Friday, April 1, 2016

चुरे पर्वत श्रेणी

नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला भन्दा निकैपछि विकसित रहेको समुद्रसतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यो पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतमालाको समानान्तर रूपमा लम्बिएको छ भने त्योभन्दा पूर्व खण्डित हुँदै ढिस्का वा थुम्कोको रूपमा रहेको छ । यसलाई सामान्यतः चुरिया वाचुरे पर्वत भनिन्छ । बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामलेसमेत प्रसिद्ध छ । यो नवीनतमपर्वत हो । नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे लगभग२,००० मिटरसम्म अग्लो छ । यो महाकालीदेखि कोशीसम्म छुट्टै श्रेणी भएरफैलिएको छ । कोशीपूर्व थुम्कीको रूपमा मोरङ र झापाको उत्तरमा मैनाचुली,चुलाचुली छन् । चुरे पर्वत श्रेणीको धेरै भाग जङ्गलले ढाकेको छ । दाङ, देउखुरी, राप्ती, चितवन आदि उपत्यका दून अवोन्नत ९क्थलअष्लिब०ि प्रकृतिका भाग छन् । यहाँ गरम हावापानी पाइन्छ । यो क्षेत्रले १२.७ प्रतिशत (१,८७९,००० हेक्टर) ढाक्छ । जलाधार क्षेत्रको उचाइ भिन्नता ७०० मिटरभन्दा कम छ ।

पर्वत श्रेणी


यहाँको माटोवर्षाको पानी म्नसक्ने खालको छैन । यो क्षेत्रमा ह्वात्त बाढी आएजस्तो वर्षामाखोलाहरू बग्छन् । वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ । सतही ढुङ्गाले शिवालिक क्षेत्रको पर्वतीय भू–भागलाई नियन्त्रण गरेको छ । यो शृङ्खला कमजोर एवं अस्थिर छ । करिब ९३ प्रतिशतभन्दा बढी भू–भाग ज्यादै ठाडो र अप्ठेरो भएकाले खेतीका लागि उपयुक्त छैन । शिवालिक क्षेत्रमा खेतीहुनसक्ने जमिन करिब २४ प्रतिशत (५,२९,६०० हेक्टर) छ । दून उष्ण क्षेत्र भए पनि यहाँको माटो तराईभन्दा भिन्न छ । यो क्षेत्रमा फलफूल र तरकारी कमै हुन्छ । यस क्षेत्रमा जन अतिक्रमणले वननाश, भूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ । शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यो क्षेत्र बालुवा, कङ्कड, ढुङ्गा र खुकूला खस्रा पदार्थले बनेको छ । खुकूलो चट्टानले बनेको भावरमा सालको वन–जङ्गल पाइन्छ । गहिरो घाँटीमा नदीले थुपारेका माटाको भागले बनेका मैदान गंगा मैदानकै अंशका रूपमा रहेका छन् । पूर्व–पश्चिम फैलिएको समुन्द्र सहतदेखि १२,००० फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महत्वपूर्ण भाग हो । यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ । ठूलाठूला चार नदी हाडजस्ता पहाड छेडेर बगेका छन् । कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ । ठाउँठाउँमा टार (पालुङटार, सल्यानटार, रूम्जाटार) र उपत्यका बनेका छन् । होचो हिमालय ९ीभककभच ज्ष्mबबिथब० को नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुनेहुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको ज्ष्िि(क्तबतष्यल पनि भनिन्छ । सैलुंग, ट्याम्के, जैथक, फुलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोंचे आदि यहाँका प्रमुख शिखर हुन् । पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।

For More  Info About Online Job In Nepal click here

मुख्य हिमाली क्षेत्र

हिमालयअन्तर्गतका उच्चतम चुलीहरू केन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला चुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिण रहेका बृहत्तर हिमाली शृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १३११ चुलीहरू रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो– ओयु, धवलागिरी, मनासलु, अन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन रहेका छन् । कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ् गणेश, गोर्खा, अन्नपूर्ण, धौलागिरी, काञ्जीरोवा, अपी, शैपाल हिमश्रृङ्खलाअन्र्तगत विश्वका १० सर्वोच्च शिखरहरूमध्ये ८ वटा हिमशिखरहरू पर्दछन् ।

