Tuesday, March 29, 2016

मध्यकाल

धिरशमशेरको पालामा रानीपोखरीको उत्तरपटी आफ्नै दरबारभित्र सानो चोकमा दरबार स्कूल सञ्चालन गराएका थिए । त्यसपछि कक्षा २ थपगरी कक्षा १० सम्मको पर्ढाई पनि सञ्चालन हुन थालेपछि २ दशक विताएर मात्र दरबार हाई स्कूल भयो । वि. स. १९४५ तिर दरबार स्कूल सेतो दरबारमा चल्दा विद्यार्थीहरुलाई लिन पुर्याउन घरघरमै पाले जान्थे र दिउँसो खाजा सरकारको तर्फाट मनग्य खुवाउने व्यवस्था थियो । प्रधानमन्त्री वीरशमशेरले आफ्नो शाशनकालमा २,३ वर्षलगाई १९४८ सालमा रानीपोखरीको पश्चिमपटि दरबार स्कूलको सुन्दर भवन वनाईदिए । सम्वत् १९९० सालको महाभूकम्पमा दरबार स्कूल भत्केपछि दुइ वर्षसम्म सो स्कूल त्रिचन्द्र कलेजमै सञ्चालन भएको थियो । भूकम्पले टायल विगारीदिएपछि मर्मत हुँदा स्कूलको टायलको छानाको वदला जस्तापाता (टिन)को छाना राखियो । यो स्कूल आफ्नै निजी भवनमा अवस्थित भएदेखि यसका विभिन्न पक्षहरुमा प्रगति हुँदै आएको छ । सं. १९५८ सालदेखि यसमा जनसाधारणका छोराहरुलाई पनि प्रवेश दिइएको चर्चा माथि नै भइसकेको छ । स्कूल आउन गार्‍हो मान्ने विद्यार्थीहरुका घरघरमा गएर पालेहरुले उनीहरुलाई मिर्ठाई आदि दिई फकाएर ल्याउँथे । कहिलेकाहीँ विद्यार्थीहरुले किताब, कापी, कलमहरु पनि पाउँथे । सरस्वती पूजाको लागि पनि तोकिएको खर्च सरकारबाट दिइन्थ्यो ।

रानीपोखरी


गरिब विद्यार्थीहरुलाई पाठ्यपुस्तकको खर्च दिने र दिउँसो खाजा खुवाउने ब्यवस्था सं. १९९३ सालताकादेखि शुरु भई सं. २०१७ सम्म रह्यो र सो व्यवस्था सं. २०१८ सालमा खारेज गरियो । जाँचमा पहिला दोस्रा हुने विद्यार्थीहरुले पुरस्कारको रुपमा किताब पाउने चलन त यस स्कूलमा झण्डै प्रारम्भिक कालदेखि नै आएको थियो । किताबको सट्टा पाँच दश रुपियाँको मासिक छात्रवृत्ति दिने व्यवस्था पनि बीचमा केही वर्षम्म गरिएको थियो । सं. १९८३ सालदेखि पहिला, दोस्रा, तेस्रा र चौथासम्म हुने विद्यार्थीहरुलाई किताबै पुरस्कार दिने प्रबन्ध गरियो । यसरी संं. १९४८ सालमा आयोजना गरिएको यस स्कूलको पुरस्कार वितरणोत्सवमा मोतीराम भट्टले दशौं कक्षामा प्रथम भएको पुरस्कार प्राप्त गरेका थिए । यस्तै यस स्कूलको सं. १९५८ साल असार १३ गते आयोजना गरिएको पुरस्कार वितरणोत्सव पनि यहाँ उल्लेखनीय हुन्छ । त्यस समारोहमा प्रमुख-अतिथिको हैसियतमा पुरस्कार वितरण तत्कालीन श्री ३ देवशमशेरले गरेका थिए । यहाँको समारोह सिध्याई क्याम्पाबाट बाहिर निस्कने वित्तिकै उनलाई भाइहरुले "ठूलो भाउज्यू (स्व. श्री ३ महाराज वीरशमशेरकी महारानी ) अकस्मात् बिरामी भइन्, हेर्न जानुपर्‍यो" भनी उनलाई जमल, नारायणहिटी दरबार भित्र लगे । त्यहाँ उनलाई भाइहरु (चन्द्रशमशेर, भीमशमशेर, फत्तेशमशेरले श्री ३ महाराजको ओहदाबाट खोसी डाँडो कटाउने षड्यन्त्र गरे तथा चन्द्रशमशेर श्री ३ महाराज बने । यसरी इतिहासको यो मार्मिक घटना पनि दरबार स्कूलको पुरस्कार वितरणसित गाँसिन आएको छ । सं. १९६०-६२ सालतिर शुक्रराज जोशी (शहीद) ले पनि यस स्कूलमा पढिरहेका थिए । सं. १९६२ सालमा उनी कक्षा पाँचमा पढिरहेको बेला उनलाई बाबु माधवराज जेल परेकाले जात पतित भयो भन्ने आधारमा तत्कालीन प्रधान-अध्यापक बटेकृष्ण-मित्रले स्कूलबाट निष्काशित गरे । सं. १९६८ सालताका विद्यार्थीहरुको संख्या बढ्दै गएकोले स्कूलभवनमा कोठाहरु नपुग भई रानीपोखरीको उत्तरीछेउमा रहेको तत्कालीन श्रेस्ता पाठशालाको सरकारी भवनका केही कोठाहरुमा सेक्सन खोलिए । सं. १९८८-९ सालताका श्री ३ महाराज जुद्धशमशेरबाट यस स्कूलको क्याम्पाभित्र तर छुट्टै रहेको तत्कालीन मजलिश घर दरवार स्कूललाई प्रदान गरियो । सं. १९९२-३ सालताका स्कूल भवनसित मजलिश घर जोडेर बनाईयो । सं. १९९० सालको ठूलो भूकम्पमा यस भवनको छाना केही भाग विग्रेकोले त्यसको मरम्मत पूरा नभएसम्म सं. १९९०-९१ सालको शैक्षिक सत्रभरि यस स्कूलले त्रिचन्द्र कलेज, घण्टाघरको क्याम्पाभित्र गुजारा गर्नु परेको थियो । उक्त जीर्णोद्धारको सिलसिलामा यस भवनको टायल छाना झिकी कर्कटपाताको छाना हालियो तथा बीचको ढोका बन्द गरी उत्तरी र दक्षिणी पर्खालमा एक-एकवटा ढोका र भवनमा पनि एक-एकवटा भर्‍याङ्ग थपियो ।

More About Info Online Job In Nepal Click Here

प्रारम्भिक काल

प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरुको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरुलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो । त्यसैले होला धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए । केही समयपछि यो स्कूल थापाथलीबाट चारबुर्जा (हाल होटल रोयल, राजपरिषद्को कार्यालय रहेको भवन) दरबारमा सारियो । त्यहाँबाट पनि यो स्कूलसँगै रहेको धीरशमशेरको निवासस्थान जमल, नारायणहिटी दरवारक्यम्पभित्र सानु चोक बैठकमा सर्‍यो र त्यहीँ कक्षा दशसम्मको पढाइ पनि चालू गरियो । सं. १९३३ सालमा रणोद्दीपसिंह श्री ३ महाराज भएपछि शासक राणाहरुकहाँ पहुँच पुगेका, उनीहरुको सेवामा रहेका जागीरदारहरुका छोराहरुले पनि यस स्कूलमा पढ्न पाए । यसरी यो स्कूल दरबारभित्र अवस्थित भएपनि केही हदसम्म र्सार्वजनिक भयो । सं १९४० सालताका यस स्कूलले फेरी थापाथलीदरबारको दाखचोकमा र्सर्नुपर्‍यो । सं. १९४२ सालमा जेठा बाबु रणोद्दीपसिंहको हत्या गरी श्री ३ महाराज बनेका वीरशमशेरले यस स्कूललाई जमल स्थित दरबारको ढोकानिरका टहरामा सारे । उनले यस स्कूलको लागि एउटा सुहाउँदो भवन बनाउन लगाए । रानीपोखरीको पश्चिमपट्टिको सडकछेउमा एउटा ठूलो, लामो भवन बन्यो । सं. १९४८ सालमा यस भवनको निर्माणकार्य सम्पन्न भएपछि यो स्कूलले बल्ल आफ्नै भवनमा बस्न पायो । त्यस बेलादेखि यो स्कूल आजसम्म यसै भवनमा अवस्थित रहिआएको छ ।

