बेलकोटदेखि शिवपुरी, सांखु, चांगु, नालदुम, फटकसिला, सिन्धु, सिपा, चौतराको युद्धहरुमा चरम सफलता पाएको एकिकरण युद्धको नेतृत्व सेनापति शिवरामसिंह बस्न्यातले गरेका थिए । हाल सिन्धुपाल्चोक जिल्लाको सांगाचोकमा भएको युद्धमा गोर्खाली सेनाले विजय प्राप्त गर्यो । तर यसै राती वि.सं. १८०३ फागुन १२ गतेको मध्यरातमा कान्तिपुरे फौजले प्रत्याक्रमण गर्दा सेनापति शिवरामसिंह लगायत १३ जना सेनाले वीरगती प्राप्त गरेका थिए । गुर्गीन खां विरुद्ध मकवानपुरको लडाई मकवानपुरबाट हारेर भागेका पराजित सेन राजाको अनुरोधमा लागेर बंगालका नवाव मीरकासीमका सेनापति गुर्गीन खांको नेतृत्वमा ३००० भन्दा बढी फौज पुरार्ई वि.सं. १८१९ मा मकवानपुर गढीमा हमला गर्न लाग्दा ४०० जना गोरखाली सेनाले Spoiling attackगरी १७०० जना भन्दा बढी मुसलमान फौज मारि दिए । यस लर्डाईंमा दुष्मनसंग खोसेको ४०० भन्दा बढी बन्दुक र २ नाल तोपलाई प्रयोगमा ल्याउन शाही नेपाली सेनामा पहिलो पल्ट १८१९ साल असोज ५ गते श्रीनाथ, कालीबक्स, बर्दबहादुर (बर्दवाणी), पुरानो गोरख, सवुज गरी ५ कम्पनी खडा गरियो भने विदेशी दुष्मनसंग लडिएको पनि यो पहिलो लडाई थियो । क्याप्टेन किनलक विरुद्ध पौवा गढीको लडाई गोर्खाली सेनाको विरुद्ध कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिनर् इष्ट इण्डिया कम्पनीसंग सैनिक सहयोग मागेपछि अंग्रेज तर्फाट क्याप्टेन किनलकको नेतृत्वमा असरदार हतियार सहित २४०० फौज पटना-जनकपुर-सिन्धुलीगढी हुदैं कान्तिपुर तर्फबढेको थियो । सोही क्रममा सिन्धुलीगढी नआईपुग्दै पौवा गढी (आडा) मा लुकेको गोर्खाली फौजले अगाडी र पछाडी दुइ तिरबाट Spoiling assault गरी करीब १६०० दुष्मनहरु मारे । थुप्रै हतियार हात लागेको, वि.सं. १८२४ मा भएको यो युद्ध अंग्रेजसंगको पहिलो लडाई थियो कीर्तिपुरको युद्ध ललितपुर राज्य अर्न्तर्गत कीर्तिपुर एउटा बलियो किल्ला (Castle) को रुपमा पर्खाल र खाईले घेरिएको शहर थियो । यस शहरलाई लिनको लागि गोर्खाली सेनाले वि.सं. १८१४ मा काजी कालु पाडेको नेतृत्वमा र वि.सं. १८१८ सालमा राजकुमार सुरप्रताप शाहको नेतृत्वमा हमला गरेता पनि अन्तमा नाकाबन्दी लगाई युद्ध नै नलडी प्रमुखले कीर्तिपुरको पश्चिमी ढोका खोलेर आत्मर्समर्पण गरेपछि १२ मार्च १७६६ मा कीर्तिपुर गोर्खालीको हात पर्यो । कान्तिपुरको युद्ध कान्तिपुर पर्खालले घेरिएको बलियो किल्ला (Castle) थियो । वि.सं. १८२५ कोर् इन्द्रजात्राको दिन मध्यरातमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा टुंडिखेल, भिमसेनस्थान र नरदेवी तीन दिशाबाट एकै पटक हमला गरी सफलता मिलेको थियो । मुख्य हमला टोली नरदेवीबाट बढेको थियो । जसको नेतृत्व पृथ्वीनारायण शाहले गरिबक्सेको थियो भने सोही रातमा कान्तिपुरको राजगद्दीमा बसी नेपालको राजा होईबक्सीयो । भक्तपुरको युद्ध वरीपरी पर्खालले घेरिएको अति नै बलियो किल्ला (Castle) को रुपमा भक्तपुर शहर रहेको थियो । उपत्यकाको लडाईमा सबैभन्दा कडा प्रतिकार भएका यस युद्ध २ दिन सम्म चल्यो । बाक्लो घर बस्ती भएकोले नेपाली सेनालाई घर र दरबारको छानाहरुबाट गोली चलाउनु परेको थियो । वि.सं. १८२६ मार्ग १ गते (१० नोभेम्वर १७६९) को दिन भक्तपुर माथि विजय भयो । जुम्लाको युद्ध बाईसी राज्य अन्तरगतको जुम्ला तत्कालिन बाईसी र चौवीसी राज्यहरु मध्यको सबै भन्दा बलियो र बाईस हजार सेना भएकेा राज्य थियो । यहांको राजा शोभान शाहीले नेपालको विरुद्ध तिब्बतको दलाई लामालाई सहयोग पुर्याउदैं आएका थिए । यस राज्य विरुद्ध नेपाली फौजले आक्रमण गर्नु ठुलो जोखिम मोल्नु सरह थियो । यद्यपी काजी (कप्तान) शिवनारायण खत्री, र्सदार प्रवल राना मगर र र्सदार कालु पाण्डे (ब्राम्हण) ले नेतृत्व गरेको करिव २००० फौजले तीन दिशाबाट (Multi Directional Attack) हमला गरी १९ अक्टोबर १७८९ को