हिमाली क्षेत्र 


 यस क्षेत्रमा कञ्चनजंघा, जनक, उम्बक, महालंगुर, रोलवालिङ्, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दामोदर, निलगिरी, अन्नपूर्ण, धवलागिरी, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकंकर, गुँरास गरी क्रमशः पूर्वदेखि पश्चिमसम्म फैलिएका २८ हिमश्रृङ्खलाहरू अवस्थित छन् । मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पुराङ्ग, हुम्ला, मुगु, लाङगु, बूढी खोटाङ, केरूङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्टित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खोँच र बेँसी रहेका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङमा वृष्टिछाँयामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ । यस भेकमा शुष्क जलवायु पाइन्छ । यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुनेहुँदा डालेघाँस प्रायः पाइन्न । यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खच्चर, घोडा, चउँरी आदि जनावरबाट गर्ने गर्दछन् । जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म हुन्छ । हिउँदमा ठन्डा हुनेहुँदा मानिसहरूको बसोबास यो क्षेत्रमा निक्कै पातलो छ । यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानी हुम्लाको ढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पूराना मानिन्छन् । मनाङ, मुस्ताङमा बस्ती छन् र भोट निस्कने भन्ज्याङहरू निकै पर्छन् । वृष्टिछाँयामा पर्ने भएकालेयो क्षेत्र मूलतः हिमाली मरूभूमिका रूपमा रहेको छ । उत्तरमा हिमाल र दक्षिणमा तराईबीच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म उचाँहोचा पहाडहरू, फराकिला–साँगुरा उपत्यका, दून, बेँसी तथा टार र गरायुक्तपाखाहरूले घनीभूत छ । दक्षिणमा करिब ३०० मिटरदेखि उत्तरमा ३,०००मिटरसम्मका उचा भूभागहरू देशको ६८ प्रतिशत धरातल ओगटेर ७६किलोमिटरदेखि १२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन् । सबैभन्दाबढी भूभाग यस प्रदेशले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ ।यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा,सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौँ भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, मकवानपुर,तनहुँ, लमजुङ, कास्की, गोरखा, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी,बाग्लुङ, प्यूठान, रोल्पा, रूकुम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी,डडेलधुरा र बैतडी गरी ३९ वटा जिल्ला पर्दछन् ।

भौगोलिक अवस्थिति

नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो समुद्रदेखि करीब ११२७ कि.मि. टाढा छ । यो एसियाका दुई विशाल मुलुकहरू भारत र चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशाान्तरसम्म फैलिएको छ । नेपालले विश्वको कूल भूभागको ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ । यसको दक्षिणमा भारतको विहार राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ ।

भौगोलिक


नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो । विश्वका ८,००० मिटरभन्दा उच्च १४ चुचुराहरूमध्ये नेपालमा ८ वटा पर्छन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुराहरू १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन् । नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् । भू–स्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण९त्चयउष्अब०ि, अर्धोष्ण ९ःभकयलतभचmब०ि, सूक्ष्म तापीय ९ःष्अचय तजभचmब०ि, टाइग्रा र तुन्द्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् । नेपालको भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो ध्रुबको देश तथा विशिष्ट झण्डाको देशको रूपमा समेत परिचित छ । नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङ्तिबद्ध रूपमा अवस्थित हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएरको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेरै भूभागहरू छन् । जस्तै ः अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका भोट क्षेत्र पर्छन् । धवलागिरी चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन् । त्यस क्षेत्रबाट हिमालय दक्षिणतिर देखिन्छ । विश्वका उच्चतम, सुन्दरतम हिमाली टाकुराहरू नेपालको हिमालयखण्डमा छन् । कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरो, लुगुला, दामोदर, निलगिरी, अन्नपूर्णा, धवलागिरी, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकङ्कर, गुराँस क्रमशः पूर्वदेखि पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खलाहरू हुन् । यी शृङ्खलाहरू अधिकतर भोट (तिब्बत) का सीमावर्ती क्षेत्रमा रहेका छन् । हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ । उब्जनी न्यून हुनेहुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडिबुटीमा यो क्षेत्र सम्पन्न छ । ऊनीका गलैँचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योग, जडिबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् ।

