्दोलन चर्काउने निर्णय गरी सहीछाप गर्‍यौँ । ३२ जनाले सहीछाप गरे पनि भोलिपल्ट १३ युवक र चार युवतीका साथ हाम्रो आन्दोलन सुरु भयो । तीनतारे झन्डा र व्यानरका साथ अघि बढेको जुलुसमा पूरै तानसेन बजारका मानिसहरू सहभागी हुन थाले । तीन ठाउँमा सम्बोधन गर्दा नगर्दै मलाई शीतलपाटीमा घोक्र्याएर समाउन खोजिए पनि त्यो सम्भव भएन । यत्तिकैमा गजब के भयो भने कर्णेल क्षेत्रविक्रम राणाले मेरो हात सम