दिनसम्म पुरै जुम्ला नेपाली सेनाले कब्जा गरे पछि राजा शोभान शाही भागेर तिब्बत गए । यस लडाईमा नेपाल विजय भएको प्रभावले गर्दा कुमाउं क्षेत्र सम्मको एकिकरण युद्धमा अरु राज्यहरुले नेपालीसंग डटेर युद्ध लड्ने आंट गर्न सकेनन । कांगडाको युद्ध नेपाल एकिकरण युद्धमा सफलता हासिल गर्दै पश्चिम हानीएका नेपाली फौजले अति नै बलियोसंग बनेको र पहाडको टुप्पोमा रहेेको कांगडा किल्लालाई ३ बर्षम्म घेराबन्दी गरी बस्यो । यो किल्ला राजा संसार चन्दको थियो । सेनापति बडाकाजी अमरसिंह थापा नेपाली तर्फो कमाण्डर थिए । काजी नयनसिंह थापा सहित ३०० जति नेपाली सेनाले यसै किल्लामा वीरगती प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यस भन्दा अगाडी नेपाली सेना बढ्न नसकेपछि वि.सं. १८६६ (२४ अगस्�Tuesday, March 29, 2016
सांगाचोकको हमला
बेलकोटदेखि शिवपुरी, सांखु, चांगु, नालदुम, फटकसिला, सिन्धु, सिपा, चौतराको युद्धहरुमा चरम सफलता पाएको एकिकरण युद्धको नेतृत्व सेनापति शिवरामसिंह बस्न्यातले गरेका थिए । हाल सिन्धुपाल्चोक जिल्लाको सांगाचोकमा भएको युद्धमा गोर्खाली सेनाले विजय प्राप्त गर्यो । तर यसै राती वि.सं. १८०३ फागुन १२ गतेको मध्यरातमा कान्तिपुरे फौजले प्रत्याक्रमण गर्दा सेनापति शिवरामसिंह लगायत १३ जना सेनाले वीरगती प्राप्त गरेका थिए । गुर्गीन खां विरुद्ध मकवानपुरको लडाई मकवानपुरबाट हारेर भागेका पराजित सेन राजाको अनुरोधमा लागेर बंगालका नवाव मीरकासीमका सेनापति गुर्गीन खांको नेतृत्वमा ३००० भन्दा बढी फौज पुरार्ई वि.सं. १८१९ मा मकवानपुर गढीमा हमला गर्न लाग्दा ४०० जना गोरखाली सेनाले Spoiling attackगरी १७०० जना भन्दा बढी मुसलमान फौज मारि दिए । यस लर्डाईंमा दुष्मनसंग खोसेको ४०० भन्दा बढी बन्दुक र २ नाल तोपलाई प्रयोगमा ल्याउन शाही नेपाली सेनामा पहिलो पल्ट १८१९ साल असोज ५ गते श्रीनाथ, कालीबक्स, बर्दबहादुर (बर्दवाणी), पुरानो गोरख, सवुज गरी ५ कम्पनी खडा गरियो भने विदेशी दुष्मनसंग लडिएको पनि यो पहिलो लडाई थियो । क्याप्टेन किनलक विरुद्ध पौवा गढीको लडाई गोर्खाली सेनाको विरुद्ध कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिनर् इष्ट इण्डिया कम्पनीसंग सैनिक सहयोग मागेपछि अंग्रेज तर्फाट क्याप्टेन किनलकको नेतृत्वमा असरदार हतियार सहित २४०० फौज पटना-जनकपुर-सिन्धुलीगढी हुदैं कान्तिपुर तर्फबढेको थियो । सोही क्रममा सिन्धुलीगढी नआईपुग्दै पौवा गढी (आडा) मा लुकेको गोर्खाली फौजले अगाडी र पछाडी दुइ तिरबाट Spoiling assault गरी करीब १६०० दुष्मनहरु मारे । थुप्रै हतियार हात लागेको, वि.सं. १८२४ मा भएको यो युद्ध अंग्रेजसंगको पहिलो लडाई थियो कीर्तिपुरको युद्ध ललितपुर राज्य अर्न्तर्गत कीर्तिपुर एउटा बलियो किल्ला (Castle) को रुपमा पर्खाल र खाईले घेरिएको शहर थियो । यस शहरलाई लिनको लागि गोर्खाली सेनाले वि.सं. १८१४ मा काजी कालु पाडेको नेतृत्वमा र वि.सं. १८१८ सालमा राजकुमार सुरप्रताप शाहको नेतृत्वमा हमला गरेता पनि अन्तमा नाकाबन्दी लगाई युद्ध नै नलडी प्रमुखले कीर्तिपुरको पश्चिमी ढोका खोलेर आत्मर्समर्पण गरेपछि १२ मार्च १७६६ मा कीर्तिपुर गोर्खालीको हात पर्यो । कान्तिपुरको युद्ध कान्तिपुर पर्खालले घेरिएको बलियो किल्ला (Castle) थियो । वि.सं. १८२५ कोर् इन्द्रजात्राको दिन मध्यरातमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा टुंडिखेल, भिमसेनस्थान र नरदेवी तीन दिशाबाट एकै पटक हमला गरी सफलता मिलेको थियो । मुख्य हमला टोली नरदेवीबाट बढेको थियो । जसको नेतृत्व पृथ्वीनारायण शाहले गरिबक्सेको थियो भने सोही रातमा कान्तिपुरको राजगद्दीमा बसी नेपालको राजा होईबक्सीयो । भक्तपुरको युद्ध वरीपरी पर्खालले घेरिएको अति नै बलियो किल्ला (Castle) को रुपमा भक्तपुर शहर रहेको थियो । उपत्यकाको लडाईमा सबैभन्दा कडा प्रतिकार भएका यस युद्ध २ दिन सम्म चल्यो । बाक्लो घर बस्ती भएकोले नेपाली सेनालाई घर र दरबारको छानाहरुबाट गोली चलाउनु परेको थियो । वि.