राजपरिषद्को कार्यालय


यो भवन राजधानीको असनबजार देखि बाहिर टुँडिखेल, रानीपोखरीको छेउ खुला, शोभायमान र महत्वपूर्ण थलोमा अवस्थित छ । प्रारम्भदेखि यस स्कूल सरकारी नै थियो । श्री ३ महाराज वीरशमशेरले यस स्कूलको सम्पपूर्ण खर्च गुठीको आयस्रोतबाट व्यहोर्ने व्यवस्था गरेका थिए । श्री ३ देवशमशेरले सं. १९५७ सालताका यस स्कूलमा र्सवसाधारण जनताले पनि पढ्न पाउने व्यवस्था गरिदिए ।श्री ३ जुद्धशमशेरले यसको खर्च गुठीले व्यहोर्ने व्यवस्था खारेज गरी पूर्णतः सरकारले व्यहोर्ने गराए । यहाँनिर यो कुरा सम्झनु आवश्यक हुन्छ कि यस स्कूलले पूर्णतः निःशुल्क शिक्षा प्रदान गर्दथ्यो । यस स्कूलको प्रारम्भ दरबारभित्र भएको, ३८ वर्षम्म दरबारै दरबार भित्र चालू रहेको एवं दरबारभित्रकै तत्सम्बन्धी विद्यार्थीहरुमात्र पढ्ने भइआएको कारणले यसको नामाकरण पनि "दरबार स्कूल"भएको हो । यसै "दरबार हाई स्कूल" भन्ने नाउँबाट नै यसको सक्बन्धर् इ. १८८० (सं. १९३६) सालताका कलकत्ता विश्वविद्यालयसित कायम गरियो । २०२४ सालबाट यसको नाम परिवर्तन गरी भानु मा. वि. राखियो ।

More Info About Online Job In Nepal

दरबार हाईस्कूल

दरवार हाई स्कूल एकातिर राणशासन अर्न्तर्गत पनि शान्त र स्थिररुपले एवं केयौं दशकसम्म एक्लै भएर पनि जनतामा आधुनिक शिक्षाको आलोक र्छर्दै रहने देशको पहिलो शिक्षणसंस्था हो । तर्सथ यस अग्रगण्य स्कूलको परिचय भन्ने वित्तिकै त्यसमा देशका शैक्षिक इतिहासका साथसाथै तत्कालीन परिस्थितिका रमाइला र नरमाइला झझल्काहरु स्वतः समाविष्ट हुन्छन् । तिनैलाई संक्षिप्त रुपले मूर्त्तित गर्ने प्रयास तलका हरफहरुमा जसोतसो गरिएको छ । हाम्रो देशको इतिहासका विभिन्न युगमा विक्रमशीला विद्यापीठका अध्यापक भएका रत्नकिर्ति, वैरोचन, कनकश्री, द्वारपाल पण्डितसम्म भएका वागीश्वरकिर्ति, देशविदेशबाट आएका विद्धान्हरुलाई सन्तुष्ट पार्ने धर्ममति, दुस्खोर्पा, धान चुपा, यहाँको स्तरीय बौद्धिक वातावरणबाट प्रभावित भई त्यहीँ बसोबास गर्ने सुनमश्री मिश्र आदि दिग्गज विद्धान्हरु यहाँ भएका थिए भनेर हामीहरुले अतीतका गौरवगाथा जति गाएपनि राणायुग प्रारम्भ भएको बेलासम्म अर्थात् सं. १९१० सालसम्म पनि देशमा नियमित अंग्रेजी शिक्षाको आलोक प्रदान गर्ने कुनै विद्यालय थिएन । सं. १८७१-७२ को नेपाल-अंग्रेज युद्धको लगत्तैपछिदेखि यूरोपेलीहरुसितको सर्म्पर्क दिनानुदिन बढ्दै थियो । यसको मतलब के थियो भने शासनसत्तामा रहेका पदाधिकारीहरुको निमित्त खुँडा, खुकुरी चलाउनमात्र सिपालु भएर नपुग्ने भैसकेको थियो । भूगोल, इतिहास आदि विषयको साथै अंग्रजी भाषाको ज्ञान, कूटनीतिका रहस्य, राजनीतिका चालबाजी पनि सिक्न अनिवार्य हुँदै थियो । त्यस बेला शासकहरुकै अंग्रेजी शिक्षा शून्य प्रायः थियो । "रैती, दुनियाँदार" कहलिने जनसाधारणको त कुरै के हुन्थ्यो र । केटाकेटीहरुलाई नियमितरुपले अंग्रेजी पढाउने कुनै पाठशाला थिएन, उनीहरुलाई पढाउनुपर्दछ भन्नेसम्म चेतना अभिभावकहरुमा थिएन ।

स्कूल


गरिब, निम्नवर्गीय, तल्लो जातका केटाकेटीहरु त कमारा - कमारीको रुपमा बेचिन्थे, लोग्ने मरे स्वास्नीहरु सती जानुपर्दथ्यो । दुनियाँदारको लागि पढ्नु भनेको त कल्पनातीत विलासिता सम्झिन्थ्यो ।विदेशीहरुको सर्म्पर्कमा आइरहेको निरन्तर वृद्धिको कारणले आधुनिक शिक्षाको महत्व र आवश्यकता महसुस गरिँदै थियो, धेरैजसो शासकवर्गमा । मुख्तियार जङ्गबहादुर बेलायत भ्रमण सं. १९०६ मा गई १९०७ मा फर्केदेखि उनको विचारधारा केही परिवर्तित भएको देखिन्थ्यो । त्यहाँबाट र्फकने वित्तिकै उनले "मिनिष्टर" पदवी लिए । सम्भवतः बेलायतका बासिन्दाहरुको चेतना र चिन्तन, विज्ञान र विकास, स्तर र शिक्षाको गहिरो छाप उनमा परेको थियो । त्यहाँको प्रगती सवै शिक्षाको फल हो भन्ने उनमा लाग्यो । उपर्युक्त तथ्यहरुकै कारणले होला मिनिष्टर जङ्गबहादुरले आफ्नै परिवारका छोरा भतिजाहरुलाई प्रारम्भिक शिक्षा प्रदान गर्न सं. १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा एउटा स्कूल खोली बैध रुपमा प्रारम्भिक तहको आधुनिक अंग्रजी शिक्षा पढाउने काम शुरुवात गराए । स्कूल सञ्चालन भनेकै त्यस बेला नेपालको लागि एउटा नौलो कुरो थियो जुन जंगबहादुरले पहिलोपल्ट बेलायतमा देखेका हुन् । त्यसैले आफूकहाँ खोलिएको यस स्कूलको संचालन गर्न र अंग्रजीभाषा सिकाउन उनले एकजना अंग्रजी शिक्षक बेलायतदेखि मगाएर राखे । केन्निङ नाउँ भएका यी अंग्रेज शिक्षक नै यस स्कूलको प्रथम प्रधान-अध्यापक भए । यस स्कूलको सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा श्री रोज (Mr. Ross) लाई दिएको थियो । वि. सं. १९१५ मा शिक्षा निर्देशकको कार्यालय, शिक्षा विभाग खडा गरि जंगबहादुरले आफ्ना माईला भाई जनरल बवर जंगलाई र्डाईरेक्टर नियुक्त गरेका थिए । बवरजंगको पालामा दरबार स्कूल प्रारम्भिक तहबाट मिडिल (निम्न माध्यमिक) स्कूल भयो ।

