
गोरखा राज्य
लमजुङ्गे राजा यसोब्रह्मका छोरा क्षेत्रीय राजा द्रव्यशाह वि.स.१६१६ मा गोरखाको राजगद्दीमा बसेपछि नै गोरखा शाहवंशीय राज्यको रूपमा विकास भयो । गोरखाको स्थापनापछि मात्र पूर्वका सेन राज्यहरू, काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू, बाइसी, चौबीसेभन्दा गोरखा राज्य सशक्त र सङ्गठित भएकाले एकीकरणको अभियान यसले सफलतापूर्वक सञ्चालन ग¥यो । केही राज्यहरू गोरखाभन्दा बलिया भए पनि मध्यकालको ‘गुहार युगे राजनीति’को फेरोफन्दोमा परी मजबुत हुनसकेका थिएनन् गोरखाले कूटनीतिक चालबाजी सुरूदेखि नै गर्दै थियो । यस राज्यमा द्रव्य शाह, राम शाह, नरभुपाल शाह र पृथ्वीनारायण शाहजस्ता प्रतापी राजाहरूले राज्य गरेका थिए । नेपाल एकीकरणको प्रयास मध्यकालीन नेपालमा भएपनि आधुनिक नेपालको थालनीपछिमात्र यो कार्य सम्पन्न भएको थियो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्नुअगाडि लमजुङ्गसँग मैत्री सन्धि गरे । सन् १७४०ई. को जनवरी महिनामा भएको यो सन्धिमा आपसमा अनाक्रमण र अर्को देशले आक्रमण गरेमा दुवै देश एक भएर लड्ने कुरा उल्लेखथियो । पृथ्वीनारायण शाह छिमेकी दुश्मन राज्यसँग मैत्री सन्धि गर्न सफल भएकाले उपत्यका आक्रमण गर्ने योजना राम्ररी अगाडि बढेको हो । त्यसैगरी सन् १७४१ मा पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजीत मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेर अर्को छिमेकीसँग मैत्री सम्बन्ध स्थापना गरेका थिए । पृथ्वीनारायण शाहले सन् १७४३ मा नुवाकोट आक्रमण गरे । नुवाकोट त्यस समयमा काठमाडौँका राजा जयप्रकाश मल्लको अधीनमा थियो र उनीहरूसँग गोर्खालीका भन्दा राम्रा र आधुनिक हतियारहरू भएकाले पृथ्वीनारायण शाहको नुवाकोट आक्रमण असफल भएको थियो । दोश्रो पटक २५ सेप्टेम्बर १७४४ ई. मा गोरखाली सेनाले त्रिशुली बिहानै पार गरी नुवाकोटको सबभन्दा अग्लो स्थल महामण्डलमा दुईतिरबाट आक्रमण गरेर नुवाकोटलाई आफ्नो बनायो । यसै क्रममा पृथ्वीनारायण शाहले बेलकोटमाथि पनि विजय प्राप्त गरे
No comments:
Post a Comment