गोरखा राज्यको स्थापना

गोरखामा शाहवंशको स्थापना हुनुभन्दाअघि रजाइँ गरिरहेका खड्का राजाहरूलाई जातीय भेदभाव, दमन र धार्मिक उच्छृङ्खलताको कारणले गोर्खाका बुज्रुकहरू क्रुद्ध भई राज्यच्यूत गराई कुनै सुयोग्य व्यक्तिलाई राजा बनाउन चाहिरहेको अवस्थामा द्रव्य शाहको सम्पर्क गोरखाली जनतासँग हुन गयो । गोरखकाली जनता उनको ओजस्वी व्यक्तित्वबाट प्रभावित भई उनलाई राजा बनाउने तरखरमा लागे । त्यो समयमा लिगलिगे भन्ने ठाँउमा घले थरका मगरहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीको दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगेमाथि विजय हासिल गरेलगतै गोरखामा आक्रमण गरे, तर गोरखालीहरूले द्रव्य शाहको तीब्र प्रतिरोध गरे । १५ दिनसम्म युद्ध गर्दा पनि विजय हुन नसकेको कारणले द्रव्य शाह लिगलिग फर्कन बाध्य हुनुप¥यो । द्रव्य शाह निकै महत्वकांक्षी भएकोले प्रथम पराजयले उनको उत्साहलाई दमन गर्न सकेको थिएन भने भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहरा, मुराली खवासहरूले उनको उत्साहलाई बढाइरहेकाथिए । द्रव्यशाहका सैनिकहरू थापा, भुषाल, मास्के, रानाहरूसमेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हातबाट खड्का राजाले वीरगति प्राप्त गरे । यसप्रकार वि.स.१६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए ।

गोरखा राज्य


लमजुङ्गे राजा यसोब्रह्मका छोरा क्षेत्रीय राजा द्रव्यशाह वि.स.१६१६ मा गोरखाको राजगद्दीमा बसेपछि नै गोरखा शाहवंशीय राज्यको रूपमा विकास भयो । गोरखाको स्थापनापछि मात्र पूर्वका सेन राज्यहरू, काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू, बाइसी, चौबीसेभन्दा गोरखा राज्य सशक्त र सङ्गठित भएकाले एकीकरणको अभियान यसले सफलतापूर्वक सञ्चालन ग¥यो । केही राज्यहरू गोरखाभन्दा बलिया भए पनि मध्यकालको ‘गुहार युगे राजनीति’को फेरोफन्दोमा परी मजबुत हुनसकेका थिएनन्  गोरखाले कूटनीतिक चालबाजी सुरूदेखि नै गर्दै थियो । यस राज्यमा द्रव्य शाह, राम शाह, नरभुपाल शाह र पृथ्वीनारायण शाहजस्ता प्रतापी राजाहरूले राज्य गरेका थिए । नेपाल एकीकरणको प्रयास मध्यकालीन नेपालमा भएपनि आधुनिक नेपालको थालनीपछिमात्र यो कार्य सम्पन्न भएको थियो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्नुअगाडि लमजुङ्गसँग मैत्री सन्धि गरे । सन् १७४०ई. को जनवरी महिनामा भएको यो सन्धिमा आपसमा अनाक्रमण र अर्को देशले आक्रमण गरेमा दुवै देश एक भएर लड्ने कुरा उल्लेखथियो । पृथ्वीनारायण शाह छिमेकी दुश्मन राज्यसँग मैत्री सन्धि गर्न सफल भएकाले उपत्यका आक्रमण गर्ने योजना राम्ररी अगाडि बढेको हो । त्यसैगरी सन् १७४१ मा पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजीत मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेर अर्को छिमेकीसँग मैत्री सम्बन्ध स्थापना गरेका थिए । पृथ्वीनारायण शाहले सन् १७४३ मा नुवाकोट आक्रमण गरे । नुवाकोट त्यस समयमा काठमाडौँका राजा जयप्रकाश मल्लको अधीनमा थियो र उनीहरूसँग गोर्खालीका भन्दा राम्रा र आधुनिक हतियारहरू भएकाले पृथ्वीनारायण शाहको नुवाकोट आक्रमण असफल भएको थियो । दोश्रो पटक २५ सेप्टेम्बर १७४४ ई. मा गोरखाली सेनाले त्रिशुली बिहानै पार गरी नुवाकोटको सबभन्दा अग्लो स्थल महामण्डलमा दुईतिरबाट आक्रमण गरेर नुवाकोटलाई आफ्नो बनायो । यसै क्रममा पृथ्वीनारायण शाहले बेलकोटमाथि पनि विजय प्राप्त गरे