नेपालको शिक्षा

मानव विकासमा शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ। शिक्षाले मानिसलाई मर्यादित, अनुशासित र लगनशीलका साथै दूरदृष्टि युक्त पनि बनाउँछ। मानिसको सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक रूपान्तरण शिक्षाले नै गर्छ। वर्गविहीन समाज र राज्यविहीन राज्यको कल्पना कि त ईश्वरले गर्छ कि मानिस शिक्षाका माध्यमबाट त्यस चिन्तनमा पुग्छ। विगतमा धार्मिक पद्धतिमा कठोर जीवन बिताइरहेका मानिसलाई विज्ञानको विकासले नयाँ आयाम थपिदिएको छ। घरघरमा कम्प्युटर र हातहातमा मोबाइल हुने विकसित देशका जनता अहिले 'हातमा आई फोन र साथमा आई प्याड' लिएर हिँड्छन्। अर्कातिर, नेपालजस्ता देश पनि छन् जहाँ जनताले टुकी बाल्न मट्टीतेल पाउन सकेका हुँदैनन्। तिनका छोराछोरीका हातमा कापी र सिसाकलम हुँदैन। सरकारी शैक्षिक संस्था रोजगारीका थलो बनेका छन्। सरकारी क्याम्पसबाट प्रमाणपत्र तहको पढाइ त्यहाँका शिक्षकलाई कहाँ प्रयोग गर्ने वैकल्पिक सोचबिनै हटाइयो। सरकारी क्याम्पस र स्कुल लगानीको अनुपातमा धेरै कमजोर बन्दै गएका छन्। सरकारी शिक्षण संस्थाका शिक्षक तथा प्राध्यापकले आफूले पढाउने विद्यालयमा आफ्ना छोरा छोरी पढाउँदैनन्। अर्कोतिर भारतमा ८०, श्रीलंकामा ९८, बेलायत र अमेरिकामा ९३ प्रतिशत र क्यानाडालगायत केही देशमा शत प्रतिशत विद्यार्थी सरकारी स्कुल र कलेजमा पढ्ने गर्छन्। नेपालमा एक सय साठी वर्ष पहिले देव शमशेरले भाषा पाठशाला खोली नेपालीमा औपचारिक शिक्षाको प्रारम्भ गरेका थिए। तर अझै पनि ३० प्रतिशत नेपालीले राम्रोसँग नेपाली लेख्नपढ्न जानेका छैनन्। नेपाल सरकारसँग कुन क्षेत्रमा कति विद्यार्थी उत्पादन गर्ने र कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने योजना छैन। समयसापेक्ष पाठ्यक्रमको अभावमा पढेलेखेका युवाले बेरोजगारको संख्या मात्रै थपेका छन्। पढेका छोराछोरी बेरोजगार र निराश देख्दा अभिभावक थप चिन्तित हुन्छन्। अर्थात्, शिक्षा नीतिले नेपालीलाई दुःख थपिरहेको छ। नेपालमा शिक्षाको अवस्था कमजोर र साखविहीन भएकै समयमा केही शिक्षा प्रेमीले निजी क्षेत्रबाट शिक्षामा लगानी गरी ठुलो मात्रामा युवा शक्ति र रकमको राशिलाई बाहिरिनबाट जोगाएका थिए। विडम्बना, आज ती उत्साही लगानीकर्ताले जस पाउनु त कता हो कता विद्यार्थी भर्नाको समयमा विभिन्न पार्टीका भातृ संस्थाको आक्रमणको निसाना बनेका छन्। शिक्षा क्षेत्रमा संकट परेको समयमा निजी क्षेत्रबाट खोलिएका ती विद्यालय पठनपाठनका दृष्टिबाट अपेक्षाकृत सफल देखिएका छन्। सरकारी विद्यालयलाई निजी विद्यालयसँग कसरी प्रतिस्पर्धी बनाउने भन्ने विषयमा बहसै नगरी थालिएको आगजनी र तोडफोडले नेपालको युवाशक्ति र देशको सम्पत्ति के होला? यस प्रकारका उद्दण्ड क्रियाकलापका कारण खस्कने नेपालको शैक्षिक क्रियाकलापको जिम्मेवारी कसले लिने? अर्बाँै खर्च गरी सञ्चालन गरिएका शिक्षा मन्त्रालय, सरकारी विश्वविद्यालय, क्याम्पस र स्कुलका सम्बन्धित पक्ष यसमा संवेदनशील हुनु पर्दैन? थाइलैंड, सिंगापुर, मलेसियाजस्ता देशले राष्ट्रिय बजेटको ६० प्रतिशत शिक्षामा लगानी गरेर अंग्रेजी भाषा, गणित र विज्ञानलाई विद्यालयको तल्लो तहमा पुर्या्एका थिए। फलस्वरूप, अहिले उनीहरूले संसारमा प्रतिस्पधा गर्न सकेका छन्। अझ पनि सरकारी स्तरबाट निर्माण भएका शैक्षिक संरचनाको सदुपयोग, प्राध्यापक तथा शिक्षकलाई समयअनुसारको सुविधा र प्राविधिक सहयोग जुटाई अधिकार सम्पन्न बनाउने हो भने सरकारी क्षेत्रका विद्यालयलाई सुधार्न सकिन्छ। विकसित देशहरूले आफ्नो शिक्षा नीतिलाई आवश्यकताका आधारमा विकास गरे भने नेपालजस्ता देशले सामान्य आधारमा हेरे। त्यही कारणले नेपालको शिक्षा समयअनुकूल बन्न सकेन। वर्तमान शिक्षा पद्धतिलाई विगतसँग दाँजेर हेर्दा पहिले पनि नेपालको शिक्षा प्रणाली र शैक्षिक नेतृत्व कमजोर तथा अक्षम देखिन्छ। अमेरिकाले अहिले पनि आफ्नो पाठ्यक्रमलाई ३० वर्ष अगाडिको जस्तो ठानेर वैज्ञानीक, आधुनिक, व्यावहारिक र प्रतिस्पर्धी शिक्षा निती बनाइरहेको छ। भारतको प्रतिष्ठित विश्वविद्यालय जेएनयुमा राजनीतिक शास्त्रको एमएको कक्षामा तीस जना विद्यार्थीको स्थानमा पन्ध्र हजारभन्दा बढीले आवेदन गर्छन्। त्यस्तै संस्कृतमा तीस जनाको स्थानमा साढे सत्र हजार विद्यार्थीले आवेदन भरेको पाइन्छ। तर नेपालमा राजनीति शास्त्र, संस्कृत, संस्कृति, इतिहास पढ्ने विद्यार्थी क्रमशः लोपै हँुदैछन्। 

नेपालको राजनीतिक इतिहास

नेपालमा पहिलो सभ्यतार् इ.पू. छैटौं शताब्दी तिर मौलाएको थियो । नेपाल  भन्ने शव्दले धेरै पछि सम्म पनि देशको हालको राजधानी काठमाण्डौ उपत्यकालाई मात्र  बुझाउँथ्यो । राजकुमार सिर्द्धार्थ गौतमको जन्म इ.पू. ५६३ लुम्बिनीमा भएको थियो । नेपालमा त्यसबेला गोपाल, किरात र लिच्छवि जस्ता वंशहरूले शासन गरेका थिए । तर, एउटा  आधुनिक राष्ट्रको मोटामोटी आयाम भने नेपालले मल्ल राजाहरूको पालामा वि. स. १२५० देखि १७५० सम्ममा मात्र धारण गर्‍यो ।अठारौं शताब्दीको उत्तरार्धमा, पश्चिम नेपाल स्थित गोरखा नामक सानो राज्यका शासक पृथ्वी नारायण शाहले आपनो राज्यको सिमाना विस्तार गर्नसुरु गरेपछि नेपालले विस्तारै हालको स्वरूप लिन थाल्यो  विभिन्न २२, २४ राज्यमा विभक्त नेपाललाई पृथ्वीनारायण शाह पछि उन्का सन्ततिहरुले पनि नेपाल राज्यमा गाभ्ने प्रक्रिया जारी राखे । यद्यपि उनका उत्तराधिकारीहरू राज्यमा स्थिर राजनैतिक नियन्त्रण कायम राख्न अक्षम साबित भए । बृटिश इष्ट इण्डिया कम्पनीसँग एक वर्षभन्दा बढीको शत्रुतापूर्ण व्यवहार पछि वि.स. १८४९ एउटा व्यापारिक सम्झौता र त्यसपछि फेरि वि.स. १८७३ मा सुगौली सन्धिमा बेलायतसँग हस्ताक्षर भएको थियो । सुगौली सन्धी पछि नेपालको सिमाना विस्तारमा रोक लागेको थियो । नेपालको र्सार्वभौम स्वतन्त्रतालाई भने बेलायतले वि.स.१९८० देखि मात्र मान्यता दियो । राणा शासनले लोकतन्त्रलाई बाटो दियो वि.स. १९०३ देखि २००७ साल सम्म नेपालमा राणाहरूले शासन गरे । तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जङ्ग बहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने । वि.स. १९०३ असोज ३ मा काठमाण्डौको दरबार क्षेत्रमा भएको कुख्यात कोत पर्वमा सयौं भारदार, रइस र सैनिकको हत्या गर्ने उनको षडयन्त्र सफल भयो । त्यसपछि ऊनले आफैलाई प्रधानमन्त्री बनाएर �राणा� पद धारण गरे । राणा परिवारमा प्रधानमन्त्रीको पद वंशपरम्परागत बन्यो भने शाह राजाहरू थपना मात्र भए ।१०४ वर्षसम्म कायम रहेको शासन राजा त्रिभुवनद्वारा समर्थन गरिएको प्रख्यात जनविद्रोह पछि वि.स. २००७ मा समाप्त भयो । छोटो अवधिको भारत निर्वासन पछि राजालाई गद्दीमा पुनर्स्थापना गरियो । नयाँ गठबन्धनको मन्त्री मण्डलको नेतृत्व गर्दै वि.स.२००७ मा मोहन शम्सेर १० महिनाका लागि प्रधानमन्त्री बने । ऊनी पछि नेपाली कङ्ग्रेसका नेता मातृका प्रसाद कोइराला प्रधानमन्त्री बने ।"लोकतन्त्र" सँग यो नेपालको पहिलो चिनजान थियो । त्यसपछि अर्ध संवैधानिक शासनको एउटा अवधि आयो जुन अवधिमा राजनैतिक दल तथा तिन्का नेताले समर्थन र सहयोग गरेका राजाले देशमा शासन गरे । विधिवत रुपमा राज्य संचालन गर्नका लागि वि.स.२००० को पहिलो दशकमा नेपालमा संविधानको खाका तयार पार्ने प्रयास भएका थिए । नेपालको पहिलो संविधान भनेर वि.स. २००४ मा राणा प्रधानमन्त्री पद्म शम्सेरले बनाएको नेपाल सरकारको वैधानिक कानूनन लाई मानिए पनि राणा परिवार भित्रको विवादकै कारण त्यस्को कार्यान्वयन हुन सकेन । बहुदलीय प्रजातन्त्रको बहाली पछि देशको दोस्रो संविधान मानिने नेपाल अन्तरिम शासन बिधेयक बनाईएको थियो ।