सं. १८२६ मार्ग १ गते (१० नोभेम्वर १७६९) को दिन भक्तपुर माथि विजय भयो । जुम्लाको युद्ध बाईसी राज्य अन्तरगतको जुम्ला तत्कालिन बाईसी र चौवीसी राज्यहरु मध्यको सबै भन्दा बलियो र बाईस हजार सेना भएकेा राज्य थियो । यहांको राजा शोभान शाहीले नेपालको विरुद्ध तिब्बतको दलाई लामालाई सहयोग पुर्याउदैं आएका थिए । यस राज्य विरुद्ध नेपाली फौजले आक्रमण गर्नु ठुलो जोखिम मोल्नु सरह थियो । यद्यपी काजी (कप्तान) शिवनारायण खत्री, र्सदार प्रवल राना मगर र र्सदार कालु पाण्डे (ब्राम्हण) ले नेतृत्व गरेको करिव २००० फौजले तीन दिशाबाट (Multi Directional Attack) हमला गरी १९ अक्टोबर १७८९ को दिनसम्म पुरै जुम्ला नेपाली सेनाले कब्जा गरे पछि राजा शोभान शाही भागेर तिब्बत गए । यस लडाईमा नेपाल विजय भएको प्रभावले गर्दा कुमाउं क्षेत्र सम्मको एकिकरण युद्धमा अरु राज्यहरुले नेपालीसंग डटेर युद्ध लड्ने आंट गर्न सकेनन । कांगडाको युद्ध नेपाल एकिकरण युद्धमा सफलता हासिल गर्दै पश्चिम हानीएका नेपाली फौजले अति नै बलियोसंग बनेको र पहाडको टुप्पोमा रहेेको कांगडा किल्लालाई ३ बर्षम्म घेराबन्दी गरी बस्यो । यो किल्ला राजा संसार चन्दको थियो । सेनापति बडाकाजी अमरसिंह थापा नेपाली तर्फो कमाण्डर थिए । काजी नयनसिंह थापा सहित ३०० जति नेपाली सेनाले यसै किल्लामा वीरगती प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यस भन्दा अगाडी नेपाली सेना बढ्न नसकेपछि वि.सं. १८६६ (२४ अगस्�सुगौली सन्धि
सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए। सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा(वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू। तराई क्षेत्रका केही भागहरू सन् १८१६मा नेपाललाई फर्काइयो र सन् १८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५मा नेपाललाई फर्काइयो जसलाई नयाँमुलुक भनिन्छ। नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि एडवार्ड गार्डनर नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को सदाको निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर १९२३मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो। सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो। परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन् । ब्रिटिश भारतका प्रोविनेन्सहरू र नेपालको स्थिति]] १. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो। नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन। त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो। राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो। २. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चाँहदैनथे। तर नेपाल बाध्य बन्यो-यसका शर्तहरू मान्न। पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे। ३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो। सन्धि सोही दिनदेखि लागू गरियो। सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ। १. सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ।यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्। २. परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ । यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्।
नेपाल अंग्रेज युद्ध