कर्णाली प्रदेशको खस मल्ल राज्य

पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत, दक्षिणमा तराई भू–खण्डसम्म खस मल्ल राज्य विस्तारित थियो । खस मल्ल राज्यको द्वार कैलाली कञ्चनपुरको मल्लवार थियो । तिब्बतका केही भागसमेत यस राज्यको प्रभावमा परेका थिए । पश्चिममा गढवाल, कुमाऊदेखि पूर्वमा गोरखाको साँधसम्म फैलिएको खस साम्राज्य तत्कालीन नेपालको ठूलो भूखण्ड थियो । खस राज्यको राजधानी सिन्जा थियो तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको मानिन्छ । यो समय १२ औं शताब्दीतिर (ई.स.११५०) भएको अनुमान छ । तिव्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख तथा गोपालराजवंशावली आदि स्रोतहरूबाट नै त्यस क्षेत्रको इतिहासबारे जानकारी प्राप्त गर्न सकिन्छ । यस राज्यका शासकहरूमा नागराज, क्राचल्ल, अशोक चल्ल, जितारि मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि रहेको पाइन्छ । यो राज्यको अस्तित्व करीब २२६ वर्ष जति रह्यो । खस राज्यको पतनपछि सुदूर पश्चिममा बझाङ, डोटी, जाजरकोटजस्ता बाइसी राज्य जन्मेका हुन् ।

कर्णाली प्रदेश


वर्तमान समयमा सबैभन्दा अविकसित तथा पिछडिएको मानिएको यो क्षेत्र मध्यकालमा निक्कै शक्तिशाली राज्यको रूपमा रहेको थियो । पश्चिमी खस राज्यको सबैभन्दा प्रमुख र महत्वपूर्ण योगदान भाषासम्बन्धी योगदान हो । वर्तमान नेपाली भाषाको उत्पत्ति खस मल्ल राज्यमै भएको थियो । त्यसैले यस भाषालाई ‘खसकुरा’ वा ‘सिंजाली भाषा’ समेत भन्ने गरिन्छ । खस मल्ल राजाहरूले यस भाषालाई राजकाजको माध्यम बनाएर राष्ट्र भाषाको स्थान दिएको हुनाले नै यो भाषा निरन्तर परिमार्जित र विकसित हुँदै गयो । खस मल्ल राज्यको विघटनपछि खडा हुन पुगेका बाइसे र चौबीसे राज्यहरूमा समेत यसै भाषालाई व्यापक प्रयोगमा ल्याइयो । बाइसे र चौबीसे राज्यहरूमा राज्य भाषाका रूपमा यसै भाषाले स्थान पायो र विशाल नेपालको एकीकरणपछि नेपालको राष्ट्र भाषा बन्न पुग्यो । लु िम्बनी अञ्चलका े कपिलवस्तु जिल्लामा तिलौराकोट नामक स्थान रहेको छ । प्राप्त तथ्यहरूको आधारमा यो तिलौराकोट नै शाक्यहरूको प्राचीन कपिलवस्तुको राजधानी थियो । प्राचीन गणराज्यहरूमध्ये शाक्यहरूको यो राज्य विशेष उल्लेखनीय थियो, किनभने क्रकुछन्द, कनकमुनि, सिद्धार्थ गौतमलगायतका बुद्धहरूको जन्म यही स्थानमा भएको थियो । उनै सिद्धार्थ गौतम नै बुद्धधर्मका प्रवर्तक महात्मा\ गौतम बुद्धको रूपमा परिचित छन् । प्राचीन कपिलवस्तु नगर पञ्चभुजाकार किल्लाको रूपमा बसाइएको नगर थियो  त्यस बखत व्यापारिक राजमार्गका रूपमा उत्तरदेखि दक्षिणपूर्व हँुदै श्रावस्तीदेखि राजगिरसम्म पुग्ने राजमार्ग धेरैजसो कपिलवस्तु राज्यभित्रै पर्दथ्यो । शाक्यहरूको राज्य गणराज्यको रूपमा भएको हुनाले कपिलवस्तु गणराज्यको शासन व्यवस्था प्राचीन उत्तर भारतीय गणराज्यहरूको शासन व्यवस्थाअनुरूप नै थियो । शासन सञ्चालनार्थ साधारण सभा र भारदारी सभा गरी दुई एकाइहरू थिए । साधारण सभाले राज्यको कार्यकारी सभाको रूपमा कार्य गर्दथ्यो र यस्तो कार्यकारी सभाका मुख्य व्यक्तिलाई नै राजा भनिन्थ्यो । बुद्धकोजन्मताका कार्यकारी सभाका मुख्य व्यक्ति सुद्धोधन थिए । राजा सुद्धोधनपछि कार्यकारी सभाको मुख्य व्यक्ति वा राजाको रूपमा महानामालाई निर्वाचित गरिएको थियो । कपिलवस्तु राज्यको छिमेकमा पर्ने कोशल राज्यका राजाविरूद्धकको आक्रमणमा परेर कपिलवस्तु राज्यको पतन हुन पुग्यो ।