पाटन दरवार

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । यो दरबारक्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो । पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ। वि. सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए। पाटन दरबारको महत्त्वपूर्ण अंग सुन्दरीचोक पनि एक हो। यहाँनेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ।[१] [२] [३] यसको निर्माण पनि सिद्धिनरसिंह मल्लले नै गराएका थिए। सुन्दरीचोक नजीकैको तुसाहिटी धारा ज्यादै आकर्षक छ। सन् १६९३मा मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दुका रूपमा छ। कृष्णमन्दिरकै छेउमा रहेको नेपाली वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन्। यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८मा योगनरेन्द्र मल्लले गराएका थिए। यी राजालाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको छ। दरबार अगाडि रहेको आफ्नो शालिकको टाउकोमा एउटा चरा पनि छ। उनले आफू मर्ने बेलामा त्यो मानवनिर्मित चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भनेका थिए भन्ने भनाइ छ। पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन्-केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक। केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो। यसको निर्माण यसै व्यक्तिबाट भएको हो कतै किटान भएको पाइँदैन। तैपनि वि. सं. १७३१ तिर राजा श्रीनिवास मल्लको शासनकालमा यसको जीर्णोद्दार भएको पाइन्छ। पाटन दरबारमा मल्लकालमा विभिन्न ७ वटा चोकहरू (न्हुछे आगन, किसी, सहापु, न्हासल, दाफोस्वाँ र कुमारी) थिए।

चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ। चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो। चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो। मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो। नेपाल भाषामा 'चाँप'लाई "च" र 'वन'लाई "गुँ" भनिन्छ। त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो। सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ। चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१मा चाँगुनारायण मन्दिरमा गरुडको मुर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए। सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अंकित छ। राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मुर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए। यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो | यो लिच्छवीकालिन वास्तुकलाको नमुना हो | समय समयमा यसको जीर्णोद्धार हुदैँ आएको छ | मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८औं शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो | पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो | यो मन्दिर चातुष्कोण आकारको छ | यसको पेटी एक तल्लाको मात्र छ | मन्दिर दुई तल्लाको रहेको छ | मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् | दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् | दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन् | प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् | माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरु), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् | तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ | यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन् | प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने ढोकाहरु बनाइएका छन् | पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ | बेला बेलामा अन्य ढोकाहरु पनि खुला गरिन्छ | ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् | ढोकाहरुको माथि धातुवाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरु कुँदिएका छन् | यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ | धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ |

नारायणहिटी दरवार संग्रहालय

नारायणहिटी दरवार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय संग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरि संग्रहालयको घोषणा गरेका थिए । त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले संग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी संग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरवारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ । पृथ्वी वीर विक्रमलाई सुरक्षाको वहानामा रणोद्दिप सिँह बहादुर राणाले आफ्नो दरवारको उत्तरी मोहडामा ल्याएर राखे पछि दरवार वाट राजदरवारमा परीणत उक्त खण्डको बिभिन्न काल खण्डमा निर्माण तथा पुनर्निर्माण हुँदै आएता पनि वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो । बेन्जामिन पोल्क त्यतिखेर कलकत्ता स्थित एसियाकै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए । रणोद्दिप सिँह बहादुर राणाले नारायणहिटी हत्याउनु अघि सम्म (कोतपर्वको दिन सम्म) नारायणहिटी भवन चौतरिया फत्तेजंग शाह तत्कालिन प्रधानमन्त्रीको निवास रहेको थियो । त्यसभन्दा अघि त्यहाँ काजी धौलसिंह बस्नेतको विशाल भवन थियो भन्ने उल्लेख भेटिन्छ । त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् । त्यसअघि पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे ।
नारायणहिटी दरबारमा जम्माजम्मी ५२ वटा कक्षहरू-बैठक छन् । तीमध्ये बि.स. २०६८ सम्म १९ वटा मात्र सर्वसाधारणका लागि खुला गरिएका छन् । दरवारको मुख्य मोहडामा अवस्थित निकै अग्लो गौरीशङ्कर नाम दिईएको प्रवेशद्वारबाट भित्र प्रवेश गरेपछि कास्की बैठकमा पुगिन्छ । कास्की बैठकमा राजकीय भ्रमणमा नेपाल आएका विदेशी राष्ट्राध्यक्षहरूको स्वागत, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरूको सपथ ग्रहण समारोह, पूर्वराजामा राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउनेजस्ता महत्वपूर्ण समारोहहरू हुन्थे । त्यसको ठीक सामुन्ने गाढा रातो गलैँचा बिछ्याइएको घुमाउरो भर्‍याङ उक्लिएपछि तनहुँ बैठक पुगिन्छ । भर्‍याङको ठीक माथि काँचको विशाल झल्लर राखिएको छ । म्याग्दी कक्षमा संवैधानिक अङ्गका प्रमुख र राजदूतहरूलाई जलपान गराइन्थ्यो भने पर्वत कक्षमा विभिन्न हस्ताक्षर समारोह गर्ने गरिन्थ्यो । रुकुम कक्षलाई विदेशी राष्ट्रप्रमुखलाई भेट गर्न आउने विशिष्ठ व्यक्तिहरूले प्रतीक्षालयका रूपमा प्रयोग गर्थे भने रोल्पा कक्षमा उनीहरूले भेटघाट गर्ने गर्थे । रोल्पा कक्षदेखि बैतडी कक्षसम्मको कोरिडोरमा विगतमा दरवारमा रात बिताएका विदेशी राष्ट्रप्रमुखहरूसित तत्कालीन राजा वीरेन्द्र र रानीऐश्वर्यले खिचाएका तस्बिरहरू झुण्ड्याइएका छन् । दैलेख कक्षमा राखिएको भव्य पलङमा विदेशी राष्ट्राध्यक्षले सयन गर्थे भने उनका पत्नीका लागि बैतडीकक्ष र नजीकका नातेदारका लागि अछाम कक्षमा सुत्ने गर्थे । विदेशी प्रमुखहरूका लागि भोजन गर्न बाजुरा कक्षको व्यवस्था गरिएको थियो भने जुम्ला कक्षमा खानपानपछि उनीहरू आराम गर्थे । डोल्पा कक्ष चाहिँ गोरखा बैठकामा विशेष कार्यक्रम हुँदा अनुमति नपाएका राजपरिवारका अन्य सदस्यहरूले अवलोकन गर्न मिल्ने गोप्य कक्षका रूपमा प्रयोग हुने गर्दथ्यो । तनहुँ कक्षमा गोरखा बैठकमा विशेष समारोह हुँदा मन्त्रीगण, राजप्रासादसेवाका उच्च पदाधिकारीहरूलगायत बसेर कार्यक्रम अवलोकन गर्थे भने गोरखा बैठकमा सुशोभन समारोह, युवराज उमेर पुगेको घोषणा गरिन्थ्यो । राजा वीरेन्द्रले २०४७ सालको संविधान सोही कक्षमा रहेको सिंहासनमा बसेर घोषणा गरेका थिए । यसैगरी, मुगु कक्षमा राजा त्रिभुवनले प्रयोग गरेका सामग्रीहरूलाई सङ्कलन गरी राखिएको छ । लमजुङ कक्षमा रात्रीभोजको आयोजना गरिन्थ्यो भने गुल्मी कक्ष पूर्वराजाको निजी कार्यालयको रूपमा रहेको थियो । धादिङ कक्ष राजाको आराम गर्ने कक्ष थियो भने धनकुटा कक्ष राजाको सयनका रूपमा प्रयोग हुन्थ्यो । धनुषा कक्षमा विजयादशमीका दिन टीका लगाउने स्थानका र