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध) त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली संधि भएको थियो र नेपालले आफ्नो एक-तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपाल र अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ। यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ्ग, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहान, जैथक, मलाउँ, देउथल तथा नालापनीमा आक्रमण गरेको थियो। भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालीम प्राप्त सैन्य नभएपनि बहादुरी पूर्वक लडेको थियो। नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टरलोनी,जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले धेरै शब्दले प्रशंसा गरेका छन्। यस युद्धमा नेपालसङ्ग लडेर जितेर भन्दा नेपालसङ्ग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पूर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पामकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो। यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो। यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमर सिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ती थापा, रामकृष्ण कुंवर, काजी उजीर सिंह थापा, काजी बंसराज गुरुङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ। यो युद्धको समाप्ती पछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरूभएको)मा लहौर देखि शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो। गोर्खालीहरूलाई भर्ती गरेपछी अङ्ग्रेजले त्यस यताका प्राय सबै युद्धमा गोरखाली सेनाको धेरै या थोरै प्रयोग गरिरहेको छ। उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिम क्षेत्रमा हालको भारतको उतरान्चल राज्य, हिमन्चल राज्य तथा पन्जावका पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भूभाग ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो। तर ब्रिटिशले नेपाललाई १८२२मा मेचीदेखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गवहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखि माहाकाली बिचको तराई भूभाग १८६०मा फर्काएका थिए। शताव्दियोंदेखि काठमाडौं उपत्यका तीन अधिराज्यहरू १. काठमाडौं २.पाटन ३.भादगाउँ(अहिलेको भक्तपुर) बाहिरी खतराको सोच नराखी आपस्तमा लडाईं गरिरहन्थे| यही संकीर्णताले गर्दा सन् १७६९मा यस काठमाडौं उपत्यकामा गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरी कब्जा गरे, जसको फलस्वरूप वर्तमानको नेपाल देशको स्थापना भयो| सन् १७६७मा त्यहाँका राजाहरूले ब्रिटेन अधिराज्यसित गोरखा राज्यसित लड्नको निम्ति सहायता मागे| कप्तान किन्-लोक्को नेतृत्वमा २५०० सेना विना तैयारी लड्नको निम्ति गए| चढाई विपत्तिजनक भयो, ब्रिटिशको बिथाहको सेनालाई गोरखा सेनाले सजिलै जित्यो| काठमाडौं घाटीको यो विजय सम्पूर्ण क्षेत्रको निम्ति गोरखा सत्ताको विस्फोटक शुरुवात थियो|सन् १७७३मा गोरखा सेनाले पूर्वी नेपाल कब्जा गर्यो र सन् १७८८मा सिक्किमको पश्चिमी भागमा अधिकार जमायो| पश्चिमतर्फ काली नदीसम्म सन् १७९०मा लियो| त्यसपछि सुदूर पश्चिम कुमाउ क्षेत्र र यसको राजधानि अलमोरा समेत गोरखा राज्यभित्र हालियो|
नालापानीको युद्ध
नालापानीको युद्ध (English: Battle of Nalapani) नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो[१] जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए।[२] नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले । माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ-हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादून स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।
जंगबहादुर राणा