सिम्रौनगढको कर्णाटक राज्य

सिम्रौनगढ नारायणी अञ्चलको बारा जिल्लामा पर्दछ । यसको प्राचीन नाम सिमरा–वनगढ थियो । त्यसबेला ठूला बस्ती भएका सबै क्षेत्रहरू सुरक्षाको हिसाबले गढ (किल्ला) को रूपमा परिणत गरिएका हुन्थे । यस्ता किल्लाहरू जङ्गलको बीचमा समेत बनेका हुन्थे । वनभित्र बनेको गढलाई ‘वनगढ’ वा ‘वनदुर्ग’ भनिन्थ्यो । जुन ठाँउको वनमा सो गढ बनेको हुन्थ्यो त्यही नाम विशेष प्रचलित हुन्थ्यो । सिमराको वनमा रहेको गडरूपको बस्ती भएकाले नै ‘सिमरा–वनगढ’ भनिएको हो । यही शब्द पछि अपभ्रंश भई सिम्रौनगढ भएको हो । सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्र त्यसबेला तिरहुतको नामले प्रसिद्ध थियो । काठमाडौँ उपत्यकाका तत्कालिक प्रमाणहरूमा भने यो क्षेत्रलाई ‘डोयराज्य’ भनिएको पाइन्छ । पश्चिमको खस राज्यको स्थापना भएताका नै दक्षिण र पूर्वी तराई भेक समेटेर कर्णाटकवंशको डोप (तिरहुते राज्य खडा भएको पाइन्छ । यसको राजधानी सिम्रौनगढ (सिमरा वनगढ) अर्थात सिमरामा थियो । तिरहुतमा स्थापित कर्णाटक राज्य नान्यदेवले वि.स. ११५४ (ई.स.१०९७) मा स्थापना गरेका थिए । यो स्वतन्त्र राज्यको अस्तित्व करीब २२९ वर्ष जति रह्यो र ई.स. १३२६ मा विघटन हुन गयो । यस राज्यमा शासन गर्ने प्रमुख शासकहरू नान्यदेव र हरिसिंहदेव थिए । न्यायदेव दक्षिणी भारतको कर्णाटक क्षेत्रका निवासी थिए । यिनी दक्षिणी भारतका चालुक्य शासकका सेनापति थिए । चालुक्यले उत्तरी भारतर्फ विजय अभियान चलाउँदा न्यायदेव यसतर्फ आएका थिए । पछि यिनी आफैंले सिम्रौनगढलाई केन्द्र बनाई यस क्षेत्रमा राज्य स्थापना गरेको पाइन्छ । न्यायदेवपछि क्रमशः गङ्गादेव,नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भुपालसिंहदेव र हरिसिंहदेव आदि शासकहरूले सिम्रौनगढमा शासन गरे ।