राणा शासन

नेपाली कांग्रेसले मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सशस्त्र विद्रोहको उद्घोष गरसिकेको थियो । त्यस क्रान्तिमा विद्यार्थी पनि सरकि हुनुपर्छ भनेर वनारसबाट ५० जना विद्यार्थी वीरगन्जको युद्धमोर्चामा खट्ने निर्णय गर्‍यौँ । तर, त्यसका लागि पटनामा रहेको नेपाली कांग्रेसको हेडक्वार्टरमा कमान्डर मातृकाप्रसाद कोइरालासँग सम्पर्क गरेर अनुमति लिनुपर्ने प्रावधान थियो । मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेसको झन्डा नबोकी मोर्चामा सरकि हुन नपाइने उर्दी सुनाएपछि शैलेन्द्रकुमार उपाध्यायसहित ११ जना कम्युनिस्ट समर्थक विद्यार्थी रक्सौलमा रहेको छुट्टै क्याम्पमा बस्ने गरी त्यहाँबाट बाटो लाग्यौँ । पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यलगायतका कम्युनिस्ट नेताहरू रक्सौलको त्यही क्याम्पमा आन्दोलनलाई सघाउन पुगिसकेका थिए । आन्दोलनमा सरकि हुन त्यहाँ पुग्नेजति सबैलाई उनीहरूले उसिनाका चामल र भान्टाको तरकारी खुवाउने प्रबन्ध मिलाएका थिए । हामीले पनि खूब खायौँ । यत्तिकैमा थीरबम मल्लले सहादत प्राप्त गरेको खबर आयो । मलाई पनि ज्यादै उकुसमुकुस भयो । आन्दोलनको मोर्चामा सरकि भएर 'बरु शहीद हुन्छु, त्यत्तिकै बस्िदनँ' भन्ने अठोट गरेँ । मलाई काठमाडौँ गएर आन्दोलनमा सरकि हुन भनियो । तर, राहदानी मिलेन । त्यसपछि म वनारस फर्किएँ । पाल्पा सहायक मण्डल भन्ने पाल्पाली विद्यार्थीको एउटा संगठन थियो, त्यसैको भेला आयोजना गरी पाल्पा जाने र त्यहीँबाट आन्दोलन उठाउने सल्लाह भयो । पाल्पाबाट लालप्रसाद चित्रकार मलाई लिन नौतनवासम्म आउने व्यवस्था पनि उनीहरूले नै मिलाए । भारतमा कम्युनिस्ट पार्टी प्रतिबन्धित अवस्थामै थियो भने नेपालमा पनि सहज अवस्था थिएन । २००७ सालको परविर्तनपूर्व कम्युनिस्ट त के नेपाली कांग्रेसको झन्डा पनि सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने अवस्था थिएन । तसर्थ, डिल्लीरमण रेग्मीको सम्पर्कमा रहेर केही समय काम गरेको र उनीसँगको सम्बन्ध पनि सुमधुर नै रहेकाले शैलेन्द्रकुमार उपाध्यायको सल्लाहमा रेग्मीको स्वतन्त्रता, समानता र भाइचाराको प्रतीकस्वरूप तीनतारे झन्डा बोकेर पाल्पा जाने र त्यसैका मुनि पाल्पामा कम्युनिस्ट पार्टीको आन्दोलन सञ्चालन गर्ने कुरा भयो । चित्रकार मलाई लिन नौतनवा आएर बसेका थिए । उनले नै मलाई गरबि किसानको पहिरनमा छड्के पटुका बाँधिदिए र डोकोमा पुराना लुगाफाटो बोक्न लगाए । उनले मलाई यसरी सिँगारे कि फोटो देखेका र नाम मात्र सुनेकाले चिन्न सक्ने अवस्थै रहेन । त्यहाँबाट बाटो लागेपछि आममानिस र प्रहरीलाई उनी यसरी हँसाउँथे, मान्छे हेरेका हेर्‍यै हुन्थे । उनी मेरो परचिय यसरी दिन्थे, 'मेरो गाउँका दूध बेच्ने जैसी बाहुन हुन् ।' उनको कला ज्यादै उन्मुक्त किसिमको थियो । आमजनताले बुझ्ने, मन पराउने प्रहसन र व्यंग्य चित्र लेखनमा पाल्पामा कमाएको प्रसिद्धि यहाँ पनि ठाउँठाउँमा देखाउँदै हिँडिरहेका थिए । एक समय थियो, पाल्पाका मानिसहरू चित्रकारलाई पाहुना बनाएर खुवाउन पाउँदा ज्यादै गौरवको अनुभव गर्थे । यिनका बुबा बज्रकर्मी र रंगरोगन लगाउने काम गर्थे । यिनीहरूले कोरिदएका चित्र अहिले पनि तानसेनका खानदानी पुराना घरहरूमा देख्न पाइन्छन् । ००७ सालको जनक्रान्तिको सम्झना गर्दा सबैभन्दा पहिले मेरो आँखामा 'लाले जोकर'का रूपमा प्रख्यात भएका तिनै चित्रकारको अनुहार मुस्कुराउँछ र हामी हिँडेको बाटोको सम्झना गराउँछ । बेलुका अबेर गर्दा पाल्पामा कफ्र्यु लाग्ने डर थियो भने दिउँसै जाँदा मलाई त्यहाँ चिन्छन् कि भन्ने पनि त्रास थियो । त्यसैले हामी झिसमिसे अँध्यारोमा बजार प्रवेश गर्‍यौँ, त्यो पनि मूलबाटोबाट नभई चोरबाटोबाट । त्यहाँबाट हामी सरासर सुन व्यापारी त्रिरत्न शाक्यको पसलमा पुग्यौँ । पसलमा मान्छेहरूको भीड थियो । मैले 'अलिकति सुन बेच्नु थियो साहूजी !' भन्न के पाएको थिएँ, उनले बुझिहाले र मलाई भित्र लिएर गए । लालप्रसाद त्यहीँबाट बिदा भए । म लक्ष्मीप्रसाद श्रेष्ठको घरमा गएर बेलुका बास बसेँ । १८ पुस २००७ का दिन पाल्पाका ३२ जना युवा टक्सारमा भेला भयौँ र भोलिपल्टबाट आन्दोलन चर्काउने निर्णय गरी सहीछाप गर्‍यौँ । ३२ जनाले सहीछाप गरे पनि भोलिपल्ट १३ युवक र चार युवतीका साथ हाम्रो आन्दोलन सुरु भयो । तीनतारे झन्डा र व्यानरका साथ अघि बढेको जुलुसमा पूरै तानसेन बजारका मानिसहरू सहभागी हुन थाले । तीन ठाउँमा सम्बोधन गर्दा नगर्दै मलाई शीतलपाटीमा घोक्र्याएर समाउन खोजिए पनि त्यो सम्भव भएन । यत्तिकैमा गजब के भयो भने कर्णेल क्षेत्रविक्रम राणाले मेरो हात सम�

सांगाचोकको हमला

बेलकोटदेखि शिवपुरी, सांखु, चांगु, नालदुम, फटकसिला, सिन्धु, सिपा, चौतराको युद्धहरुमा चरम सफलता पाएको एकिकरण युद्धको नेतृत्व सेनापति शिवरामसिंह बस्न्यातले गरेका थिए । हाल सिन्धुपाल्चोक जिल्लाको सांगाचोकमा भएको युद्धमा गोर्खाली सेनाले विजय प्राप्त गर्‍यो । तर यसै राती वि.सं. १८०३ फागुन १२ गतेको मध्यरातमा कान्तिपुरे फौजले प्रत्याक्रमण गर्दा सेनापति शिवरामसिंह लगायत १३ जना सेनाले वीरगती प्राप्त गरेका थिए ।  गुर्गीन खां विरुद्ध मकवानपुरको लडाई मकवानपुरबाट हारेर भागेका पराजित सेन राजाको अनुरोधमा लागेर बंगालका नवाव मीरकासीमका सेनापति गुर्गीन खांको नेतृत्वमा ३००० भन्दा बढी फौज पुरार्ई वि.सं. १८१९ मा मकवानपुर गढीमा हमला गर्न लाग्दा ४०० जना गोरखाली सेनाले Spoiling attackगरी १७०० जना भन्दा बढी मुसलमान फौज मारि दिए । यस लर्डाईंमा दुष्मनसंग खोसेको ४०० भन्दा बढी बन्दुक र २ नाल तोपलाई प्रयोगमा ल्याउन शाही नेपाली सेनामा पहिलो पल्ट १८१९ साल असोज ५ गते श्रीनाथ, कालीबक्स, बर्दबहादुर (बर्दवाणी), पुरानो गोरख, सवुज गरी ५ कम्पनी खडा गरियो भने विदेशी दुष्मनसंग लडिएको पनि यो पहिलो लडाई थियो ।  क्याप्टेन किनलक विरुद्ध पौवा गढीको लडाई गोर्खाली सेनाको विरुद्ध कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिनर् इष्ट इण्डिया कम्पनीसंग सैनिक सहयोग मागेपछि अंग्रेज तर्फाट क्याप्टेन किनलकको नेतृत्वमा असरदार हतियार सहित २४०० फौज पटना-जनकपुर-सिन्धुलीगढी हुदैं कान्तिपुर तर्फबढेको थियो । सोही क्रममा सिन्धुलीगढी नआईपुग्दै पौवा गढी (आडा) मा लुकेको गोर्खाली फौजले अगाडी र पछाडी दुइ तिरबाट Spoiling assault गरी करीब १६०० दुष्मनहरु मारे । थुप्रै हतियार हात लागेको, वि.सं. १८२४ मा भएको यो युद्ध अंग्रेजसंगको पहिलो लडाई थियो  कीर्तिपुरको युद्ध ललितपुर राज्य अर्न्तर्गत कीर्तिपुर एउटा बलियो किल्ला (Castle) को रुपमा पर्खाल र खाईले घेरिएको शहर थियो । यस शहरलाई लिनको लागि गोर्खाली सेनाले वि.सं. १८१४ मा काजी कालु पाडेको नेतृत्वमा र वि.सं. १८१८ सालमा राजकुमार सुरप्रताप शाहको नेतृत्वमा हमला गरेता पनि अन्तमा नाकाबन्दी लगाई युद्ध नै नलडी प्रमुखले कीर्तिपुरको पश्चिमी ढोका खोलेर आत्मर्समर्पण गरेपछि १२ मार्च १७६६ मा कीर्तिपुर गोर्खालीको हात पर्‍यो ।  कान्तिपुरको युद्ध कान्तिपुर पर्खालले घेरिएको बलियो किल्ला (Castle) थियो । वि.सं. १८२५ कोर् इन्द्रजात्राको दिन मध्यरातमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा टुंडिखेल, भिमसेनस्थान र नरदेवी तीन दिशाबाट एकै पटक हमला गरी सफलता मिलेको थियो । मुख्य हमला टोली नरदेवीबाट बढेको थियो । जसको नेतृत्व पृथ्वीनारायण शाहले गरिबक्सेको थियो भने सोही रातमा कान्तिपुरको राजगद्दीमा बसी नेपालको राजा होईबक्सीयो ।  भक्तपुरको युद्ध वरीपरी पर्खालले घेरिएको अति नै बलियो किल्ला (Castle) को रुपमा भक्तपुर शहर रहेको थियो । उपत्यकाको लडाईमा सबैभन्दा कडा प्रतिकार भएका यस युद्ध २ दिन सम्म चल्यो । बाक्लो घर बस्ती भएकोले नेपाली सेनालाई घर र दरबारको छानाहरुबाट गोली चलाउनु परेको थियो । वि.सं. १८२६ मार्ग १ गते (१० नोभेम्वर १७६९) को दिन भक्तपुर माथि विजय भयो ।  जुम्लाको युद्ध बाईसी राज्य अन्तरगतको जुम्ला तत्कालिन बाईसी र चौवीसी राज्यहरु मध्यको सबै भन्दा बलियो र बाईस हजार सेना भएकेा राज्य थियो । यहांको राजा शोभान शाहीले नेपालको विरुद्ध तिब्बतको दलाई लामालाई सहयोग पुर्‍याउदैं आएका थिए । यस राज्य विरुद्ध नेपाली फौजले आक्रमण गर्नु ठुलो जोखिम मोल्नु सरह थियो । यद्यपी काजी (कप्तान) शिवनारायण खत्री, र्सदार प्रवल राना मगर र र्सदार कालु पाण्डे (ब्राम्हण) ले नेतृत्व गरेको करिव २००० फौजले तीन दिशाबाट (Multi Directional Attack) हमला गरी १९ अक्टोबर १७८९ को दिनसम्म पुरै जुम्ला नेपाली सेनाले कब्जा गरे पछि राजा शोभान शाही भागेर तिब्बत गए । यस लडाईमा नेपाल विजय भएको प्रभावले गर्दा कुमाउं क्षेत्र सम्मको एकिकरण युद्धमा अरु राज्यहरुले नेपालीसंग डटेर युद्ध लड्ने आंट गर्न सकेनन ।  कांगडाको युद्ध नेपाल एकिकरण युद्धमा सफलता हासिल गर्दै पश्चिम हानीएका नेपाली फौजले अति नै बलियोसंग बनेको र पहाडको टुप्पोमा रहेेको कांगडा किल्लालाई ३ बर्षम्म घेराबन्दी गरी बस्यो । यो किल्ला राजा संसार चन्दको थियो । सेनापति बडाकाजी अमरसिंह थापा नेपाली तर्फो कमाण्डर थिए । काजी नयनसिंह थापा सहित ३०० जति नेपाली सेनाले यसै किल्लामा वीरगती प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यस भन्दा अगाडी नेपाली सेना बढ्न नसकेपछि वि.सं. १८६६ (२४ अगस्�

सुगौली सन्धि

सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए। सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा(वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू। तराई क्षेत्रका केही भागहरू सन् १८१६मा नेपाललाई फर्काइयो र सन् १८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५मा नेपाललाई फर्काइयो जसलाई नयाँमुलुक भनिन्छ। नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि एडवार्ड गार्डनर नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को सदाको निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर १९२३मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो। सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो। परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन् । ब्रिटिश भारतका प्रोविनेन्सहरू र नेपालको स्थिति]] १. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्‍यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो। नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन। त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो। राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो।  २. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्ष‍र गर्न चाँहदैनथे। तर नेपाल बाध्य बन्यो-यसका शर्तहरू मान्न। पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे।  ३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो। सन्धि सोही दिनदेखि लागू गरियो। सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ। १. सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ।यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्। २. परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ । यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्।

नेपाल अंग्रेज युद्ध

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध) त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली संधि भएको थियो र नेपालले आफ्नो एक-तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपाल र अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ। यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ्ग, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहान, जैथक, मलाउँ, देउथल तथा नालापनीमा आक्रमण गरेको थियो।  भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालीम प्राप्त सैन्य नभएपनि बहादुरी पूर्वक लडेको थियो। नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टरलोनी,जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले धेरै शब्दले प्रशंसा गरेका छन्। यस युद्धमा नेपालसङ्ग लडेर जितेर भन्दा नेपालसङ्ग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पूर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पामकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो। यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो। यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमर सिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ती थापा, रामकृष्ण कुंवर, काजी उजीर सिंह थापा, काजी बंसराज गुरुङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ। यो युद्धको समाप्ती पछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरूभएको)मा लहौर देखि शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो। गोर्खालीहरूलाई भर्ती गरेपछी अङ्ग्रेजले त्यस यताका प्राय सबै युद्धमा गोरखाली सेनाको धेरै या थोरै प्रयोग गरिरहेको छ।  उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिम क्षेत्रमा हालको भारतको उतरान्चल राज्य, हिमन्चल राज्य तथा पन्जावका पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भूभाग ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्‍यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्‍यो। तर ब्रिटिशले नेपाललाई १८२२मा मेचीदेखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गवहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखि माहाकाली बिचको तराई भूभाग १८६०मा फर्काएका थिए। शताव्दियोंदेखि काठमाडौं उपत्यका तीन अधिराज्यहरू १. काठमाडौं २.पाटन ३.भादगाउँ(अहिलेको भक्तपुर) बाहिरी खतराको सोच नराखी आपस्तमा लडाईं गरिरहन्थे| यही संकीर्णताले गर्दा सन् १७६९मा यस काठमाडौं उपत्यकामा गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरी कब्जा गरे, जसको फलस्वरूप वर्तमानको नेपाल देशको स्थापना भयो| सन् १७६७मा त्यहाँका राजाहरूले ब्रिटेन अधिराज्यसित गोरखा राज्यसित लड्नको निम्ति सहायता मागे| कप्तान किन्-लोक्को नेतृत्वमा २५०० सेना विना तैयारी लड्नको निम्ति गए| चढाई विपत्तिजनक भयो, ब्रिटिशको बिथाहको सेनालाई गोरखा सेनाले सजिलै जित्यो| काठमाडौं घाटीको यो विजय सम्पूर्ण क्षेत्रको निम्ति गोरखा सत्ताको विस्फोटक शुरुवात थियो|सन् १७७३मा गोरखा सेनाले पूर्वी नेपाल कब्जा गर्यो र सन् १७८८मा सिक्किमको पश्चिमी भागमा अधिकार जमायो| पश्चिमतर्फ काली नदीसम्म सन् १७९०मा लियो| त्यसपछि सुदूर पश्चिम कुमाउ क्षेत्र र यसको राजधानि अलमोरा समेत गोरखा राज्यभित्र हालियो|

नालापानीको युद्ध

नालापानीको युद्ध (English: Battle of Nalapani) नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो[१] जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए।[२] नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले । माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ-हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादून स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।

