
स्कूल
गरिब, निम्नवर्गीय, तल्लो जातका केटाकेटीहरु त कमारा - कमारीको रुपमा बेचिन्थे, लोग्ने मरे स्वास्नीहरु सती जानुपर्दथ्यो । दुनियाँदारको लागि पढ्नु भनेको त कल्पनातीत विलासिता सम्झिन्थ्यो ।विदेशीहरुको सर्म्पर्कमा आइरहेको निरन्तर वृद्धिको कारणले आधुनिक शिक्षाको महत्व र आवश्यकता महसुस गरिँदै थियो, धेरैजसो शासकवर्गमा । मुख्तियार जङ्गबहादुर बेलायत भ्रमण सं. १९०६ मा गई १९०७ मा फर्केदेखि उनको विचारधारा केही परिवर्तित भएको देखिन्थ्यो । त्यहाँबाट र्फकने वित्तिकै उनले "मिनिष्टर" पदवी लिए । सम्भवतः बेलायतका बासिन्दाहरुको चेतना र चिन्तन, विज्ञान र विकास, स्तर र शिक्षाको गहिरो छाप उनमा परेको थियो । त्यहाँको प्रगती सवै शिक्षाको फल हो भन्ने उनमा लाग्यो । उपर्युक्त तथ्यहरुकै कारणले होला मिनिष्टर जङ्गबहादुरले आफ्नै परिवारका छोरा भतिजाहरुलाई प्रारम्भिक शिक्षा प्रदान गर्न सं. १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा एउटा स्कूल खोली बैध रुपमा प्रारम्भिक तहको आधुनिक अंग्रजी शिक्षा पढाउने काम शुरुवात गराए । स्कूल सञ्चालन भनेकै त्यस बेला नेपालको लागि एउटा नौलो कुरो थियो जुन जंगबहादुरले पहिलोपल्ट बेलायतमा देखेका हुन् । त्यसैले आफूकहाँ खोलिएको यस स्कूलको संचालन गर्न र अंग्रजीभाषा सिकाउन उनले एकजना अंग्रजी शिक्षक बेलायतदेखि मगाएर राखे । केन्निङ नाउँ भएका यी अंग्रेज शिक्षक नै यस स्कूलको प्रथम प्रधान-अध्यापक भए । यस स्कूलको सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा श्री रोज (Mr. Ross) लाई दिएको थियो । वि. सं. १९१५ मा शिक्षा निर्देशकको कार्यालय, शिक्षा विभाग खडा गरि जंगबहादुरले आफ्ना माईला भाई जनरल बवर जंगलाई र्डाईरेक्टर नियुक्त गरेका थिए । बवरजंगको पालामा दरबार स्कूल प्रारम्भिक तहबाट मिडिल (निम्न माध्यमिक) स्कूल भयो ।
No comments:
Post a Comment