सिम्रौनगढ


हरिसिंहदेव कर्णाटकवंशका अन्तिम शासक हुन् । यिनको शासनकालमा वि.सं. १३८ मा दिल्लीका मुसलमान बादशाह गयासुद्दीन तुग्लकले आक्रमण गरेर सो राज्य ध्वस्त पारेका थिए । उपत्यकाका मल्ल राजाहरूको कुलदेवीका रूपमा पूजा गरिने तुलजा भवानी वास्तवमा कर्णाट राजाहरूकै कुलदेवी हुन् । हरिसिंहदेवकी रानी देवलदेवी शरणार्थीको रूपमा उपत्यका पस्दा आफूसित तुलजा भवानीको कलश पनि लिएर आएकी थिइन् । देवदेलवी र उनका छोरा जगतसिंहको उपत्यका प्रवेशपछि कर्णाटकको प्रभाव उपत्यकामा परेको थियो जुन स्वभाविक नै थियो । हरिसिंहदेवको मृत्यु भएताका उपत्यकामा रूद्र मल्ल र अरि मल्लको संयुक्त शासन चलिरहेको थियो । अरि मल्ल चाहिँ नाम मात्रका शासक थिए । रूद्र मल्लले हरिसिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवी र छोरा जगतसिंहलाई आफ्नो दरबारमा शरण लिएका थिए । देवलदेवीले आफ्नो साथमा ल्याएका तलेजुको कलश दरबारमा स्थापित गरिन् । पछि नेपालका शासकहरू पनि तलेजुका उपासक बने । देवलदेवीका छोरा कुमार जगतसिंहको विवाह मल्ल राजकुमारी नायकदेवीसँग सम्पन्न भयो र यस जोडीबाट राजल्लदेवीको जम्न भयो । यिनै राजल्लदेवीसँग जयस्थिति मल्लको विवाह भएको हो ।

अंशुवर्मा

अंशुवर्माको शासनकाल (ई.सं. ६०५–६२१) मा नेपालमा खेती, पशुपालन र व्यापार मात्र हैन परराष्ट्र सम्बन्ध र रक्षा व्यवस्थाजस्ता चौतर्फी विकासका कार्यहरू भए । उनले नै कैलाशकुट भवन नामक दरबार अत्यन्त कलात्मक भव्य र प्रशंसनीय तवरले तयार गराएका थिए । परराष्ट्र नीति (तिब्बत र चीनसँग) उनकै समयमा सफलतापूर्वक सञ्चालित भए । उनको समयमा भारतमा हर्षवद्र्धन र तिब्बतमा स्रोङचङगम्पोले शक्तिशाली साम्राज्य खडा गरेका हुनाले तिब्बतसँग उनले साँठगाँठ गरे । तिब्बती राजा स्रोङचङगम्पोसँग उनले राजकुमारी भृकुटी ( चिजु को विवाह गराएको कुरा चर्चित छ । उनको समयमा प्रजाले धार्मिक उदारता तथा स्वायत्त शासनसमेत प्राप्त गरेका थिए । कला तथा विद्याको समेत विकास भई जनजीवन सुसङ्गठित र उन्नत हुँदै गएको थियो । यी सब उन्नति प्रगतिको कारणबाट नेपालको इतिहासमा उनी नै सर्वप्रथम ‘महाराजाधिराज’उपाधिप्राप्त शासक बन्न पुगे । विधिवत् युवराज घोषणा गर्ने चलन पनि सर्वप्रथम यिनकै समयदेखि चल्यो । हिन्दू राजाको रूपमा उनले ‘पशुपतिपादानुगृहीत’ उपाधिसमेत धारण गरेका थिए ।