जंगबहादुर राणा

जंगबहादुर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। यिनको पालमा अङ्ग्रेजसंगको लडाईंमा गुमेको मध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकाली सम्मको तराई हालको बाँके, बर्दीया, कैलाली तथा कंचनपुर पुन नेपालमा फर्काइएको थियो। बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ मा भएको थियो। सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन्। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए। उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभवा परेको थियो।  महारानी हिरण्यगर्भाका साथ जंगबहादुर 1864. वि.स. १९०३ देखि २००७ साल सम्म नेपालमा राणाहरूले शासन गरे। तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जङ्ग बहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने। वि.स. १९०३ असोज ३ मा काठमाण्डौको दरबार क्षेत्रमा भएको कुख्यात कोत पर्वमा सयौं भारदार, रइस र सैनिकको हत्या गर्ने उनको षडयन्त्र सफल भयो। त्यसपछि ऊनले आफैलाई प्रधानमन्त्री बनाएर �राणा� पद धारण गरे। राणा परिवारमा प्रधानमन्त्रीको पद वंशपरम्परागत बन्यो भने शाह राजाहरू थपना मात्र भए।  वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो। जंगबहादुरपछि क्रमशः रणोद्दिप सिँह बहादुर राणा (१९३३-१९४२), बीर शम्शेर (१९४२-१९५८), देव सम्शेर जङ्गबहादुर राणा (१९५८-१९५८), चन्द्र सम्शेर जङ्गबहादुर राणा (१९५८-१९८६), भिम सम्शेर जङ्गबहादुर राणा (१९८६-१९८९), जुद्ध सम्शेर जंगबहादुर राणा (१९८९-२००२), पद्म सम्शेर जङ्गबहादुर राणा (२००२-२००५) र अन्त्यमा मोहन सम्शेर जङ्गबहादुर राणा (२००५-२००७) सम्म राणा प्रधानमन्त्रीका रूपमा नेपालमा शासन चलाए।[१]राणाकालपूर्वका शाही शासनमा त शिक्षाको प्रादुर्भाव नै भएको थिएन भने सिङ्गो राणाकाल पनि शैक्षिक दृष्टिले निकै नै उपेक्षित अवधि रहृयो। उता राणाको १०४ वर्ष एउटा यस्तो अवधि थियो जुनकालमा छिमेकी वि्रटिश-भारतले आफ्नो शैक्षिक र औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्‍यो। दुर्भाग्य यसै अवधिमा हाम्रो देश भने ज्यादै कुण्ठित एवं उपेक्षित शैक्षिक जीवन लिई टाक्सिन विवश बन्यो। त्यसैले विदेशीहरूले निष्कर्ष निकाले-नेपालमा शिक्षा ठीक त्यत्तिकै अप्राप्य छ जति आयरल्याण्डमा सर्प।' राणाकालको १०४ वर्ष नै यस्तो रहृयो जब कुनै न कुनै रूपमा नेपालले उच्च शिक्षा मात्र होइन पाश्चात्य शिक्षाको पनि जग हाल्न सक्यो। सुखद प्रसङ्ग त के भने निरङ्कुश एवं आततायी राणा शासनका संस्थापक एवं प्रथम राणा प्रधानमन्त्री र कास्की तथा लमजुङका श्री ३ महाराज जंगबहादुर कुँवर राणाजी नै यस्ता थिए जसले नेपालमा पाश्चात्य शिक्षाको जग बसाले। ई.१८५० मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा विट्रेनको भ्रमणमा पुगेका जंगबहादुरले वि्रटिश साम्राज्यले गर्न सकेको विश्वविजय र प्रगतिको पछाडि उसको शैक्षिक जागरण नै कारक रहेको हृदयङ्गम गरी आˆना छोराहरूमा पनि त्यस्तो शिक्षा दिन सकियोस् भन्ने हेतुले नै नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए। प्रारम्भमा जंगबहादुरकै गोल बैठकमा यो पाश्चात्य शिक्षाको श्री गणेश भएको कारण पछिबाट नेपालको पाश्चात्य ढर्राको माध्यमिक शिक्षण संस्थाको प्रथम नाम नै 'दरबार हाइस्कूल' पर्न गयो। तीनताका राणा प्रधानमन्त्री जंगबहादुरको निवास थापाथलीमा थियो र 'थापाथली दरवार' कहिन्थ्यो। सोही दरबारमा रहेको उनको भव्य गोलबैठकमा अङ्ग्रेजी शिक्षक मास्टर क्यानिंगले उनका छोराहरूलाई पाश्चात्य शिक्षा दिन थालेपछि विधिवत नेपालमा अङ्ग्रेजी शिक्षाको जग बस्यो। यो वि.सं. १९९१ सालको कुरा थियो। शुरुका जंगबहादुरका छोराहरूले मात्र पढ्ने यस गोलबैठक शिक्षामा क्रमशः उनका भाइ, भतिजाहरू पनि संलग्न हुन थाले। त्यसैगरी क्रमशः दरबारिया भाइ भारदारका छोराहरूले पनि यसमा पढ्ने छुट पाउँदै गए। 

पृथ्वीनारायण शाह

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह(वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। यिनले सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे। नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ पछि भयो। वि.सं.१८७३ मा साल सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो। उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए। यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसंग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए। [२] वि.स १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरीना दर्शन गर्न गएको क्य्रा थाहा पाई काठमाडौंका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेन ले असमर्थता जनाए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो। वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौं उपत्यकाको राजनैतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरे जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थिए। पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा र गैरेश्वर पन्थको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटमाथिको गोर्खालीहरुले पराजयको सामना गर्नु पर्यो। नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरु संकलनार्थ वनारस पुगे। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा परिवर्तन गरे। सोहि बेलामा तिर्थ गर्न भनी गएका जाजर

नेपालको एकिकरणकाल

श्रोतहरूको आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । चितोरगढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जयनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे ।  भूपाल नेपालको रिडी हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । उसको कान्छो भाइ मिचाखान पहिले नुवाकोट(स्याङ्जा)मा गएर राज्य गर्न थाले ।[१] कान्छा अजयसिंह(मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी "शाह" जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई ल्याई राजा बनाएका थिए ।यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले सन् १५५८मा गोर्खा, लिगलिगकोटका घले राजवंशलाई समाप्त गरी पूर्वतर्फ शाहवंशीय राज्यविस्तारको वीजरोपण गर्दै सन् १५५९[२] मा (विसं १६१६)[३] गोर्खा राज्यको स्थापना गरेका थिए । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमिका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रयाशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर अनाल गङ्गाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरूले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरू, थापा, भुसाल, मास्के, रानाहरू समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले विरगति प्राप्त गरे यसप्रकार विसं १६१६ भाद्रमा द्रव्य शाह गोरखाका राजा भए ।[३] 
प्राचीन कालदेखि नै काठमाडौं कृषि तथा तिब्बत र भारतवीचको व्यापारका निम्ति महत्वपूर्ण रहेकाले यसमा धेरैका आँखा लाग्दै आइरहेको थियो । सन् १२८७मा पश्चिम नेपालको खस राज्यका राजा जितारी मल्लले काठमाडौं उपत्यकालाई तीन पटक आक्रमण गरेका थिए । यो कार्यलाई शाहवंशीय राजाहरूले पनि निरन्तरता दिए । गोर्खाका राजा नरभूपाल शाहले सन् १७३७मा काठमाडौं आक्रमण गरेका थिए । तर उनी यस आक्रमणमा पराजित भए । यस पराजयमा असन्तुष्ट बनेका राजकुमार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई लिन नयाँ रणनीति लिएको देखिन्छ । उनले सन् १७४१मा काठमाडौं उपत्यकाको भ्रमण गरे । त्यसवेला काठमाडौंकै सबै भन्दा पुरानो र महत्वपूर्ण राज्य भक्तपुरका राजा रणजीत मल्लका छोरा राजकुमार बीरनरसिं मल्लसंग मित लगाई भक्तपुर राज्यलाई मितेर सम्बन्धमा आबद्ध पारे । जयप्रकाश मल्लले पनि उनीसंग मित लगाई गोर्खा राज्यसंगको सम्बन्ध सुदृढ पार्न चाहेको देखिन्छ ।