जंगबहादुर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। यिनको पालमा अङ्ग्रेजसंगको लडाईंमा गुमेको मध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकाली सम्मको तराई हालको बाँके, बर्दीया, कैलाली तथा कंचनपुर पुन नेपालमा फर्काइएको थियो। बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ मा भएको थियो। सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन्। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए। उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभवा परेको थियो। महारानी हिरण्यगर्भाका साथ जंगबहादुर 1864. वि.स. १९०३ देखि २००७ साल सम्म नेपालमा राणाहरूले शासन गरे। तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जङ्ग बहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने। वि.स. १९०३ असोज ३ मा काठमाण्डौको दरबार क्षेत्रमा भएको कुख्यात कोत पर्वमा सयौं भारदार, रइस र सैनिकको हत्या गर्ने उनको षडयन्त्र सफल भयो। त्यसपछि ऊनले आफैलाई प्रधानमन्त्री बनाएर �राणा� पद धारण गरे। राणा परिवारमा प्रधानमन्त्रीको पद वंशपरम्परागत बन्यो भने शाह राजाहरू थपना मात्र भए। वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो। जंगबहादुरपछि क्रमशः रणोद्दिप सिँह बहादुर राणा (१९३३-१९४२), बीर शम्शेर (१९४२-१९५८), देव सम्शेर जङ्गबहादुर राणा (१९५८-१९५८), चन्द्र सम्शेर जङ्गबहादुर राणा (१९५८-१९८६), भिम सम्शेर जङ्गबहादुर राणा (१९८६-१९८९), जुद्ध सम्शेर जंगबहादुर राणा (१९८९-२००२), पद्म सम्शेर जङ्गबहादुर राणा (२००२-२००५) र अन्त्यमा मोहन सम्शेर जङ्गबहादुर राणा (२००५-२००७) सम्म राणा प्रधानमन्त्रीका रूपमा नेपालमा शासन चलाए।[१]राणाकालपूर्वका शाही शासनमा त शिक्षाको प्रादुर्भाव नै भएको थिएन भने सिङ्गो राणाकाल पनि शैक्षिक दृष्टिले निकै नै उपेक्षित अवधि रहृयो। उता राणाको १०४ वर्ष एउटा यस्तो अवधि थियो जुनकालमा छिमेकी वि्रटिश-भारतले आफ्नो शैक्षिक र औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्यो। दुर्भाग्य यसै अवधिमा हाम्रो देश भने ज्यादै कुण्ठित एवं उपेक्षित शैक्षिक जीवन लिई टाक्सिन विवश बन्यो। त्यसैले विदेशीहरूले निष्कर्ष निकाले-नेपालमा शिक्षा ठीक त्यत्तिकै अप्राप्य छ जति आयरल्याण्डमा सर्प।' राणाकालको १०४ वर्ष नै यस्तो रहृयो जब कुनै न कुनै रूपमा नेपालले उच्च शिक्षा मात्र होइन पाश्चात्य शिक्षाको पनि जग हाल्न सक्यो। सुखद प्रसङ्ग त के भने निरङ्कुश एवं आततायी राणा शासनका संस्थापक एवं प्रथम राणा प्रधानमन्त्री र कास्की तथा लमजुङका श्री ३ महाराज जंगबहादुर कुँवर राणाजी नै यस्ता थिए जसले नेपालमा पाश्चात्य शिक्षाको जग बसाले। ई.१८५० मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा विट्रेनको भ्रमणमा पुगेका जंगबहादुरले वि्रटिश साम्राज्यले गर्न सकेको विश्वविजय र प्रगतिको पछाडि उसको शैक्षिक जागरण नै कारक रहेको हृदयङ्गम गरी आˆना छोराहरूमा पनि त्यस्तो शिक्षा दिन सकियोस् भन्ने हेतुले नै नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए। प्रारम्भमा जंगबहादुरकै गोल बैठकमा यो पाश्चात्य शिक्षाको श्री गणेश भएको कारण पछिबाट नेपालको पाश्चात्य ढर्राको माध्यमिक शिक्षण संस्थाको प्रथम नाम नै 'दरबार हाइस्कूल' पर्न गयो। तीनताका राणा प्रधानमन्त्री जंगबहादुरको निवास थापाथलीमा थियो र 'थापाथली दरवार' कहिन्थ्यो। सोही दरबारमा रहेको उनको भव्य गोलबैठकमा अङ्ग्रेजी शिक्षक मास्टर क्यानिंगले उनका छोराहरूलाई पाश्चात्य शिक्षा दिन थालेपछि विधिवत नेपालमा अङ्ग्रेजी शिक्षाको जग बस्यो। यो वि.सं. १९९१ सालको कुरा थियो। शुरुका जंगबहादुरका छोराहरूले मात्र पढ्ने यस गोलबैठक शिक्षामा क्रमशः उनका भाइ, भतिजाहरू पनि संलग्न हुन थाले। त्यसैगरी क्रमशः दरबारिया भाइ भारदारका छोराहरूले पनि यसमा पढ्ने छुट पाउँदै गए।
पृथ्वीनारायण शाह