शासनकाल


‘प्रजाहित समाधानतत्पर’ तथा ‘कथं मे प्रजा सुखिना भवेत’ जस्ता विशेषतायुक्त ठकुरी वंशका यिनले ‘शब्द विद्या’ (व्याकरण) पनि तयार गरेको बुझिन्छ । वि.सं. ६७८ तिर उनको मृत्यु भयो । जयदेव द्वितीयको शासनकालपछि उनका उत्तराधिकारीको रूपमा रहेका ( अभिलेखमा उत्तराधिकारी भनी किटिएका) विजयदेवको शासन पनि नेपालमा निश्चित रूपले चलेको भने पाइन्छ । विजयदेवपछिका शासकहरूबारेमा सर्वसाधरणद्वारा राखिएका अभिलेख, हस्तलिखित ग्रन्थ, वंशावली अनुसार गुणकामदेव, मानदेव तृतीय, बलीराज, बलदेव, मानदेव चतुर्थ (८७७ ई.) का साथै राघवदेव (ई.स.८७९) राजा भएको पाइन्छ । शासन सञ्चालनमा कुशल नरेन्द्रदेवको कार्यकालमा ईस्वीको सातौँ शताब्दीको मध्यम (ई.सं. ६४५–६७९) ताका भोट (तिब्बत र चीन) सँग व्यापारिक सम्बन्ध स्थापना हुनुका अतिरिक्त नेपालका पूर्व र पश्चिम भेकका व्यापारिक बस्ती (द्रङ्ग) हरूको प्रारम्भ हुन गई नेपाल केही समयसम्म अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बन्यो । नरेन्द्रदेवले महाराजाधिराजको पदवी लिए र ‘परम भट्टारक’ को प्रसिद्धि पनि पाएका थिए । उनले भद्राधिवास राजदरबार पनि बनाए । उनको आसनमा सिंहको आकृति भएकोले सिंहसासन प्रचलित भएको बुझिन्छ । जयदेव द्वितीय (ई.सं. ७१३–७२३) कवि हुनुका अतिरिक्त मुलुक विस्तार गर्ने महात्वाकांक्षीसमेत भएकाले लिच्छवि शासकहरूमा उनको क्रियाकलाप पनि उल्लेखनीय रहेको छ । उनी कविराजाका अतिरिक्त ‘परचक्रकाम’ (अर्काको देश जित्ने अभिलाषा) जस्तो उपनामले विभूषित थिए । उनको कविता पशुपति
शिलालेखमा अङ्कित छ ।

मानदेव

शासन सञ्चालनमा कुशल मानदेव प्रथमको शासन कालमा आएर नेपालराज्य अझ व्यवस्थित, विकसित र बलियो बन्यो । शास्त्र जान्ने, जनतालाई आफ्नै परिवार ठान्नेजस्ता राजगुणहरूले युक्त यी राजाले राज्यमा आर्थिक उन्नति र शान्ति व्यवस्थाद्वारा ४१ वर्ष (वि.सं. ५२१–५६२ (ई.सं. ४६४–५०५)) सम्म आफ्नो शासनमा स्थिरता कायम गरे । आफ्नो राज्यमा मुद्राको व्यवस्थाको अतिरिक्त कला र विद्या क्षेत्रको समेत विकास गरे । प्रथम राजदरबार मानगृहजस्तो भव्य भवन ‘श्री नामांक’ र ‘श्री भोगिनी’ अङ्कित नेपालको प्रथम मुद्रा यिनकै कालमा तयार भएको थियो । यिनकै समयदेखि प्राचीन नेपालको इतिहास पनि बढी स्पष्ट र भरपर्दो भएकाले प्रथम प्रमाणित महाराजा यिनैलाई मानिन्छ । यिनको राज्य पूर्वमा कोशी, पश्चिममा गण्डकी (कालीगण्डकीपारीमल्लपुरी) र उत्तरमा हिमालयसम्म फैलिएको थियो । अभिलेख र स्वतन्त्र टक आदि प्रामाणिक कुराहरू मानदेवको पालादेखि पाइएका छन् । चाँगुनारायणको मानदेव नृपको अभिलेख वि.सं. ५२१ (ई.सं.४६४) भन्दा मालीगाउँमा प्राप्त जयबर्माको ई.सं. १६३ (संवत् १०७) लाई प्राप्त सर्वप्राचीन प्रामाणिक अभिलेख मानिन्छ । यसरी विक्रमको छैटौँ शताब्दीदेखि नेपालको प्रामाणित इतिहास प्रारम्भ भएको पाइन्छ ।

श्री भोगिनी



मानदेवपछि महीदेव, वसन्तदेव आदि राजा भए । वसन्तदेव बालक भएकाले मन्त्रीहरू रविगुप्त र क्रमलील शक्तिशाली भए । संयुक्त शासन र फेरबदल छिटो भएकाले ई.सं. ५३६ देखि ५४५ सम्म राजनीतिक अस्थिरता व्याप्त भएको पाइन्छ । यसपछि भौमगुप्त, गणदेव, गंगादेव र शिवदेवजस्ता भारदारहरूबीच शक्ति संघर्षजस्तै भयो । शिवदेवले आफ्नो भानिज अंशुवर्माको मद्दतबाट गुप्त प्रभाव बचाए पनि अंशुवर्माको प्रभुत्व बढेर शिवदेव निस्तेज बन्न पुगे । फलस्वरूप अंशुवर्मा राजा भए । 

द्वैध चरित्रका शासक

त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्‍यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि। आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए। पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अ‍ोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।