मल्ल काल

भारतमा पहिलो मानव बसोबास ९००० वर्ष पहिले भएको विश्वास गरिएको छ । यो नै पछि गएर सिन्धु घाँटीको सभ्यतामा विकसित भयो, जुन २६०० ई.पू. र १९०० ई.पू.को बीचमा विकसित अवस्थामा थियो । लगभग १६०० ईसापूर्वमा आर्य भारत आए र उत्तर भारतीय क्षेत्रमा वैदिक सभ्यताको सूत्रपात गरे । यस सभ्यताको स्रोत वेद र पुराण हुन् । यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ । यही समय दक्षिण भारतमा द्रविड सभ्यताको विकास भएको हो । दुबै जातिले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारतमा एक मिश्रित संस्कृतिको निर्माण गरे ।५औं शताब्दी ईशापूर्व पछि कैयौं स्वतन्त्र राज्य बने। उत्तरमा मौर्य राजवंश, जिसमा बौद्ध महाराजा अशोक सम्मिलित थिए,ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे। १८० ईसवीको सुरूदेखि, मध्य एसियाबाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीपमा यूनानी, शक, पार्थी तथा अन्त्यमा कुषाण राज्य स्थापित भए । तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा गुप्त वंशको शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ । तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाईएको मध्य प्रदेशमा अवस्थित साँचीको स्तूप तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाईएको मध्य प्रदेशमा अवस्थित साँचीको स्तूप दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश चालुक्य, चेर, चोल, पल्लव तथा पांड्य स्थापित भए । विज्ञान, कला, साहित्य, गणित, खगोल शास्त्र, प्राचीन प्राविधिक, धर्म, तथा दर्शन यीनै राजाहरूको शासनकालमा विकशित भए । १२औं शताब्दीको प्रारंभमा, भारतमा इस्लामी आक्रमण पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग दिल्ली सल्तनतको शासनाधीन भयो र पछि, अधिकांश उपमहाद्वीप मुगल वंशको अधीनमा गयो । दक्षिण भारतमा विजयनगर साम्राज्य शक्तिशाली भएर उदायो । तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए । १७औं शताब्दीको मध्यकालमा पोर्चुगल,नेदरल्याण्ड्स|नेदरल्याण्ड]], फ्रान्स, बेलायत सहित अनेकौं युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए । बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर १८४० सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो । १८५७मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन भारतीय स्वतन्त्रताको प्रथम संग्राम बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै अङ्ग्रेजी शासनको प्रशासनिक नियन्त्रणमा आयो । 
कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो। कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो। बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी संघर्ष चल्यो, जसको नेतृत्व चन्द्रशेखर आजाद, सरदार भगत सिंह, सुख देव, राज्गुरु, नेताजी सुवासचन्द्र बोस आदिले, जो आधिकारिक रूपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्,ले गरे । यो संघर्ष १५ अगस्ट, १९४७मा सफल भयो जब भारतले अङ्ग्रेजी शासनबाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्‍यो। त्यस पछि २६ जनवरी, १९५०मा भारत एक गणराज्य बन्यो । एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा साम्प्रदायिक तथा जातीय द्वेषको शिकार हुने गर्दछ। क्षेत्रीय तथा जातीय असंतोष र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन् । तर यसको धर्मनिरपेक्षता तथा प्रजातन्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकालको घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ । भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन् । यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ । सन १९६२ मा चीन संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९ मा पाकिस्तान सँग युद्धहरू भैसकेको छ । भारत असंलग्न आन्दोलन तथा संयुक्त राष्ट्र संघको संस्थापक सदस्य देशहरू मध्येमा एक हो । सन १९७४ मा भारतले आफ्नो पहिलो परमाणु परीक्षण गर्‍यो । त्यसपछि सन १९९८ मा ५ अरू परीक्षणहरू गर्यो । सन १९९० को दशकमा गरेको आर्थिक उदारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ ।भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ । बाँकी उत्तरी, मध्य र पूर्वी भारत गङ्गाको उर्वर मैदानों बाट बनेको छ । भारतको पश्चिममा थार मरुभूमी छ जुन पाकिस्तानसम्म फैलिएको छ ।

लिच्छवि काल

लिच्छवि काल प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० बर्ष) रहेको इतिहास पाइन्छ। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुयान साङ को यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरू अनुसार मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, मानदेव भन्दा १६ पुस्ता अगाडी विक्रम संवतको दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। जयदेव प्रथम पश्चातका लिच्छवि राजाहरू हरीदत्त, वृषदेव, शंकरदेव र धर्मदेव हुन् । मानदेव पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन अंशुवर्मा र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छविहरूले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरूलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरूको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरूका साथै लिच्छविहरू पनि शरणार्थीका रुपमा प्रवेश गरी किरातीहरूलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरू र आगन्तुक लिच्छवि, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छविहरूको नेतृत्वमा किरातीहरूसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरू मारिएको घटनाले पुष्टि गर्छ। लिच्छविहरू अयोध्याका सूर्यवंशी राजा दशरथका वंशका ८ औ पुस्तापछि सुपुष्प राजा भएको कुरा जयदेव द्वितीयको वि.स. ७९० को पशुपतिको अभिलेखमा लेखिएको छ। सुपुष्प जयदेव प्रथम भन्दा २३ औ पुस्ता अगाडीका राजा भएकाले इसापुर्व तेस्रो शताब्दीमा नेपालमा लिच्छवि शासन सुरु भ्तेको मान्नेहरूले सुपुष्पलाई नेपालको प्रथम लिच्छवि राजा मानेका छन्।गोपालराजवंशावलीमा उल्लेख भए अनुसार सुपुष्पले वर्णव्यवस्था, न्याय व्यवस्थाको संरचना गरेको र पशुपतिको मन्दिर बनाएका थिए। इश्वी सन आरम्भतिर मात्र नेपालमा लिच्छवि शासनको आरम्भ भएको मान्नेहरूले जयदेव प्रथमलाई नेपालको पहिलो लिच्छवि शासक मानेका छन्। जयदेव प्रथमपछि हरिदत्त, वृषदेव, शङ्करदेव, धर्मदेव आदि १६ पुस्ताले नेपालमा शासन गरेपछि धर्मदेवका छोरा मानदेव राजा भएपछि नेपालको इतिहास तथ्यमा आधारित हुन् पुग्यो। अंशुवर्मा, शिवदेव, जयदेव द्वितीय आदि प्रतापी राजाहरले नेपालको उन्नति र सम्बृद्धिमा योगदान दिए। अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छविहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बंगालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक सुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।

किराँत काल

किराँत भनेको नेपालका मूलबासी जाति हो. किराँतहरूको बसोबास नेपालको पूर्बदेखी पश्चिम र हिमालदेखी तराईसम्म नै फैलिएको छ. यो जाति भनेको नेपाल्को सबै भन्दा पुरानो जाति हो र नेपाल्मा खेतिको सुरुवात् गर्नुका साथै नेपालमा १००० बर्षसम्म शासन गरेका थिये. काठमाडौँ का गोपाल बंशी राजालाई हटाएर यलम्बर पहिला किराँती राजा भएका थिए. चीनको तिब्बतसग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिये. त्यस्तो बेपार् अहिले सम्मको सर्कार्ले गर्न सकेको छैन. किन भने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो. र मुख्य कुर के भने इ किरात जातिको उत्पति चिन् मै भयेको हो. चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार्मा भयेको तथ्य फेला परेको छ. र त्यहा कुरा शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको कैलाश पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ. नेपालका प्राचीन जातिहरू मध्ये महत्वपूर्ण हैसियत राख्ने जाति किराँतहरू नै हुन्, यो जातिलाई प्राचीन पौराणिक ग्रन्थहरूले इमान्दार, समबादी, वीर लडाकु जातिका रूपमा पनि लिएको पाइन्छ । यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सम्मान गरेर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा "गुहाम्य महात्मा" अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् । बिक्रम जित हसरत तथा अन्य केही विद्धानहरूले किरात शब्दको उत्पत्ति भूमध्ये सागरीय क्षेत्रमा बोलिने मोवाइट भाषाको किरीयाट भन्ने शब्दबाट अपभ्रंश भई किरात भएको उल्लेख गरेका छन् । किरातहरूको मूल बेबिलोन भएको र यिनीहरू ईसापूर्व २४०० तिर आफ्नो मूलथलो छोडी मेसोपोटामिया तर्फ लागेको मानिन्छ । कतिपयले किरातहरूको उद्गमस्थल अफ्रिकालाई पनि मानेका छन् भने पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत किरातहरूको उद्गम स्थलका रूपमा कतिपय इतिहासकारले मानको पाइन्छ । सामान्यतया हिन्दमहासागर र चीन आसपास क्षेत्रमा वसोवास गर्ने मानव नश्लको शारीरिक बनावट मिल्ने हुँदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको आसाम, नागाल्याण्ड, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने मंगोल जाति र नेपालको पूर्वी भागमा बसोबास गर्ने राई लिम्बू लगाएतका जनजातिहरूको शारीरिक बनावट एवं उद्गमस्थल एउटै रहेको अनुमान लगाउन सकिन्छ । इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरूलाई किरात कै शाखा मानेका छन् । किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार "मनाफेवामाङ" नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख भएको पाइन्छ भने नेपालको हकमा यिनीहरू बाहिरबाट नै नेपाल खाल्डोमा प्रवेश गरेका थिए । किरातहरूको नश्ल तथा उद्गम्स्थलका बारेमा मात्र नभई यिनीहरूको मानव समुह सम्बन्धका बारेमा पनि विवाद रहेको देखिन्छ । केही विद्धानहरूको दृष्टिमा यिनीहरू आर्य मूलका मानिएका छन् भने केही विद्धानहरूको दृष्टिमा यिनीहरू अनार्य मूलका मानिएका छन् । अमरकोष लगाएतका धर्मग्रन्थहरूमा किरातहरूलाई "म्लेच्छ" मानिएको छ । महाभारत र मनुस्मृतिमा आर्य क्षेत्रिय मानिएको छ । स्वामी प्रपन्नाचार्यले किरात जाति आर्य समुदायकै भएको ठहर गर्दै उनीहरू तागाधारी हिन्दू भएको आफ्नो स्पष्ट अभिमत राखेका छन् । जे भएपनि आज किरातहरू सामान्यतय मङ्गोल परिवार भित्र कै मानिन्छन् र वर्तमान किरातहरूको मातृभाषा पनि तिब्बत