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह(वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। यिनले सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे। नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ पछि भयो। वि.सं.१८७३ मा साल सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो। उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए। यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसंग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए। [२] वि.स १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरीना दर्शन गर्न गएको क्य्रा थाहा पाई काठमाडौंका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेन ले असमर्थता जनाए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो। वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौं उपत्यकाको राजनैतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरे जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थिए। पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा र गैरेश्वर पन्थको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटमाथिको गोर्खालीहरुले पराजयको सामना गर्नु पर्यो। नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरु संकलनार्थ वनारस पुगे। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा परिवर्तन गरे। सोहि बेलामा तिर्थ गर्न भनी गएका जाजर
नेपालको एकिकरणकाल
श्रोतहरूको आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । चितोरगढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जयनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे । भूपाल नेपालको रिडी हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । उसको कान्छो भाइ मिचाखान पहिले नुवाकोट(स्याङ्जा)मा गएर राज्य गर्न थाले ।[१] कान्छा अजयसिंह(मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी "शाह" जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई ल्याई राजा बनाएका थिए ।यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले सन् १५५८मा गोर्खा, लिगलिगकोटका घले राजवंशलाई समाप्त गरी पूर्वतर्फ शाहवंशीय राज्यविस्तारको वीजरोपण गर्दै सन् १५५९[२] मा (विसं १६१६)[३] गोर्खा राज्यको स्थापना गरेका थिए । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमिका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रयाशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर अनाल गङ्गाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरूले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरू, थापा, भुसाल, मास्के, रानाहरू समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले विरगति प्राप्त गरे यसप्रकार विसं १६१६ भाद्रमा द्रव्य शाह गोरखाका राजा भए ।[३]
प्राचीन कालदेखि नै काठमाडौं कृषि तथा तिब्बत र भारतवीचको व्यापारका निम्ति महत्वपूर्ण रहेकाले यसमा धेरैका आँखा लाग्दै आइरहेको थियो । सन् १२८७मा पश्चिम नेपालको खस राज्यका राजा जितारी मल्लले काठमाडौं उपत्यकालाई तीन पटक आक्रमण गरेका थिए । यो कार्यलाई शाहवंशीय राजाहरूले पनि निरन्तरता दिए । गोर्खाका राजा नरभूपाल शाहले सन् १७३७मा काठमाडौं आक्रमण गरेका थिए । तर उनी यस आक्रमणमा पराजित भए । यस पराजयमा असन्तुष्ट बनेका राजकुमार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई लिन नयाँ रणनीति लिएको देखिन्छ । उनले सन् १७४१मा काठमाडौं उपत्यकाको भ्रमण गरे । त्यसवेला काठमाडौंकै सबै भन्दा पुरानो र महत्वपूर्ण राज्य भक्तपुरका राजा रणजीत मल्लका छोरा राजकुमार बीरनरसिं मल्लसंग मित लगाई भक्तपुर राज्यलाई मितेर सम्बन्धमा आबद्ध पारे । जयप्रकाश मल्लले पनि उनीसंग मित लगाई गोर्खा राज्यसंगको सम्बन्ध सुदृढ पार्न चाहेको देखिन्छ ।
Subscribe to:
Posts (Atom)