 शासक


यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन। यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन। नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ। पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्‍याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन। इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।

हजार अमूल्य ग्रन्थ ध्वस्त

गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू” भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए।इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ? पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। 

ग्रन्थ


जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्। राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ? मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।

पंचायती काल

राणा शासनः वि.सं. १९०३ देखि २००७ सालसम्मको समयमा राणाहरुले नेपालमा पारिवारीक शासन गरेको नेपालको इतिहास छ । त्यस समयमा राणा भाईभाईहरुमा प्रधानमन्त्रीको पद सार्दै जाने प्रचलन थियो । देशका मुख्य शक्तिशाली पदमा राणा खानदानको हैकमी शासन थियो । त्यसबेला देश राणाको इसारामा चल्थ्यो राणाले जे भन्यो त्यही हुन्थ्यो । आर्थिक, सामाजिक, शैक्षिक लगाउतका सम्पूर्ण क्षेत्रमा अरुलाई कडा बन्देज थियो । यस समयमा जंगबहादुरको नाम निकै चर्चामा थियो । त्यसपछि २००७ मा राणा शासनको अन्त्य हुँदै प्रजातन्त्रको स्थापना भयो । राणाले गर्दै आएको हुकुमी शासन अन्त्य भयो । जनताले राहतको महसुस गरे । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगाएतका क्षेत्रमा सहजता आयो । तर, प्रजातन्त्र लामो समय टिकेन २०१७ पुस १ गते पञ्चायती व्यवस्थाको स्थापना भयो । वि.सं. २०१५ सालमा भएको संसदीय चुनावबाट निर्वाचित सरकारलाई २०१७ पुस १ गते दिनदहाडै राजा महेन्द्रबाट अपदस्त गरिएको थियो । पञ्चायती शासन स्थापना गरेपछि राजनीतिक दल प्रतिबन्ध गरिए भने जननिर्वाचित प्रधानमन्त्री बी।पी। कोइराला, उनको मन्त्रीमण्डलका सदस्य, सांसद, राजनीतिक दलका नेता र कार्यकर्तालाई रातारात पक्राउ गरियो र जेल हालियो । राजनीतिक दलका नेताहरू राजकाज, राज्यद्रोह लगायतका मुद्दामा लामो समय जेल बसे । पञ्चायतले पक्राउ गर्न नसकेका राजनीतिक दलका नेता कार्यकर्ता ठूलो सङ्ख्यामा भारत निर्वासित भए । पञ्चायतको स्थापना भएको २–३ वर्षमै देशभरी पञ्चायतको जगजगी फैलियो । पञ्चायतलाई बलियो बनाउने गरी राजालाई सर्वाधिकार सम्पन्न व्यवस्थासहित २०१९ सालमा पञ्चायती संविधान जारी गरियो । 

पञ्चायती व्यवस्था


पञ्चायती शासन व्यवस्थाका मान्छेहरूले भन्ने गर्दथे कि सबै नेपाली पञ्च, सबै पञ्च नेपाली । उनीहरूले पञ्चायती व्यवस्था र नेपाललाई एक–अर्काका पूरकको रूपमा प्रचार गर्ने गर्दथे । पञ्चायत नरहे देशै रहँदैन भनेर प्रचार गरिएको थियो । कांग्रेस र कम्युनिस्ट पार्टीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको थियो ।वि.सं. २०४६ मा भएको नेपालको प्रथम जनआन्दोलनमा नेपालका विभिन्न दलहरु एकै उद्धेश्य लिएर आन्दोलनमा होमिएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न कम्युनिष्टको समूह संयुक्त बाम मोर्चा बनाएर आन्दोलनमा होमिएको थियो । ५० दिने सो आन्दोलनमा पंचायती शासकहरुले निकै दमन गरेका थिए । त्यसपछि राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्रीलार्इ पदच्युत गर्दै सांसदसमेत भंग गरी निर्दलीय पंचायती व्यवस्था लागु गरियो ।तर १८ सालको क्रान्ति, ३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण २०३६मा तत्कालीन राजा बीरेन्द्रले नेपालमा जनमत संग्रह गराए। बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत सँग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइयो। त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरू गर्यो। अन्तत यो कदम २०४६ मा जनआन्दोलनमा परिणत भयो।